बुधबार, साउन १३ २०७८ ११:२० AM

×

टीभीएसको एनटक १२५ सुपरस्क्वाड स्कुटी विराटनगरमा सार्वजनिक, मूल्य २ लाख ६७ हजार

images

विराटनगर । टीभीएस मोटर कम्पनीले एनटक १२५ सुपरस्क्वाड स्कुटी विराटनगरमा ‘लञ्च’ गरेको छ । कम्पनीले बुधबार विराटनगरको सोरुम न्यू गौरव अटोमा एक कार्यक्रमको आयोजना गरी सुपरस्क्वाड स्कुटी नेपाली बजारमा सार्वजनिक गरेको हो । सुपरस्क्वाडको डेमोक्रेटिक लयर्स एसोसिएसन मोरङका अध्यक्ष रुपेश कोइरालाले सार्वजनिक गरेका छन् । 

वितरक न्यू गौरव अटोका अनुसार टीभीएस एनटक १२५ सुपरस्क्वाड नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ । टिभीएसले सुपरस्क्वाडबाहेक अपाचे आरटिएफ १६०–३२०, जुपिटर क्लासिक, विगो स्टाइकर र र्याडमलगायतका मोटरसाइकल र स्कुटी बजारमा उपलब्ध गराएको छ । टीभीएस एनटक १२५ को सुपरस्क्वाड स्कुटीको सुरुवाती बजार मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

स्कुटीका यस्ता छन् विशेषता

सुपरस्क्वाडले १ लिटरमा ४५ देखि ५० किलोमिटर माइलेज दिने न्यू गौरव अटोका मार्केटिङ मेनेजर निसान कटुवालले जानकारी दिए । अरु स्कुटीभन्दा डिक्की ठुलो र छरितो भएको उनको भनाई छ । कटुवालका अनुसार यो स्कुटीको लोगो र आइकनिक अभेन्जरको ए स्पष्ट रुपमा फ्रन्ट प्यानलको लेग शिल्ड र स्पीडोमिटर मुनी राखिएको जानकारी दिए । 

स्कुटी प्रविधिमैत्री भएको कम्पनीले जनाएको छ । स्कुटरमा फोन उठाउन गर्न मिल्नेछ । स्कुटीको अगाडि त्यो प्रविधि भएकाले गोजीमा भएको मोबाईलमा कस्को फोन आयो भनेर स्कुटी रोकीराख्नु पर्दैन, अगाडि नै देखाउछ । जीपिआरस कनेक्ट गर्ने मिल्ने पनि कटुवालले बताए । एलइडी लाइट भएको र फाइनान्स सुविधा भएको पनि उनले बताए ।

स्कुटीमा डिस्क ब्रेक छ भने पुरै डिजिटल प्रविधि जडान भएको कम्पनीले जनाएको छ । नया जेनेरेसनको लागि यो स्कुटी एकदमै प्रभावकारी हुने जनाइएको छ । 
 

बुधबार २३ असार २०७८ ०७:३२ PM मा प्रकाशित

प्रतिक्रिया