सोमबार, जेठ ३१ २०७८ १२:१० PM

×

हिमालय एयरलाइन्सले पनि भाडा १० प्रतिशतसम्म घटाउने

images

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित एक मात्र अन्तर्राष्ट्रिय एयरलाइन्स हिमालयले हवाई भाडा घटाउने तयारी गरेको छ । आइतबार रातिबाट नेपाल आयल निगमले हवाई इन्धनमा २० प्रतिशत मूल्य घटाएसँगै हिमालयले भाडा घटाउने तयारी गरेको हो ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आयल निगमले लामो समयपछि मूल्य घटाएर ठूलो राहत दिलाएको बताए । कोभिड महामारीको बेला इन्धनको मूल्य घटाएको प्रति खुसी व्यक्त गर्दै यसलाई दीर्घकालीन रुपमा लैजान सके धेरै प्रभावकारी हुने उनको भनाइ छ ।

कोभिडका कारण नियमित उडानहरु नभइरहेको बेला घटेको मूल्यले धेरै प्रभाव नपर्ने बताउँदै कार्गो ढुवानी (चार्टर्ड) उडानमा केही सहज हुने बताउँदै तत्कालका लागि ८ देखि १० प्रतिशतसम्म मूल्य घट्न सक्ने उनले  बताए । नियमित उडानपछि भने भाडामा केही थप घट हुने उनको भनाइ छ ।
 

सोमबार २४ जेठ २०७८ ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया