×

रोयल पेन्ट्सले बजारमा ल्यायो दसैं गीत, ब्राण्ड एम्बेसडरमा गायक सपुत

images

काठमाडौं । रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा गायक तथा मोडल प्रकाश सपुत नियुक्त भएका छन् । बुधबार भएको कार्यक्रममा रोयल पेन्ट्सले गायक तथा मोडल सपुतलाई २ वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

साे सम्झौतापत्रमा गायक सपुत र रोयल पेन्ट्सका चियरमेन प्रवेश भण्डारीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै सपुतले भने, ‘२ वर्षसम्म मेरा सांगीतिक सिर्जना, गायकीमार्फत आफ्नै ब्राण्ड सोचेर परिचित गराउने प्रयास गर्नेछु ।’

साथै आफूलाई एम्बेसडर बन्न अनुरोध आउँदा उक्त कम्पनीले समाजमा पार्ने प्रभाव र त्यसको उद्देश्यलाई ख्याल गर्ने सपुत बताउँछन् । त्यस्तै भण्डारीले संगीत तथा सिर्जनाले सबैको मन जिते जसरी नै रोयल पेन्ट्सलाई पनि सबैको मन जित्ने वातावरण सपुतले बनाउने विश्वास व्यक्त गरेका छन् ।

सोही अवसरमा पेन्ट्सले बजारमा ल्याएको दसैं गीत ‘खुसी बाँडे खुसी बढ्छ’ समेत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा गायक तथा मोडल सपुत र गरिमा शर्माको मुख्य अभिनय रहेको छ । भिडियोको निर्देशन देवेन्द्र बब्लुले गरेका हुन् ।

कार्यक्रममा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियो दर्शकले भने बुधबार साँझबाट प्रकाश सपुतको अफिसियल युट्युब च्यानेलमार्फत हेर्न सक्ने बताइएको छ । गीतको शब्द तथा संगीत लेखु सहयात्रीले गरेका हुन् भने, स्वर रचना रिमाल र महेन्द्रराज बरालले दिएका छन् ।

यस अगाडि रोयल पेन्ट्सको ब्राण्ड एम्बेसडर पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा रहे पनि हाल उनी अध्ययनको क्रममा विशेदमा छिन् । सोही कारण सपुतलाई नयाँ एम्बेसडरको रुपमा नियुक्त गरेको अध्यक्ष भण्डारीले बताए ।

यद्यपि श्रृङ्खलासँगको सम्झौता समय भने नसकिएको उनको भनाइ छ । सन् २०१० सा स्थापना भएको साे पेन्ट्सका देशभरि ७ सय बढी डिरल छन् ।
 

 

बुधबार २० असोज २०७८ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया