×

काेराेना अपडेटः शनिबार थपिए ६६० संक्रमित, एक जनाको मृत्यु

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ९ सय ४२ पीसीआर परीक्षणका क्रममा ३ सय २६ जना र २ हजार ७ सय ७० एन्टिजेन परीक्षणका क्रममा ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ७१ जनाको मृत्यु भइसकेको छ । 

२४ घण्टामा ४ सय ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

शनिबार २१ साउन २०७९ ०५:२० PM मा प्रकाशित

प्रतिक्रिया