बुधबार, साउन १३ २०७८ १०:१७ AM

×
images

जाेर-बिजाेर हटेपछि काेटेश्वर, जडिबुटी, न्युराेड एनएसीमा देखिएकाे सवारीकाे चाप (फाेटाेफिचर)

काठमाडाैं । काठमाडौं उपत्यकामा आजबाट जोर-बिजोर प्रणाली हटेसँगै सबै प्रकारका सवारी साधन सन्चालनमा आएका छन् । 

निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका सवारी साधनहरु चल्न थालेपछि काठमाडौं उपत्यकामा भीडभाड बढेको छ । आवागमन खुला भएसँगै मुख्य-मुख्य चोकहरुमा सवारी साधनहरुको जाम देखिन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सन्चालन हुन दिने निर्णय गरेको थियो ।

मङ्गलबार २२ असार २०७८ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया