सोमबार, जेठ ३१ २०७८ ११:०४ AM

×

कोका–कोलाद्वारा नेपालमा प्लाष्टिक रिसाइक्लिङ गर्ने प्रतिबद्धता 

images

काठमाडौं । कोका–कोलाले नेपालमा प्लाष्टिक रिसाइक्लिङ गर्ने प्रतिबद्धता गरेको छ। कोकाकोलाले शनिबार विश्व वातावरण दिवस मनाउँदै यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 

योसँगै हिमाल सफाइ कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापन घोषणा गरिएको छ। कोका– कोलो २७ हजार ६ सय ७१ किलोग्राम  फोहोर ४ वटा मृत शरीर र एउटा मानव अवशेष सगरमाथा, मकालु, धौलागिरी, लोत्से,  पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुबाट संकलन गरिएको छ।  थप सेग्रिगेसन र रिसाइक्लिंगका लागि अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको  छ।

सो अभियान नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरुको सहयोगमा भइरहेको छ। यसको उद्देश्य हिमालको संरक्षण गर्नु र देशको ६ वटा उच्च चुचुरा सफा गरेर जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु हो। 

कोका–कोलाले २०१९ देखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ। वल्ड विथआउट वेस्ट कायक्रम सन् २०१८ मा लन्च गरिएको थियो।

आइतबार​ २३ जेठ २०७८ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया