नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा ‘बाहिरिया’लाई नियुक्त गर्न लागिएको भन्दै कर्मचारीले विरोध जनाएका छन् । भोलि (चैत २४ गते) बस्ने मन्त्रिपरिषद् बैठकले टेलिकमको नयाँ नेतृत्व चुन्ने आँकलन गरिएको छ । नेतृत्वमा गलत छवि भएको र टेलिकम बाहिरको व्यक्तिलाई ल्याउन लागिएको भन्दै युनियनले बुधबार खबरदारी सभा आयोजना गरेको थियो ।
सभामा युनियनका पदाधिकारी र कर्मचारीहरूले टेलिकमको नेतृत्वमा आवदेन दिएका नौमध्ये एकजनाप्रति आफूहरूको आपत्ति रहेको र उनैलाई नेतृत्व सुम्पिन लागेको भन्दै विरोध प्रदर्शन गरेका थिए । सतारुढ नेपाली कांग्रेस समर्थक टेलिकमका कर्मचारीहरूले नै ‘नेपाल टेलिकम बचाउ’, ‘कम्पनीको स्वायत्तता कायम गर’, ‘बाह्य हस्तक्षेप बन्द गर’ जस्ता पम्प्लेट बोकेर टेलिकम मुख्यालय भद्रकाली प्लाजा प्राङ्गढमा विरोध प्रदर्शन गरे ।
‘माफियाका रूपमा काम गरिरहेको र ७० करोड रुपैयाँको चलखेलमा संलग्न एक गलत व्यक्तिलाई सरकारले टेलिमको नेतृत्व सुम्पिने षडयन्त्र भइरहेको छ,’ युनियनका मनिल ओझाले भने, ‘सेटिङ होइन वरिष्ठताको आधारमा नेतृत्व छान्ने परम्परालाई निरन्तरा दिइनुपर्छ भन्ने हाम्रो माग हो ।’ युनियनका तर्फबाट प्रधानमन्त्री, सञ्चारमन्त्री र पार्टीका वरिष्ठ व्यक्तिलाई पटक–पटक अनुरोध गरिसकेको, ध्यानाकर्षण पत्र पनि बुझाएको कर्मचारीको भनाइ छ । आफूहरूको खबरदारीलाई बेवास्ता गरे सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध उभिने कर्मचारीहरूले चेतावनी दिए ।
‘विगतमा टेलिकमभित्रकै व्यक्तिले नेतृत्व सम्हालेको हुँदा यो संस्थालाई हामीले देशको नम्बर एक संस्था बनाउन सकेका छौं,’ युनियनका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले भने, ‘गलत व्यवहार गरिरहेको व्यक्तिलाई यहाँ ल्याउन खोजिएको छ । यो संस्था संरक्षण गर्न हामी हदैसम्मको कदम चाल्न सक्छौं ।’