बुधबार, कात्तिक ३ २०७८ ०८:५७ AM

×

मंगलबारदेखि स्मार्टफोन ‘भिभो २१’ नेपाली बजारमा, मूल्य २३ हजार

images

काठमाडौं । भिभो कम्पनीले नयाँ ब्राण्ड भिभो २१ नेपाली बजारमा ल्याएको छ । मंगलबारदेखि नेपाली बजारमा आएको सो फोन भिभो वाई सिरिजको पछिल्लो स्मार्टफोन हो । जसको मूल्य २३ हजर रुपैयाँ पर्ने बताइएको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत श्रीमान् मार्सले भिभो वाई सिरिज ग्राहकहरूले मन पराउने स्मार्ट फोनमा पर्ने बताए । साथै  बजारको अध्ययन अनुुसन्धान गरी ग्राहकहरूलाई उपयोगी र मनपर्ने डिजाइनमा उक्त फोन उत्पादन गरेको उनले बताए । वाई २० को सफलतापछि वाई २१ नेपाली बजारमा ल्याइएको हो ।

सो फोनका डिजाइनहरूमा ८.० एमएम् स्लीम वडीका साथै साइड्मा फिङ्र प्रिन्ट स्क्यानर जडान गरिएको छ । ०.४ एम्एम् पातलो र यसको प्रोसेसरभन्दा १० ग्राम हल्का भएकाले प्रयोग गर्न सजिलो छ । यो प्रोफेसनल आकार र स्टाइलिस हुनुका साथै हेर्नका लागि सजिलो ६.५१ इन्च डिस्प्ले स्क्रिन छ ।

वाई २१ का विशेषता

वाई २१ का विशेषतामा ५ हजार एमएएच ब्याट्री, १८ वाटको फाष्ट चार्जर टाइप सी, डिभाइस सोकेश ४ जीबी १ जीबीसहित दोस्रो जेनेरेसनको र्याम छ । वाई २१ ले ६४ जीबीको साथ अत्यधिक १ टीबी (अक्तिरीत्त खरिद गर्न सकिने) बढाउन सक्ने मेमोरी क्षमतामा निर्माण भएको छ, जसको कारण ठूलो फाइल भण्डारण गर्न सकिन्छ भने भिभो वाई २१ को मुख्य क्यामरामा १३ एम्पी क्यामेरा जडान गरिएको छ ।

८ एम्पीको फ्रन्ट क्यामेरा तथा क्यामरा उपकरणमा २.० फिल्टरको प्रयोगले कुनै पनि प्रकाश तथा रङ र एचडीआर छायाकनमा रमाउन सकिने कम्पनीले जनाएको छ ।

२ कलरमा उपलब्ध
वाई २१ स्मार्टफोन मेटालिक क्यु र डाइमण्ड ग्लो कलरमा उपलब्ध छ । मंगलबारदेखि ग्राहकले खरिद गर्न सक्ने सो फोनको मूल्य २३ हजार रुपैयाँ रहेको छ ।

 

मङ्गलबार १९ असोज २०७८ ०३:१३ PM मा प्रकाशित

प्रतिक्रिया