मङ्गलबार, असोज १२ २०७८ ०४:०८ PM

×

सीईलाई १ खर्ब ‘पोर्टफोलियो’ को कम्पनी बनाउने छौं (अन्तर्वार्ता) 

images

तीन दशकअघि स्थापना भएको सीई ग्रुप देशकै ठूलो र विश्वासिलो निर्माण कम्पनी बनेको छ । निर्माण व्यवसाय, रियल स्टेट, अपार्टमेन्ट, जलविद्युत हुँदै अहिले सीई ग्रुपले पर्यटनमा लगानी विस्तार गरेको छ । रियल स्टेट, हाउजिङ र निर्माण व्यवसायमा स्थापित सीईले जलविद्युतमा सफल भएपछि अहिले हब लुम्बिनी परियोजनाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेको हो । कम्पनीले आगामी एक दशकमा वार्षिक कारोबार बढाएर १ खर्ब रुपैयाँ पुर्याउनुका साथै १ हजार मेगावाटका जलविद्युत आयोजना निर्माण गर्ने बृहत योजना अघि सारेको छ ।

कम्पनीले मर्मत तथा सम्भारलाई व्यवसायका रूपमा अघि बढाउने तयारी गरेको छ । ग्रुपको नेतृत्व विजय राजभण्डारीले गरेका छन् । अमेरिकाबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर फर्केपछि राजभण्डारीले स्थापना गरेको सीईले अहिले लगानीकर्ताको विश्वास जित्दै आएको छ । सीईलाई निजी क्षेत्रमा काम गर्न भ्याइनभ्याइ छ । सीई ग्रुपको वर्तमान अवस्था र भावी योजनाका विषयमा केन्द्रित रहेर अध्यक्ष तथा प्रबन्ध निर्देशक राजभण्डारीसँग क्यापिटल नेपालले गरेको कुराकानी ।

सीईले अहिले कस्ता किसिमका आयोजना अघि बढाइरहेको छ ?

सीईले मुख्यतया अहिले ३ वटा क्षेत्रमा काम गरिरहेको छ । एउटा जनरल कन्ट्रयाक्टरको भूमिकामा छ । जसअन्र्तगत परामर्शदाता र लगानीकर्ता बाहिरकै हुन्छन् । होटल, कमर्सियल भवनहरू र रेसिडेन्सियल बिल्डिङहरू बनाउने काम गर्छ । हामी आपसी समझदारीमा निर्माणको ठेक्का लिन्छौं । प्रतिस्पर्धामा गएर काम लिने गरेका छैनौं । दोस्रो भनेको रियल स्टेट व्यवसाय हो ।

यसमा हामी आफैंले जग्गा, किनेर, डिजाइन गरेर भवन बनाएर बिक्री गर्छौं । हामीसँग पर्याप्त पुँजी छैन । त्यसैले कोहीसँग पैसा छ भने उसको लगानी गराएर भए पनि साझेदारीमा काम गर्छौं । कसैको जग्गा छ भने त्यसलाई इक्विटीमा राखेर साझेदारीमा काम गर्छौं । रियल स्टेटमा ३ वटा क्याटगोरीमा काम गरिरहेका छौं । अब आएर जलविद्युतमा लगानी बढाएका छौं ।

जलविद्युतमा दुई मोडेलमा काम गरिरहेका छौं । एउटा ठेकेदार अर्को लगानीकर्ता भएर जलविद्युतमा काम गरिरहेका छौं । विशेष गरी जलविद्युतमा सिभिल र हाइड्रोमेकानिकलमा यो मोडेलमा काम गरिरहेका छौं । ठेकेदारको रूपमा ८६ मेगावाटको सोलु–दूधकोसी आयोजनामा काम गरिरहेका छौं । अर्को नीलगिरीमा १११ मेगावटको दुइटा आयोजनामा ठेकेदारको रूपमा काम गरिरहेका छौं । जलविद्युतमा लगानी गर्न ऊर्जा डेभलपर्स स्थापना गरेका छौं ।

विकासकर्ताका रूपमा हामीले ३ वटा आयोजनामा काम गरिरहेको छौं । माइवेनी ९.५१ मेगावाट सञ्चालनमा आइसकेको छ भने अर्को तल्लो जोगमाई ६.२ मेगावाट एक महिनाभित्र सकिँदै छ । अर्को ताप्लेजुङमा रहेको ४९ मेगावाटको अर्धजलाशय मिडिल मेवा आयोजना बनाइरहेका छौं ।  हामीले थप दुइटा आयोजना निर्माणको तयारी गरेका छौं । ५३.५ मेगावाटको अपर म्याग्दी, २६.५ को शिवाखोला आयोजना छ ।

शिवाखोला आयोजना मेवासँगै छ । रियल स्टेटअन्तर्गत कतिपय आयोजना सकिने र निर्माणाधीन अवस्थामा छन् । यस्तै नयाँ आयोजनाहरू सुरु गर्दैछौं । नयाँ जनरल कन्ट्रयाक्टिङको काम दसैंपछि मात्र सुरु हुनेछ । कुराहरू अघि बढेका छन् । भएका कामहरू गरिरहेका छौं । 

जलविद्युतमा दुई मोडेलमा काम गरिरहेका छौं । एउटा ठेकेदार अर्को लगानीकर्ता भएर जलविद्युतमा काम गरिरहेका छौं । विशेष गरी जलविद्युतमा सिभिल र हाइड्रोमेकानिकलमा यो मोडेलमा काम गरिरहेका छौं । ठेकेदारको रूपमा ८६ मेगावाटको सोलु–दूधकोसी आयोजनामा काम गरिरहेका छौं । अर्को नीलगिरीमा १११ मेगावटको दुइटा आयोजनामा ठेकेदारको रूपमा काम गरिरहेका छौं । जलविद्युतमा लगानी गर्न ऊर्जा डेभलपर्स स्थापना गरेका छौं ।

सीई ठूला आयोजना निर्माणमा लागेको छ । अपर म्याग्दी र शिवा खोलाको निर्माण कहिलेदेखि सुरु हुँदैछ ? 

हामीले कुनै पनि आयोजनाको जीवन चक्र (लाइफसाइकल)  विशेष गरी निर्माणको पक्षबाट साढे ३ देखि ४ वर्ष लाग्ने देखिएको छ । आयोजना जति ठूलो भयो निर्माण त्यति नै समयमा सकिन्छ । त्यसैले ठूलो आयोजना किन नगर्ने ? भनेर अहिले त्यतातिर जाँदैछौं । हामीले पब्लिकको सहभागिताअन्तर्गत स्वपुँजी (इक्विटी) रेज गर्छौं । सीई धेरै पैसा नभएको कम्पनी भएकाले हामी लगानी कम गर्छौं । तर, विश्वास गर्नेहरूलाई समेटेर काम गर्ने कम्पनी हो सीईनै हो । त्योअन्तर्गत स्रोतको सीमा हुन्छ । कसैको २ करोडको लगानी क्षमता होला । कसैसँग ५० लाख र कोहीसँग ५ करोड रुपैयाँ होला ।

तर, ‘ओभर दी पिरियड’ हाम्रो आयोजनामा लगानी गर्दा ‘मोरअलेस एडजस्ट’ भएर जान्छ । उनीहरूले अर्को मान्छे  लिएर आउने गर्छ । लिएर आउने र एडजस्ट हुँदा अर्को आयोजना  सुरु गर्दा ‘मिसम्याच’ हुने देखिएको छ । त्यसैले अब स्वपुँजी (इक्विटी) पनि वैदेशिक लगानी नल्याइकन हुँदैन । वैदेशिक लगानी ल्याउनुपर्ने भयो । भोलि हाम्रो कम्पनीको मार्गचित्रअनुसार ठुल्ठूला आयोजनाहरू अघि बढाउन लगानीको समस्या हुन सक्छ । नेपाली बैंकमा कहिले तरलताको अभाव हुन्छ त कहिले एसओएलको समस्या हुने गरेको छ ।

यी सबै कुरालाई ध्यानमा राख्दा यदि कम्पनीको ‘ग्रोथ’ नै चाहाने हो भने हामीले विदेशी बैंकबाट पनि लगानी ल्याउनुपर्छ भनेर अपर म्याग्दीमा हामीले यस्तो प्रयास गरेका छौं । यो आयोजना बनाउन ११ अर्ब रुपैयाँ लाग्छ । किनभने हाम्रा आयोजनाहरू पनि ठूला हुने र धेरै आयोजनाहरू हुने भएकाले आगामी सन् २०३० मा १ हजार मेगावाटको जलविद्युत ‘पोर्टफोलियो’ बनाउने लक्ष्य लिएका छौं ।

त्यसबेला कतिपय आयोजना सम्पन्न भइसकेको हुन्छ भने कतिपय निर्माणाधीन हुन्छ होला । सन् २०३३ सम्म १ हजार मेगावाटका आयोजनाहरूको सबै काम सम्पन्न हुनेछन् । यी आयोजनाहरू बनाउन ठेकेदारका रूपमा हाम्रो क्षमता नहुन पनि सक्छ । निर्माण ईपीसी मोडेलमा पनि जान सक्छ । हामी जेभीमा होला । अनेकौं मोडले पनि हुन सक्छ । कस्तो आयोजनालाई कुन मोडेलमा बनाउने भन्ने कुरा हामीले त्यहीअनुसार मार्गचित्र बनाएर अघि बढेका छौं । 

नेपालमा लगानीको वातावरण छैन । नीतिगत परिवर्तनले समस्या ल्याउने गरेको कुरा उठिरहेको छ । तपाईंले ल्याउन लागेको विदेशी लगानीकर्ताको भनाइ के छ ? 

यो सबै हामीले सुन्दै आएको कुरा हो । तर, भोगेका थिएनौं । विदेशीहरूले पनि सबै कुरा थाहा पाएको भए यहाँ किन लगानी गर्न चासो देखाउँछन् ? स्वार्थ उनीहरूको छ । हाम्रो पनि स्वार्थ छ । आफ्ने उद्देश्य पूरा गर्न विदेशी लगानी ल्याउनुपर्ने भएको हो । त्यसको ‘मिसम्याच’ कता भइरहेको छ । त्यो पत्ता लगाउनुपर्छ । एउटा आयोजना सक्न यति समय लाग्छ भनेको छौं । फेरि अर्को आयोजना बनाउने बेला तिमीले सबै कुरा बुझिसकेको छांै भन्न पाइन्छ ।

उद्योगमा दर्ता हुन कति समय लाग्छ, नेपाल राष्ट्र बैंकमा लगानी स्वीकृति लिन कति समय लाग्छ । त्यसपछि उताको बैंकबाट पैसा पठाउन कति समय लाग्छ । त्यो ‘टाइमलाइनमा’ तिम्रोमा १५ दिन थपघट गर भन्न सकिन्छ । एउटा आयोजना गरेर देखाएपछि समयभित्र आयोजना गर्न के समस्या हुन्छ ? विदेशी लगानीको धेरै स्थानमा स्थानीय प्रतिनिधि (लोकल एजेन्ट) को संलग्नता हुन्छ । एजेन्टले भाषा र आफ्नो स्वार्थको कारणले पनि विदेशी लगानीकर्तालाई घुमाइरहेको हुन सक्छ । हामीमा यस्तो हुँदैन ।

हामी आफैं कुरा गर्छौं । विदेशी लगानीकर्ता ल्याउँदा त्वमशरणम गरेर भिखै मागेको जस्तो गरेको पाइन्छ । तर, हामी यस्तो गर्दैनौं । यदि हामीसँग साझेदार बन्न मन छ, साझेदारलाई गर्ने व्यवहार गर्न सक्छौं भने आउ नभए अर्को विकल्प खोज भन्छौं । हामी आफैं काम गरेर त्यसैमा जिउन सिकेर खुसी भएका मान्छे हौं । लगानी ल्याउन भनेर हातै जोड्नुपर्ने अवस्था छैन । काम गर्ने त हामीले हो । धेरैले अनुरोध गरेका छन् । हामीले आफ्ना आयोजना काम गरेर भ्याएका छैनौं ।

सरकारी मात्र होइन । निजी क्षेत्रले बनाउने आयोजनाहरू पनि समयमा नसकिने समस्या देखिएको छ । यसको कारण के होला ? 

यसमा धेरै नै कारणहरू छन् । कतिपय आयोजनाभित्र र केही आयोजना बाहिरी कारण छन् । आयोजना भित्रकै कुरा गर्दा नेपालमा बल्ल जलविद्युतको निर्माण सुरु र भइरहेको अवस्था छ । सकाएर अनुभव आर्जन गरेको अवस्था ज्यादै कम छ ।

जलविद्युतमा सबैभन्दा ठूलो चुनौती भनेको आयोजनाको डिजाइनको हो । डिजाइनमा राम्रा, अनुभवी विज्ञ चाहिन्छ । अहिले भर्खर–भर्खर आएका नयाँ मान्छेहरू छन् । त्यस कारण कतिपय ठाउँमा हामीले नसोचेको जिओलोजीको अवस्थाले पनि अनिश्चितता आउँछ । त्यसलाई ‘ह्यान्डिल’ गर्न समय लाग्न सक्छ । त्यो एउटा पाटो भयो भने अर्को पाटो कस्तो जनशक्ति भयो भने निर्माण व्यवसायीले काम गर्न सक्छ । कामको गुणस्तर र कति सयम लाग्छ ।

कस्तो किसिमको उपकरण आवश्यक पर्ने र कति समय लाग्ने, उपकरण मर्मत सम्भार गर्न ‘वर्कसप प्लाण्टको’ तयारी हुनुपर्छ । यस्तै अपेरेटर र मेकानिकल टिमहरू हुनुपर्छ । त्यसपछि आयोजनामा कुन र के ‘क्रिटिकल’ हो ? त्यो कुरा थाहा पाउनुपर्छ । जस्तै बिस्फोटक पदार्थ समयमा नपाउने समस्याले गर्दा आयोजना ढिलाइ हुने गरेको छ । यी सबै समस्याहरूलाई बुझेर समय कति लाग्छ भन्ने जानकारी राख्नुपर्छ । कोभिडका समयमा हामीले साइटमा कुनै पनि दिन काम रोकेनौं । किनभने, दसैं, आउँछ, छुट्टी आउँछ, बन्द हड्ताल, चक्काजाम लकडाउन हुन्छ यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने अनुभव बटुलेका छौं ।

कोभिड महामारी त्यसै हट्नेवाला छैन । त्यसका लागि ३ महिनाको प्रक्षेपण गरेर काम अघि बढायौं । खुकुलो हुँदा गर्यौं । कोभिडमा हामीले ‘हेल्थ फस्र्ट’ भन्ने उद्देश्य लियौं । स्वास्थ्य मापदण्ड जति हामीलाई थाहा छ । त्यसलाई फलो गर्यांै र कामदारहरूलाई काउन्सिलिङ गर्यौं । डिजिटल प्लेटफर्मबाट सबै बैठक गर्यौं । साइटमा काम गर्नका लागि भौतिक दुरी कायम राख्नेदेखि लिएर औषधीको व्यवस्था गर्यौं । त्यसबेला कोही पनि घर गएनन् । ५ सय कामदार बिरामी भएकोमा घटाउँदै शून्यमा ल्यायौं । अक्सिजन कन्सटेटरको पनि व्यवस्था मिलायौं । कम्पनीले हेर्दो रहेछ हामी सुरक्षित छौं भन्ने कुरा उनीहरूलाई अनुभूति दिलाउने काम हामीले गर्यौं ।

विदेशी लगानीकर्ता ल्याउँदा त्वमशरणम गरेर भिखै मागेको जस्तो गरेको पाइन्छ । तर, हामी यस्तो गर्दैनौं । यदि हामीसँग साझेदार बन्न मन छ, साझेदारलाई गर्ने व्यवहार गर्न सक्छौं भने आउ नभए अर्को विकल्प खोज भन्छौं । हामी आफैं काम गरेर त्यसैमा जिउन सिकेर खुसी भएका मान्छे हौं । लगानी ल्याउन भनेर हातै जोड्नुपर्ने अवस्था छैन । काम गर्ने त हामीले हो । धेरैले अनुरोध गरेका छन् । हामीले आफ्ना आयोजना काम गरेर भ्याएका छैनौं ।

निर्माण व्यवसाय, रियलस्टेट, हाउजिङ र ऊर्जामा लगानी गरिरहेको सीई ग्रुप अहिले पर्यटन क्षेत्रमा लागेको छ । सीईले लुम्बिनी हब बृहत योजना ल्याएको थियो । यो अहिले कहाँ पुग्यो ? 

हाम्रो बिजनेस मोडेलमा ‘सोसियो टेक्नो डेभलपमेन्ट अफ नेसन थ्रु आन्टरप्रिनियरसिप’ हो । यसको मतलव विकासको गतिविधि मात्र गर्ने होइन । सामाजिक आर्थिक विकास पनि गर्ने भन्ने हो । त्यसैका आधारमा कहीँ जलविद्युत, कहीँ निर्माण आयोजना गरेर होला । त्योभन्दा महत्वपूर्ण नेपालमा पर्यटन क्षेत्र विकास भयो भने हाम्रो प्राकृतिक स्रोत तथा साधनको अधिकतम् उपयोग हुन्छ । भएका चिजहरू जस्तै हिमाल, पहाड, नदीनाला, संस्कृति सबै देखाएर पैसा कमाउन सकिन्छ । यसरी ‘स्क्याटर’ भएर जाँदा त्यहाँ स्थानीय अर्थतन्त्र चलायमान हुन्छ । अर्को विदेशी मुद्रा आउने भयो ।

पहिला पर्यटन भनेको होटल खोल्ने, रेष्टुराँ खोल्ने भन्ने थियो । पर्यटकहरू कुनै पनि गन्तव्यमा गयो भने त्यहाँ एक दिनमात्र किन बस्ने ? उनीहरूलाई यसरी भुलाउ कि भएको सबै पैसा खर्च गरेर मात्र जाउन । त्यो हिसावले पर्यटकलाई बढीभन्दा बढी समय बस्ने वातावरण दिऊँ । कुनै ग्रुप र परिवारसहित आएका पर्यटकलाई धार्मिक स्थलमा घुम्न जान मन लाग्छ होला । कसैलाई प्राकृतिक सौन्दर्य हेर्न मन लाग्छ होला । कसैलाई सपिङ गर्न मन लाग्छ होला । कसैलाई रमाइलो गर्न मन लाग्छ होला ।

यी सबै कुरालाई समेटेर स्थानीयलाई रोजगारीसमेत दिने उत्तम गनतव्य कुन हुन सक्छ र यो ‘कन्सेप्ट सेयर’ हुन सक्छ भनेर म आफंै लुम्बिनी प्रोजेक्ट म्यानेजर भएका कारण त्यहाँ कस्ता पर्यटकहरू आउँछन् । उनीहरूको गुनासा के कस्ता छन् भन्ने जानकारी मलाई भएको छ । अर्को पक्ष हाम्रो रणनीतिक साझेदार पर्यटन व्यवसायी योगेन्द्र शाक्य हुनुहुन्छ । उहाँलाई पर्यटनको नशा–नाशा थाहा छ । विकास, पर्यटन, सामाजिक र  अर्थतन्त्रको ‘कम्बिनेसनमा’ कस्तो आयोजना ल्याउँदा हुन्छ भन्ने सोच्दा ‘हब’ अवधारणा आयो । 
यो अवधारणा भनेको होटल होइन पर्यटकीय गन्तव्यको विकास गर्ने हो । त्यसका लागि हबभित्र होटल, वाटर वल्र्ड, सपिङ सेन्टहरू र

अपार्टमेन्टहरु आए । त्यसैले त्यहाँ ‘क्वालिटी लिभिङ’ बनाउँदा ‘फ्युजन अफ हस्पिटालिटी इन हाउजिङ’ भन्ने अवधारणा आयो । त्यो हस्पिटालिटीलाई सहयोग गर्न हाउजिङ पनि विकास भइदियो भने त्यसपछि स्थानीय बासिन्दाहरूको जग्गाको भाउ आकासिन्छ । हिजो साइकल चढ्नेले भोली मोटरसाइकल चढ्ला, मोटरसाइकल चढ्ने गाडी चढ्ला । सरकारी स्कुल भएको ठाउँमा बोर्डिङ स्कुल आउला । त्यसैले त्यहाँको क्वालिटी अफ लाइफ र ‘सोसियो, इकोनोमिक ट्रान्सफरमेसन’ हुन्छ भन्ने बृहत अवधारणा लुम्बिनी हब हो । त्यसैले पहिलो चरणमा लुम्बिनीलाई लिएका छौं । पहिलो चरणमा अपार्टमेन्ट आयोजना गरेका छौं ।

स्वीकृतिको नयाँ प्रक्रिया भएकाले पूरा गर्न एक वर्षभन्दा बढी समय लाग्यो । अब स्वीकृति पाएर ‘फुलफ्लेजमा’ गएर बेसमेन्टको पहिलो तल्लाको ‘कास्टिङ’ पनि गर्यौं । शाक्यमुनि होटल ५ महिनापछि सुरु गर्दैछौं । वाटर वल्र्ड सुरु गर्न ५ महिनाअघि सामान ल्याएर राख्ने छौं । त्यसको सबै पहिचान भइसकेको छ । जे जे कम्पोनेन्टको आवश्यक छ, त्यसलाई थप्दै जाने हो । हाम्रै प्रोजेक्टसँगै जोडिएको होटल पवन प्यालेस पनि छ । भैरहवामा हामीले ५ वटा आयोजना सञ्चालन गरिरहेका छौं । हब अहिले ७ विगाहा जमिनमा फैलिने छ । विस्तार गरेर २० विगाहमा पुर्याउने तयारी गरेका छौं । 

हबमा कति लगानी हुने भएको छ ? 

प्रोजेक्टको र हाम्रो लगानी फरक हुन्छ । म पैसा भएको मान्छे होइन । मैले सबैलाई लगानी गर्नुस् भन्छु । त्यसरी लगानी गराउने हो । हबमा ४ अर्ब रुपैयाँसम्म लगानी हुने देखिएको छ । होटल, हाउजिङ, वाटर वल्र्ड र सपिङ सेन्टर सबैमा गरेर यो रकम लगानी हुने अनुमान गरिएको छ । मेरो लगानी मोडेल ‘कम्प्लेक्स’ हुन्छ । यता ‘मास पार्टिसिपियसन’ हुन्छ । त्यो ‘कम्पोनेन्टमा’ आ–आफ्नै तरिकाको लगानी हुन्छ । कसैले लिजमा लिने भन्नुहुन्छ भने त्यो मोडेलमा हामी संरचना बनाइदिने छौं ।

कसैले भाडामा लिने हो भने त्यहीअनुसार बनाइदिन्छौं । कसैलाई बेच्नका लागि हो भने त्यहीअनुसार बनाइदिने छौं । हब लुम्बिनी नेपालको महत्वपूर्ण आयोजना हो । हब काठमाडौंका साथै बुद्ध धर्ममा आस्था भएकालाई केन्द्रित गरिएको छ । बाँकी ३० प्रतिशत लगानी स्थानीय बासिन्दालाई सुरक्षित गरिएको छ । 

हबमा ७ सय स्थानीयलाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । किसानहरूको जीवनस्तरमा सुधार ल्याउन अर्गानिक फार्मिङका लागि प्रोत्साहित गर्छौं । अर्गानिक फार्मिङलाई प्रोत्साहन गरेमा लुम्बिनीमा भएका होटललाई किसान आफैंले आपूर्ति गर्न पाउने छन् । त्यसैले हामीले मात्र गन्तव्य विकास गर्न खोजेको होइन । हामी प्रयासकर्ता मात्र हो । सुरु भएपछि त्यस क्षेत्रमा अन्य नयाँ प्रोजेक्टहरू पनि आउने छन् । 

हब लुम्बिनी बृहत् आयोजना कहिले सकिन्छ ? 

आगामी साढे ३ वर्षमा परियोजना सम्पन्न गर्ने छौं । हामी आफैंले लगानी गरेर भए पनि आयोजना सक्ने छौं ।

सीई ग्रुपले थप नयाँ आयोजना ल्याउँदै छ ? 

हामीले निर्माणमा नयाँ काम गर्दैछौं । साना आयोजनामा हामीलाई फाइदा छैन । किनभने हाम्रो ‘ओभरहेड कस्ट’ बढी छ । तै पनि सम्बन्धका आधारमा वर्षमा १० करोड रुपैयाँभन्दा कममा ४, ५ वटा आयोजनाको काम गर्छांै । ५० करोडको २ वटा १ अर्ब रुपैयाँसम्मको २ वटा आयोजना वर्षमा ल्याउने छौं । परियोजनाहरूको पहिचान भइसकेका छन्  । सुरु गर्न केही समय लाग्नेछ । यस्तै रियल स्टेटको कुरा गर्दा काठमाडौंमा कारोबार नभए पनि जग्गाको जुन किसिमले भाउ बढेको छ । त्यसले गर्दा नयाँ प्रोडक्ट ल्याउने तयारी गरेका छौं । अहिले हामीले क्षेत्रीय अवधारणा (टेरोटेरियल कन्सेप्ट) ल्याएका छौं ।

यो कन्सेप्टअनुसार विराटनगरमा सीई कलोनी भनेर सुरु गरेका छौं । यसमा २, ३ वटा प्रस्तावहरू आएका छन् । प्रदेश २ मा हाम्रो उपस्थिति छैन । गण्डकीको पोखरामा २ वटा परियोजना अघि बढाएका छौं । पोखरामा लेटभ्यू अपार्टमेन्ट ल्याएका छौं । पहिलेको फेवा प्रिन्स होटललाई एक्वायर गरेर साझेदारीमा अघि बढाएका छौं । त्यहाँ हामीले हाउजिङ, अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्ससहितको मिक्सयुज्ड’ प्रोजेक्ट ल्याएका छौं । लुम्बिनीमा हब लुम्बिनी छ । तिलोत्तमा गाउँपालिकामा हामीले माया कम्प्लेक्स ल्याउँदै छौं । त्यो पनि हाउजिङ, अपार्टमेन्ट र कर्मर्सियल कम्प्लेक्स मिसयुज्ड प्रोजेक्ट हो । कर्णाली र सुदूरपश्चिमबाट अफर आएको छ । तर, त्यहाँ गएका छैनौं । 

आईपीओ खुल्यो भने जाँदैन होला र ? अलिकति मेहनत गरेर त्यसलाई ‘स्ट्रिमलाइन’ गर्न सकियो भने सीईको आईपीओको कति प्रिमिय मूल्य कति हुने हो ? प्रमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि अहिले केही समयका लागि ‘होल्ड’ गरेको मात्र हो । जुन दिनमा सीईको प्रिमियममा आईपीओ आउँछ, त्यो सबैभन्दा उच्च मूल्यको हुनेछ । हाम्रो हरेका कारोबार पारदर्शी हुन्छ । इरापी भन्ने सफ्टवयेर प्रयोगमा ल्याइसकेका छौं । रिर्टन अन अनिङ, नाफा बढाउनु छ ।

यहाँले निजी साझेदारीमा धेरै आयोजनाहरू विकास गरिसक्नु भएको छ । सीईलाई पब्लिकमा किन नलैजानु भएको हो ? 

प्राथमिक सेयर निष्कासन (आईपीओ) मा जाने सोच सन् १९९३ मा कम्पनी खोल्दा बनाएको हो । त्यसबेला पब्लिक लिमिटेड कम्पनी बनाउने सोच थियो । किन दुःख गर्ने पैसा उठाएर चलाउने भन्ने सोच थियो । तर, कम्पनी रजिष्टार कार्यालयमा उद्योग दर्ता गर्न जान जुन काम मन नपराएर गर्नुपर्यो भने राम्रो हुँदैन भन्ने अर्को सोच आयो । त्यसैले सीई पब्लिक लिमिटेडबाट प्रालिमा गएको हो । हामीले जे प्रतिबद्धता गर्छांै त्यो पूरा गरेका हुन्छौं । 

आईपीओ १०० मा, २०० मा, १००० मा ५००० हजार वा १० हजार रुपैयाँ कतिमा निष्कासन गर्दा हुन्छ ? कम्पनीको संभावना कतिको छ । प्रतिकित्ता १० हजार रुपैयाँमा आईपीओ निष्कासन गर्न सकिन्छ भने त्यसका लागि तयारी गर्नुपर्यो । त्यो तयार गरिरहेका छौं । आज हाम्रो आईपीओ खुल्यो भने जाँदैन होला र ? अलिकति मेहनत गरेर त्यसलाई ‘स्ट्रिमलाइन’ गर्न सकियो भने सीईको आईपीओको कति प्रिमिय मूल्य कति हुने हो ?

प्रमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि अहिले केही समयका लागि ‘होल्ड’ गरेको मात्र हो । जुन दिनमा सीईको प्रिमियममा आईपीओ आउँछ, त्यो सबैभन्दा उच्च मूल्यको हुनेछ । हाम्रो हरेका कारोबार पारदर्शी हुन्छ । इरापी भन्ने सफ्टवयेर प्रयोगमा ल्याइसकेका छौं । रिर्टन अन अनिङ, नाफा बढाउनु छ । मैले जति आम्दानी गरेको छु, त्यो सबैको कर तिरेकाले मलाई लगानी गर्न समस्या छैन ।

सीईले नाफा राम्रै गरेको होला नी । वार्षिक कति हुन्छ ? 

हाम्रो नाफा राम्रो छ । हेभी इक्विपमेन्टमा भएको लगानीले हामीलाई नोक्सान भएको छ । २ अर्ब रुपैयाँ उपकरण खरिदमा लगानी गरेका छौं । ती उपकरण अहिले १५ प्रतिशत मात्र चलेका छन् । पूर्ण क्षमतामा उपयोगमा ल्याउन सकिएको छैन । त्यसैले ठूलो नोक्सान भयो । सीई ग्रुपमा कम्प्लेक्स भएको छ । कति सेयर भएकालाई ग्रुपभित्र राख्ने भन्ने कुरा आएको छ । हाम्रो ३० वटा भेन्चरहरू छन् । अहिलेसम्म २ वटालाई आफ्नो भेन्चर मानेका छौं । पहिलो निर्माण र दोस्रो रियल स्टेट मात्र हो ।

ऊर्जा डेभलपर्सको मुख्य लगानीकर्ता सीई हो । यस्तै ग्रान्डी हस्पिटल पनि सीईको लगानी छ । सबै प्रोजेक्टलाई मैले ओगटेर राख्न सक्दिनँ । ‘ओभर द पिरियड मेरो अब्जेटिभ’ भनेको कर्पोरेट क्षेत्रमा पब्लिक लिमिटेड कल्चर नेपालमा ल्याउने हो । किनभने कुनै पनि बिजनेसले ग्रोथका लागि ३० वर्ष पर्खनु पर्दैन । सीई आईपीओमा लगेपछि ऊर्जालाई पनि लैजाने छौं । ३ वटा साझेदार भएपछि पब्लिक लिमिटेड हुन्छ । तर, त्यो वास्तविक पब्लिक लिमिटेड होइन । वास्तविक पब्लिक लिमिटेड भनेको सर्वसाधारणको सहभागिता नै हो । 

सीई स्थापना गरेको ३ दशक भयो । यो बीचमा कम्पनीले निर्माणलगायतका क्षेत्रमा उचाइ प्राप्त गरेको छ । अब, आउने एक दशकमा सीई कस्तो कम्पनी बन्ने छ ? 

हामीले १० वर्षमा अर्थात २०३० मा सीई कन्ट्रक्सनलाई मात्रै १ खर्ब रुपैयाँ पोर्टफोलियोको कम्पनी बनाउने  छौं । यो बनाउन ठूलो कुरा छैन । ७ वटै प्रदेशमा क्षेत्रिय विस्तार (टेरिटोरिय एक्सपान्सन) को काम हुनेछ । रियल स्टेटका आयोजनाहरू अघि बढाउने छौं । ३ वटा रियल स्टेट आयोजना सक्दा झण्डै २१ अर्ब रुपैयाँको हुन्छ । यस्तै निर्माणमा जोड दिनेछौं ।

जलविद्युतमा ५०० मेगावाट बनायो भने अर्बौंमा जानेछ । ओभर द पिरियड रियल स्टेटमा पर्यटकीय गन्तव्यको अवधारणा ल्याएका छौं । त्यसको मोडिफाइ ठूलो भर्सनका रूपमा स्याटेलाइट सिटी बनाउने, कमर्सियल कम्प्लेक्स र अपार्टमेन्टमेत राखेर मिक्सयुज्ड अवधारणा अघि बढाउने, स्कुललगायत विभिन्न कम्पोनेन्ट राखेर ४० विगाहामा विकास गरेर स्थानीयलाई सहभागी गराउने छौं ।

जलविद्युत सुरु गरिसकेका छौं भने बुटमोडेलमा फास्ट ट्रयाक अघि बढाउने छौं । सरकारले अनुमति दिएमा विदेशी ल्याएर फास्ट ट्रयाक बनाइदिने छौं । त्यही भएर विदेशी लगानी ल्याउँदै छौं । जलविद्युतमा हाम्रोे ठूलो चासो रहेको छ । अब नेपालका साना तथा ठूला सबै आयोजनाको मर्मत सम्भारको काम गर्ने योजना बनाएका छौं । कम्पनी खोल्दादेखिनै मर्मत सम्भार (रिपियर एन्ड मेन्टिनेन्स) विभाग खडा गरेका थियौं ।

सीईले घर बनाएको २० वर्षपछि मर्मत गर्नका लागि हामीलाई बोलाउने गरिएको छ । यसले हाम्रो गुडविललाई बढाएको छ । मर्मत सम्भार टिम बनाउने छौं । हामीसँग विज्ञ हुनेछन् । यसका लागि अहिलेदेखि डकुमेन्टेसन सुरु भइसकेको छ । निर्माण व्यवसायीमा किरा भएर नाम कमाएका छौं । अब कमाउने भनेको मर्मत सम्भार विभागबाट हो । गाडी बेच्दा खासै फाइदा छैन । तर, पार्टस्मा धेरै फाइदा हुने सुनेको छु ।

त्यस्तै हामीले आयोजना बनाएर कमाउनेभन्दा पनि मर्मत सम्भार व्यवसाय सुरु गरेर कमाउने योजना बनाएका छौं । प्रत्येक जलविद्युत आयोजनाको ३ देखि ५ प्रतिशतसम्म मर्मत सर्भिस ठेक्का हुने गरेको छ । आम्दानी १ प्रतिशत खर्च गरेर २ प्रतिशत रकम मैले कमाउन सकिन्छ । यसको रकम करोडमा हुन्छ । यो व्यवसाय अर्काले तुरुन्त गर्ने सक्ने पनि होइन । यो व्यवसायलाई कसरी गर्ने भनेर विदेशबाट हेरेर आइकेको छु ।

१५० वटा प्लान्ट व्यवस्थापन कम्पनीको मर्मत सम्भार हेरेर आएको छु । अहिले गरिरहेको मेहनत मात्र हो । मलजल गरेर हुर्काएको मात्र हो । त्यसबाट अब फल आउनेछ । रियल स्टेट, कमर्सियल अपार्टमेन्ट र हाउजिङको चुनौतीपूर्ण काम भएमा हामीकहाँ आउने गरेका छन् । समयमा सीइले सकाइदिने भएपछि थप २ प्रतिशत दिन कुनै समस्या हुँदैन । पहिला मैले काम पाउँदैन थिए ।

अहिले सीईलाई भ्याइनभ्याइ छ । कम्पनीको ठेक्का सम्झौतालगायत सबै कारोबार पारदर्शी हुन्छ । कर्मचारीसँग कुरा गर्न नमिल्ने ठेक्का कागजात नदेखाउने हो भने कसरी सीई कर्पोरेट बन्छ  ? हामी क्षमता वृद्धिमा जोड दिन्छौं । सबै कुरा पारदर्शी हुन्छ ।

आइतबार​ २० भदौ २०७८ ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया