मस्को । रूसले यस वर्ष खाद्यान्न निर्यात कटौती गर्ने बताएको छ ।
रूसमा यस वर्ष कृषि क्षेत्रमा अपेक्षाअनुसार उत्पादन नहुने देखिएको कारण खाद्यान्न निर्यातलाई घटाउन लागिएको रूसी कृषि मन्त्रालयले शुक्रबार जनाएको हो ।
कृषि मन्त्री डिमिट्री प्याट्रसेवले निर्यात योजनालाई कम गर्न सकिने बताए । कुल १३ करोड टन खाद्यान्न उत्पादनको लक्ष्य भएपनि खडेरी, अल्पवृष्टि, अतिवृष्टिजस्ता मौसमसम्बन्धी समस्याका कारण उत्पादन घटेको र यसले निर्यात कटौती गर्नुपर्ने बाध्यता देखिएको उनले बताए ।
उनले स्वदेशी बजारलाई भने खाद्यान्न अभाव हुन नदिने बताए । 'यदि अपेक्षकृत उत्पादन नभएमा हामीले ५० करोड टन को निर्यात योजनामा संशोधन गर्नुपर्नेछ । अनि यसले विश्व अन्न बजारमा नकारात्मक असर पार्न सक्छ,' कृषि मन्त्रालयको टेलिग्राम च्यानलले पाटुशेभलाई उद्धृत गर्दै लेखेको छ ।
एएनआई/स्पुतनिक
प्रतिक्रिया