मङ्गलबार, असोज १२ २०७८ ०४:०२ PM

×

अन्टार्कटिकाका एक्लो र पहिलो नेपाली गाइड उज्जवल

images

काठमाडौं । सन् १९८६ मा भुवन सिंह विश्वकर्मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुगे । शाही परिवारको सहयोगमा भारतीय आर्मीको अनुसन्धान टोलीका साथ त्यहाँ पुगेका भुवन सिंह विश्वकर्मा अन्टार्कटिका पुग्ने पहिलो नेपाली हुन् । समयक्रममा यो सामान्य ज्ञानमा सोधिने निकै चर्चित प्रश्न पनि बन्न पुग्यो । त्यसयता भारतीय सेनामा रहेका दुई नेपाली अर्जुनकुमार थापा र रामबहादुर खत्रीलाई पनि यो सौभाग्य जुर्यो । 

तर, बाँकी नेपालीका लागि अन्टार्कटिका आज पनि उहीँ अनकन्टार र सुदूर भूमि हो ।  जहाँ पुग्ने सपना खासै कसैले देख्दैनन् । त्यहाँ पुग्ने असम्भव्यताबारे सबै अगाडि नै सुनिश्चित हुन्छन् । 

घुम्न, डुल्नलाई जे पनि गर्न सक्ने ललितपुरका उज्जवल राईले पनि आफ्नो भ्रमण गन्तव्यको लामो सूचीमा अन्टार्कटिकालाई कहिल्यै राखेनन् । लामो समयसम्म नेपालको पदयात्रा पर्यटनमा लागेका उज्जवलको अवचेतन मनमा नै अन्टार्कटिका आफ्नो हैसियत बाहिरको गन्तव्य हो भन्ने कुरा बसिसकेको थियो । 

तर, पदयात्राकै क्रममा एकदिन दुई विदेशी पर्यटकसँग उनको जम्काभेट भयो । भेट चिनजानमा बदलेपछि ती दुई पर्यटकले उनलाई ‘समटाइम्स मिरेकल ह्यापेन्स’ भनेर गएको केही वर्षमै त्यो चमत्कार भयो । उनी अन्टार्कटिका पुगे । त्यो पनि पर्यटकका रूपमा होइन । अन्टार्कटिका टुर गाइडका रूपमा जुन अधिकांश नेपालीहरूका लागि कल्पना बाहिरको कुरा हो । 

संखुवासभाबाट काठमाडौं बसाई सरेकी एकल श्रमिक आमाका छोरा उज्जवलका लागि घुमफिर गर्नु आनन्द लिनु बिलासी सोखभित्र पर्ने कुरा थियो ।

घुम्न, डुल्नलाई जे पनि गर्न सक्ने ललितपुरका उज्जवल राईले पनि आफ्नो भ्रमण गन्तव्यको लामो सूचीमा अन्टार्कटिकालाई कहिल्यै राखेनन् । लामो समयसम्म नेपालको पदयात्रा पर्यटनमा लागेका उज्जवलको अवचेतन मनमा नै अन्टार्कटिका आफ्नो हैसियत बाहिरको गन्तव्य हो भन्ने कुरा बसिसकेको थियो । 

‘मलाई बच्चादेखि नै घुम्न एकदमै मन पथ्र्यो,’ उज्जवल सुनाउँछन्, ‘आमा मात्र भएकाले घुम्न डुल्न प्रशस्त पैसा र सुविधा थिएन ।’
घुम्नकै लागि जे पनि गर्ने उज्जवलले १२ वर्षकै उमेरमा सय रुपैयाँ लिएर घरबाट भागेर रारा पुगे । ‘ब्यागप्याकर घुमन्ते’ को रूपमा ९ महिनासम्म भाडा माझ्दै घुमफिर गरेपछि अन्तिममा घर फर्किए । 

घुम्ने उत्कृष्ट चाहनाले डोहोर्याएर उनलाई एउटा ट्रेक कम्पनीमा पुर्यायो । गाइड बनेर घुम्न पनि पाइन्छ पैसा पनि कमाइन्छ भन्ने उनको सोच थियो । यसैले काम सिक्न भनी उनी २०११ तिर त्यहाँ पुगे । तर, घुम्नलाई अहिले जस्तो सजिलो कहाँ थियो र ! कम्पनीले जोकोहीँलाई लिएर जाँदैन थियो । यसैले घुम्न र काम सिक्नको खातिर उनी भरिया बनेरै पहिलो यात्राको थालनी गर्न सहमत भए । 

त्यो पहिलो यात्रा नै सगरमाथा आधारशिविरको थियो । त्यसमाथि काठमाडौंको सहरमा हुर्किएर डोको नाम्लो नगरेको उज्जवलका लागि ती सबै नयाँ कुरा थियो । पहिलो अनुभव निकै कष्टकर बन्नेवाला थियो । पहिलो दिनको यात्रा त सजिलै थियो ओरालै ओरालो बाटो । तर, दोस्रो दिनको यात्रा त महाभारत नै बन्यो । 

‘दोस्रो दिन लगातार उकालो यात्रा थियो । २६ सय मिटरदेखि ३४ सय मिटरको उचाइमा पुग्नु थियो । अन्तिमको चार सय मिटर त एकदमै ठाडो उकालो थियो । सामान्य मान्छे त्यो ठाउँ हिँड्नै सकिन,’ उज्जवल सुनाउँछन् । लगातार तीन÷चार घण्टा लगाएर ठाडो उकालो हिँड्नु पर्दा आधाबाटो पुगेपछि आफू धुरुधुरु रोएको उनी स्मरण गर्छन् । 

‘मलाई त्यो बेला धेरै चित्त दुखेको थियो । हिँड्न नसकेर होइन । गाइडले यो हिमाल, त्यो हिमाल हो, उचाइ यति छ भन्दै देखाउँथ्यो तर म भारीको बोझले टाउको समेत उठाएर हेर्न सकिरहेको थिइन् । आफूले टाउको उठाएर हेर्ने बेलासम्म उनीहरू हिँडिसकेका हुन्थे । त्यति दुःख गरेर काम सिक्न आएको तर काम पनि राम्रो सिक्न पाएन भनेर चित्त दुख्यो ।’

साँझ तीनबजे तिर पदयात्री टोली नाम्चे बजार पुग्यो । जब उनको आँखाले प्रत्यक्ष नाम्चे बजारको सौन्दर्यता देख्यो तब उनलाई बच्चा बेला पढेको नाम्चेको सम्झना आएर निकै भावविह्वल पनि बनायो । नाम्चेको एक झलकमै अघिका यात्राका सबै दुःख उनले एकैपटकमा बिर्सिए । यस्तो दुःख त पार गरेपछि जीवन सोचेको बाटोमा अघि बढ्ने रहेछ भन्ने विश्वास र ऊर्जा आफूभित्र पलाएको उनले महसुस गरेँ । 

‘आमाले मलाई सधैं यसरी कुकुर जस्तो डुलेर खान पुग्छ भनेर भन्नुहुन्थ्यो । नाम्चे बजार पुगेको त्यो दिन मलाई आमा हेर्दै जानु म डुलेरै खाने हो भनेर भन्न मन लागेको थियो ।’ उज्जवलले सुनाए । 

पहिलो यात्रा नै उज्जवलका ठूलो अहोभाग्य सावित भयो । सरकारी विद्यालय नै पढेको भए पनि शेर्पा टुर गाइडको कामचलाउ अंग्रेजीको तुलनामा उज्जवलको अंग्रेजीसँग विदेशी पर्यटकले सहज रूपमा सञ्चार गर्न सके । ट्रेक कम्पनीमा उज्जवलको यस्तो सकारात्मक टिप्पणी पुगेपछि अर्कोपटकको ट्रेकमा उनलाई कम्पनीले सिधै असिस्टेन्ट गाइड बनाएर पठायो । यसरी नेपालको पर्यटन क्षेत्रमा प्रवेश गरेका उज्जवलको गाइड करियरले अब ब्रेकथ्रु लिन सुरु गर्यो । 

दुई वर्ष काम सिकेको कम्पनीमा काम गरिसकेपछि बाँकी दुई वर्ष उनले ‘फ्रिल्यान्स’ टुर गाइडको रूपमा काम गरे । २०१४ मा आफ्नै साथीहरूसँग नयाँ ट्रेक कम्पनी खोलर आफ्नै व्यवसाय पनि सुरु गरे । तर, आफ्नो भिजन र टिमको अपरिपक्वताका कारण व्यवसायले प्रगति नगर्ने देखेपछि २०१६ मा व्यवसाय टिमलाई नै सुम्पेर २०१८ सम्म उनले पुनः ‘फ्रिल्यान्सिङ’ काम गर्न थाले । यसैबीच २०१८ मा उनलाई अन्टार्कटिकामा टुर गाइड गर्न प्रस्ताव आयो । 

‘२०१२ मा म ‘फ्रिल्यान्सिङ’ गरिरहँदा दुईजना विदेशी महिला पर्यटकलाई अन्नपूर्ण आधारशिविरमा भेटेर सहयोग गरी इमेल साटासाट गरेको रहेछु,’ उज्जवलले भने,  ‘२०१४ मा नेपाल आउन उनीहरूले मलाई इमेल गरी गाइड गर्न अनुरोध गरेका रहेछन् । मैले सहमतिअनुसार उनीहरूलाई लाङटाङ लगे । फर्किएर आउने अन्तिम दिन उनीहरूले मलाई घुम्न मन परेको ठाउँहरूका बारेमा सोध्न थाले ।’

‘मैले मन परेका र थाहा पाएसम्मका विश्वका सबै हिमालहरू बताए । उनीहरूले अन्तिममा मलाई अन्टार्कटिका जान मन छैन भनेर सोधे ।’
उनले त्यो बेलासम्म अन्टार्कटिका जान्छु भनेर कहिल्यै पनि सोचेका थिएनन् । कहाँबाट कसरी गइन्छ भनेरसम्म उनलाई थाहा थिएन । तर, १०, २० लाख बजेट लाग्छ भन्ने कुरा उनले कतै सुनेका थिए । त्यै कुरा उनले ती पर्यटकहरूलाई सुनाए । तब उनीहरूले उज्जवललाई ‘समटाइम्स मिरेकल ह्यापेन्स’ भनेका थिएँ, 

अन्टार्कटिकामाथि उनीहरूले किन यति धेरै फोकस गरे भनेर सोध्दा उज्जवलले थाहा पाए की ती दुबै महिला वास्तवमा टुर गाइड रहेछन् । साथै उनीहरू टुर गाइड खोज्न नेपाल आएका रहेछन् । ‘त्यो कम्पनीले कहिल्यै पनि गाइड भ्याकेन्सी खोल्दैन रहेछ, गाइड भेटेरै ह्याण्डपिक गर्दो रहेछ ।’

दुई वर्ष काम सिकेको कम्पनीमा काम गरिसकेपछि बाँकी दुई वर्ष उनले ‘फ्रिल्यान्स’ टुर गाइडको रूपमा काम गरे । २०१४ मा आफ्नै साथीहरूसँग नयाँ ट्रेक कम्पनी खोलर आफ्नै व्यवसाय पनि सुरु गरे । तर, आफ्नो भिजन र टिमको अपरिपक्वताका कारण व्यवसायले प्रगति नगर्ने देखेपछि २०१६ मा व्यवसाय टिमलाई नै सुम्पेर २०१८ सम्म उनले पुनः ‘फ्रिल्यान्सिङ’ काम गर्न थाले । यसैबीच २०१८ मा उनलाई अन्टार्कटिकामा टुर गाइड गर्न प्रस्ताव आयो । 

ती महिलाहरूले उज्जवललाई घुम्ने इच्छा भए एकपटक पूरा गरिदिन्छौं पनि भनेका थिए । २०१६ मा अन्टार्कटिकाबाट भ्रमणको निमन्त्रणा आएपछि उनी एक महिनाका लागि भ्रमण बिदा लिएर अन्टार्कटिका पुगे । त्यहाँबाट इन्टर्न पूरा गरी फर्किएपछि २०१९ मा उज्जवललाई टुर गाइडका लागि औपचारिक निमन्त्रणा आएको थियो ।

अन्टार्कटिकाको यात्रा

२०१९ देखि उज्जवलले नर्वेजियन कम्पनी हुर्तिग्रुतेनमा आबद्ध भएर अन्टार्कटिकाको टुर गाइड गरिरहेका छन् । उनी अन्टार्कटिकाको पहिलो र अहिलेसम्मका एक मात्र नेपाली गाइड हुन् । त्यहाँ पाँच महिना नोभेम्बरको सुरुदेखि मार्चको अन्त्यसम्म घुमघामको सिजन चल्छ । सिजनमा काम गरेर उनी बाँकी समय नेपाल बस्ने तथा विश्वका अन्य ठाउँ घुमघाम गर्ने गर्छन् ।   

अन्टार्कटिकाको यात्रा दक्षिण अमेरिकादेखि सुरु हुन्छ । दक्षिण अमेरिकादेखि ठूला–ठूला विलासी जहाजमा टुर कम्पनीहरू पर्यटक बोकेर ५५ घण्टाको यात्रापछि अन्टार्कटिकाको मुख्यभूमि पुग्छन् । अन्टार्कटिकाको यात्रा १० दिनदेखि माथिको हुन्छ ।

‘अन्टार्कटिका भन्ने बित्तिकै हामी सिङ्गो महादेश घुम्दैनौं,’ उज्जवल भन्छन्, ‘सिङ्गो घुम्न त लामो एक्सपिडिसन चाहिन्छ । हामी भनेको अधिकतम ६६ डिग्री साउथसम्म पुग्छौं । अन्टार्कटिको मुख्य आकर्षण त्यहाँको वन्यजीवन हो जुन अधिकांश त्यहीँ क्षेत्रमा पाइन्छन् ।’ 

उज्जवलका अनुसार अन्टार्कटिका सिङ्गो महादेश घुम्नेहरू अनुसन्धान प्रयोजन वा एड्भेन्चरका लागि जान्छन् । अन्य पर्यटकहरू भने अन्टार्कटिकाको टुप्पो क्षेत्रफलमा मात्र भ्रमण गर्छन् । अन्टार्कटिकामा मानव बस्ती छैन भन्ने कुरा त हामीले सुन्दै आइरहेका छौं । त्यहाँ विश्वको अन्य ठाउँको तुलनामा छुट्टै अनुभव हुने उनी सुनाउँछन् । 

‘हाम्रो भ्रमण गर्ने गन्तव्यहरू सीमित त पूर्वनिर्धारित हुन्छन् । अन्टार्कटिकाको मौसम पूर्वानुमान गर्न सकिँदैन । यसैले निश्चित ठाउँबाट धेरै टाढा जानुहुँदैन, कतै फसियो भने कति दिनसम्म थुनिने हो टुङ्गो हुँदैन, त्यहाँ उद्धार गर्न पनि मिल्दैन । सेल्फ सस्टेन गर्नसक्ने हुनुपर्छ सानोभन्दा सानो जोखिम पनि मोल्नुहुँदैन ।’

अन्टार्कटिकामा जलमार्ग हुँदै जाँदा हिमचट्टानबीचका खोँचहरूबाट यात्रा गर्नुपर्छ । कहिलेकाहीँ कुनै ठूलो हिमचट्टानको टुक्रा आएर बाटो अवरोध गरिदियो भने त्यस्तो स्थितिमा अनिश्चितकालीन समयका लागि फस्नुपर्ने पनि उनी सुनाउँछन् । ‘अन्टार्कटिकामा एउटा जेम्स रोज टापु छ, अन्टार्कटिकामा पाइने सात प्रजातीका पेनगुइनमध्ये एउटा प्रजाती त्यहाँ पाइन्छ,’ उज्जवले भने, ‘हामी त्यहाँ जान सधैं प्रयास गर्छौं ।’

६६ डिग्री साउथदेखि उता दिन रात छुटिदैन आफू त्यस क्षेत्रमा दुईपटकसम्म पुगेको अनुभव उनले सुनाए । अन्टार्कटिकाको पाँच महिनाको भ्रमण सिजनमा ६ साताको कामपछि बीचमा डेढ महिनाको बिदा पाइन्छ । त्यस बेला उनी विभिन्न ठाउँको भ्रमण गर्छन् । 

अन्टार्कटिकामा जलमार्ग हुँदै जाँदा हिमचट्टानबीचका खोँचहरूबाट यात्रा गर्नुपर्छ । कहिलेकाहीँ कुनै ठूलो हिमचट्टानको टुक्रा आएर बाटो अवरोध गरिदियो भने त्यस्तो स्थितिमा अनिश्चितकालीन समयका लागि फस्नुपर्ने पनि उनी सुनाउँछन् । ‘अन्टार्कटिकामा एउटा जेम्स रोज टापु छ, अन्टार्कटिकामा पाइने सात प्रजातीका पेनगुइनमध्ये एउटा प्रजाती त्यहाँ पाइन्छ,’ उज्जवले भने, ‘हामी त्यहाँ जान सधैं प्रयास गर्छौं ।’

नेपालमा हिमाल पहाडको पदयात्रामा गाइडको अनुभव बटुलिसकेका उज्जवल अन्टार्कटिकामा गाइडको काम एकदमै आरामदायी र विलासी हुने सुनाउँछन् । दक्षिण अमेरिकाबाट अन्टार्कटिकामा करिब ५ सय जति संख्यामा पर्यटक लिएर क्रुज जहाजमा उनीहरू अन्टार्कटिकाको मुख्य भूमि पुग्छन् । क्रुज जहाज एकदमै विलासी हुन्छन् जसमा खान बस्न सबै सुविधा हुन्छन् । ५५ घण्टा लामो यात्रा तय गरेर अन्टार्कटिकाका पुगेपछि पर्यटकहरू विभिन्न टुर स्पोटहरूमा भ्रमण गर्छन् । 

‘कुन–कुन स्टेसनमा जाने भनेर अगाडि नै आईटीनरीमा पर्यटकहरूलाई भनिएको हुन्छ । त्यहाँ पुगेर दिनभरि भ्रमण गरेपछि साँझ हामी जहाजमा फर्कन्छौं, जहाजमै सुतिन्छ । जहाज रातभर हिँड्छ र बिहान फेरि अर्को ठाउँमा पुग्छ त्यहाँबाट एक डेढ घण्टा जमिनमा हिँडेपछि हामी टुर स्पोटमा पुगेर डुल्छौं अनि फेरि फर्कन्छौं ।’

अन्टार्कटिकामा भ्रमण गर्नलाई नियम कडा बनाइएको छ । वातावरण संरक्षण गर्न र त्यहाँको वन्यजीवनलाई डिस्टर्व नहोस् भनेर एकैपटक पाँच सय पर्यटकलाई जमिनमा उतारिँदैन । एकपटकमा एक सय जनालाई मात्र ओरालेर घुमाइन्छ । एक डेढ घण्टा घुमाइसकेपछि त्यो टोलीलाई पठाएर अर्को टोलीलाई ओरालिन्छ । पाँचवटा टोलीलाई डेढ–डेढ घण्टा घुमाउँदा दिनभर एकै ठाउँमा बित्छ उज्जवल र उनी जस्ता टुर गाइडहरूको । 

‘घुम्न आउने धेरै बूढाबूढी भएकाले धेरै हिँड्न पर्दैन । एकदमै धेरै आनन्द हुन्छ । नेपालमा हिमाल पहाड उकालो ओरालो गरेर दुःख गरी ट्रेक गरेर यहाँ एकदमै आनन्द छ ।’पर्यटकहरूलाई त्यहाँ पाइने पेनगुइन, उनीहरूको कोलोनी, सिल्स जस्ता वन्यजीवन देखाउने, उनीहरूको बासस्थान तथा विभिन्न जैविक कर्मका बारेमा जानकारी दिने काम आफूहरूले गर्ने उज्जवल बताउँछन् । 

टुर गाइड भइसकेपछि त्यहाँको पर्यावरण जोगाउन आफू विशेष चनाखो हुनुपर्छ । कुनै बिरुवा देखे पनि त्यसबारे सुरुमै अध्ययन गर्नुपर्छ । 
‘अन्टार्कटिकामा बिरुवा पाउँदैन, कुनै लेउ जस्तो हरियो देखे पनि हामी कोनले छोपेर संरक्षण गर्छौं ।

हिँड्दा तल केही छ कि विचार गर्नुपर्छ । पर्यटकहरूलाई कता टेक्ने नटेक्ने सबै बुझाउनुपर्छ ताकी त्यो ठाउँलाई कुनै असर नपुगोस् ।’त्यहाँ जान अघि राम्रो पूर्वतयारी हुनुपर्छ । जहाजमा नफर्कने हो र अन्टार्कटिकाकै जमिनमा सुत्ने हो भने कम्पनीलाई अतिरिक्त पैसा तिर्नुपर्छ । 

‘सय जनालाई झार्दा एकैपटक मौसम पनि बिग्रिन सक्छ, केही टुङ्गोे नै हुँदैन । यदि मौसम बिग्रियो र जहाज आउन सकेन र उद्धार पनि गर्न मिलेन भने तीन चार दिनसम्म पुग्ने सर्भाइभल किट हामीसँग हुन्छ । एकदमै सानो ह्याभ्भी डाइटवाला खाना हुन्छन्, मेडिकल किट, थर्मल गियर हुन्छन् । सर्भाइभलको गियर छुट्टै हुन्छन् । दिउँसोको समय र घाम कम हुने समयको तापक्रम एकदमै फरक हुन्छ दुवैलाई मिल्ने सामान बोकेको हुनुपर्छ ।’

त्यहाँ अप्रत्याशित परिर्वतनशिल मौसमको जोखिम बाहेक ठूला जोखिम र अप्ठ्यारा खासै नहुने उनी बताउँछन् । तर, गाइड भएको हुनाले सबैको सुरक्षाको जिम्मेवारी चाहिँ आफूमै हुन्छ । यस्तै बेला असल टुर गाइडको क्षमता र स्वभावको परिक्षा हुन्छ ।पर्यटनको क्षेत्रमा लाग्नेहरूका लागि मिजासिलो स्वभाव, विषयवस्तु र ठाउँको राम्रो ज्ञान, जोखिम र अप्ठ्याराहरूमा सेल्फ सस्टेन गर्न सकने खुबी एकदमै महत्वपूर्ण हुन्छ । 

दक्षिण अमेरिकाबाट अन्टार्कटिका पुगेर १० दिन घुमेर फर्कन मात्र पनि कम्तीमा ७ लाखसम्म लाग्ने उनी बताउँछन् । त्यो पनि एकदमै सस्तो अफर आएको अवस्थामा ।अहिलेसम्म नेपालीहरू तीन जना र केही शेर्पाहरू अन्टार्कटिका पुगेका छन् । उज्जवल नेपालबाट अन्टार्कटिका टुर गाइड गर्ने पहिलो र एक्लो नेपाली हुन् । 

दक्षिण अमेरिकाबाट अन्टार्कटिका पुगेर १० दिन घुमेर फर्कन मात्र पनि कम्तीमा ७ लाखसम्म लाग्ने उनी बताउँछन् । त्यो पनि एकदमै सस्तो अफर आएको अवस्थामा ।अहिलेसम्म नेपालीहरू तीन जना र केही शेर्पाहरू अन्टार्कटिका पुगेका छन् । उज्जवल नेपालबाट अन्टार्कटिका टुर गाइड गर्ने पहिलो र एक्लो नेपाली हुन् । 

अन्टार्कटिका भ्रमणका लागि जान चाहने नेपालीहरूले त्यहाँ पुग्नु निकै मोटो रकम र भिसाको झन्झट मोल्नुपर्छ । ३४ वर्षीय उज्जवले डुलेरै खाने सपना पूरा भएको छ । अन्टार्कटिकामा टुर गाइडको कामले उनलाई गतिलै दाम पनि दिएको छ । पाँच महिनाको सिजनमा २१ हप्ता हुन्छन् ।

पहिलो ६ हप्तामा दैनिक दुई सय डलर र पछिका नौ महिना दैनिक २५० डलर आफूले कमाउने गरेको उनी बताउँछन् । हाल उज्जवल कुनै पनि कम्पनीमा काम नगरी कन्ट्रयाक्टको आधारमा पर्यटकलाई अन्टार्कटिका घुमाउँछन् । 

‘मासिक तलबमै काम गर्ने गाइडहरूले त एक सिजनमा ४०/४५ लाख कमाउँछन् । म भने अहिले फ्रिल्यान्सिङ गरिरहेको छु ।’ काम सुरु गरेको एक वर्षमै विश्व महामारी कारण उनको काम रोकियो । अब पुनः पर्यटन सुचारु भएको कारण चाँडै नै अन्टार्कटिका फर्कने तरखरमा उनी छन् । 

अष्ट्रेलियाली महिलासँग विवाह बन्धनमा बाँधिएका उज्जवल अबका दिनमा आधा सिजन अन्टार्कटिकाको टुर गाइड र आधा समय अष्ट्रेलियामा बसेर आफ्नो कम्पनी ‘लस्ट इन हिमालयज’ को माध्यमबाट नेपाली पर्यटनलाई प्रवद्र्धन गर्ने योजनामा छन् । 

भ्रमणप्रतिको गहिरो लगावले नै उनलाई सुदुर भूमि अन्टार्कटिका पुर्यायो । त्यहाँ पुगेर उनले बोलिभिया, चिली, टर्की, अर्जेन्टिना, उरुग्वे, फोकल्याण्ड टापु, म्यानमार, थाइल्याण्ड जस्ता मुलुक भ्रमण गरिसके । आफूलाई कुनै पनि ठाउँको प्रकृतिक छटा र भौगोलिक परिदृश्यले चाँडै तान्ने उनी बताउँछन् । 

‘नेपालमा मलाई माथिल्लो मुस्ताङ जान मन पर्छ, त्यहाँको संस्कृति, इतिहास, भौगोलिक परिदृशय सबै नेपालको बाँकी ठाउँभन्दा फरक छ । यसबाहेक कन्चनजंघा, मकालु, अपी हिमालका आधार शिविर जान मन छ । रारादेखि डोल्पाको एउटा २८ दिनको सर्किटमा एकलै यात्रा गर्न मन छ ।’ यी बाहेक विदेशमा उनलाई क्यानडाको अलर्ड र नर्वेको स्भाल्बार्ड टापुको भ्रमण गर्ने ठूलो इच्छा छ ।  स–साना हाइकका लागि काठमाडौं वरपर नै पनि कति धेरै ठाउँहरू छन् उनी भन्छन् ।

नेपालमा घुम्नलाई यति धेरै ठाउँ भए पनि घुम्नुपर्छ भन्ने संस्कार भर्खर विकास भइरहेको उनी बताउँछन् । ‘केही समय अघिसम्म हाम्रा लागि घुम्नु भनेकै हुल बाँधेर पोखरामा गएर होटलमा बसी रक्सी र गाँजा खाई, होहल्ला गर्नु थियो । तर, यो संस्कारमा केही परिवर्तन आएको छ ।’

यद्यपि घुम्ने संस्कारसँगै मानिसहरूले आफ्नो फोहोर आफैं व्यवस्थापन गरी पर्यटकीय स्थललाई सफा र सुरक्षित राख्ने संस्कार पनि विकास गर्नुपर्ने उनी बताउँछन् । 

‘अन्टार्कटिकामा त्यति ठूलो लार्सन हिमचट्टान ग्लोबल वार्मिङकै कारणले टुक्रिरहेको छ । हाम्रो पर्यटकीय स्थल पनि फोहोर हुँदै गइरहेको छ । पर्यटन बढेपछि स्थलहरूको पर्यावरणमा असर पर्छ तर असर न्यूनीकरणका लागि हामीले आफ्नो फोहोर आफंै व्यवस्थापन गर्ने संस्कार बसाल्नुपर्छ ।’                                                                                                                   

बिहीबार २१ साउन २०७८ ०८:२८ AM मा प्रकाशित

प्रतिक्रिया