काठमाडौं । मेलम्ची खानेपानीको दोस्रो खण्डको काम ३ वर्षभित्र पूरा गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेख गरेका छन् । बजेटमा ३ वर्षभित्र सक्ने गरी कार्यक्रम आयो, तर, दोस्रो आयोजनालाई लगानी व्यवस्थापन कहाँबाट गर्ने हो अझै टुंगो लागेको छैन ।
सरकारले वित्तीय व्यवस्थापन बिनै ३ वर्षमा आयोजना सक्ने महत्वकांक्षी लक्ष्य लिएको छ । मेलम्चीकै दोस्रो खण्डको याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन आवश्यक पूर्वाधारको निर्माण गर्न थप २५ अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।
काम सुरु भएको कम्तीमा ५ वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी सुन्दरीजलमा फर्काउने आयोजनाको लक्ष्य छ । तर, सरकारले हचुवाको भरमा मेलम्चीको दोस्रो खण्ड ३ वर्षमा सक्ने भनेको छ ।
मेलम्चीको पहिलो आयोजना सम्पन्न गर्न झण्डै दुई दशक लागेको छ । त्यसैले पनि दोस्रो आयोजना समयमा सम्पन्न हुन्छ भनेर आश्वस्त हुन सकिने ठाउँ छैन । आगामी आर्थिक वर्षदेखि सुरु भई आगामी ३ वर्षमा सम्पन्न हुने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन ।
मेलम्चीको पहिलो खण्डमा ऋण लगानी गरेको एसियाली विकास बैंक (एडीबी) ले दोस्रो खण्डका लागि पनि कर्जा दिने बताएको छ । उसले लगानी गर्ने बताए पनि हालसम्म सम्झौता हुन सकेको छैन ।
आगामी आर्थिक वर्षका लागि मेलम्चीको दोस्रो खण्डको काम सुरु गर्न सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये ५१ करोड मेलम्चीको पहिलो खण्डको बाँकी कामको भुक्तानी र ३ अर्ब रुपैयाँ मेलम्चीको दोस्रो खण्डका लागि भनिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी राजधानीमा वितरण भइसकेको छ ।
आगामी आर्थिक वर्षका लागि मेलम्चीको दोस्रो खण्डको काम सुरु गर्न सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये ५१ करोड मेलम्चीको पहिलो खण्डको बाँकी कामको भुक्तानी र ३ अर्ब रुपैयाँ मेलम्चीको दोस्रो खण्डका लागि भनिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी राजधानीमा वितरण भइसकेको छ ।
यस्तै याङ्ग्री र लार्के खोलाबाट दैनिक थप ३४ करोड लिटर पानी ल्याउने तयारी सरकारको छ । यो समेत गरी मेलम्चीको संरचनाबाट दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा आपूर्ति हुनेछ ।
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी ल्याउन आउँदो साउनसम्म ठेक्का हुने तयारी मेलम्ची खानेपानी विकास समितिको छ ।
स्रोत व्यवस्थापन नभएको र याङ्ग्री र लार्केसम्म पुग्न पहुँचमार्ग पनि नबनेकाले बजेटमा उल्लेख भएको अनुसार ३ वर्षमा मेलम्चीको पानी आउन कठिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
उनकाअनुसार याङ्ग्रीसम्म पुग्न २५ किलोमिटर पहुँचमार्ग आवश्यक पर्छ । एडीबीको शर्तहरू धेरै भएकाले नेपाल सरकार आफैंले आयोजनामा लगानी गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ । पहिलो खण्डमा ढिलाइ हुनमा एडीबीको शर्त पनि मुख्य कारण रहेको बताइएको छ ।
मेलम्चीको पुलबजारदेखि निर्माण स्थलसम्म २५ किमी सडक निर्माण अघि बढाइएको छ । मेलम्ची पुल बजारदेखि पारिबाट १५ किमी डिभिजन सडक कार्यालय दोलखाबाट निर्माण अघि बढाइएको छ । त्यसका लागि आवश्यक बजेट समितिबाट उपलब्ध गराइएको छ । त्यस्तै, १० किमी सडक निर्माणको ठेक्का समिति आफैंले दुवैतर्फ निर्माण व्यवसायी परिचालन गरिसकिएको छ ।
तर, कोरोना महामारीले सडकको काम अवरुद्ध भएको उनले जानकारी दिए । समितिले आउँदो आर्थिक वर्षको सुरुमै याङ्ग्री र लार्केको पानी फर्काउने गरी ठेक्का अघि बढाउन खोजेको थियो । हेडबक्स र सुरुङमार्ग निर्माणको ठेक्का निकाल्ने योजना छ ।
मेलम्ची खोलादेखि याङ्ग्रीको हेडबक्ससम्म २५ किलोमिटर पहुँचमार्ग निर्माण भइरहेको छ । मेलम्ची बजारदेखि याङ्ग्रीसम्म पुग्ने १५ किलोमिटर सडक विभागले बनाउँदैछ । बाँकी आयोजना पक्षले बनाउनुपर्ने १० किलोमिटर सडक निर्माणको ठेक्का लागिसकेको छ ।आयोजना निर्माणका लागि लगानी मोडालिटीका विषयमा छलफल भइरहेको छ ।
मेलम्चीको पुलबजारदेखि निर्माण स्थलसम्म २५ किमी सडक निर्माण अघि बढाइएको छ । मेलम्ची पुल बजारदेखि पारिबाट १५ किमी डिभिजन सडक कार्यालय दोलखाबाट निर्माण अघि बढाइएको छ । त्यसका लागि आवश्यक बजेट समितिबाट उपलब्ध गराइएको छ । त्यस्तै, १० किमी सडक निर्माणको ठेक्का समिति आफैंले दुवैतर्फ निर्माण व्यवसायी परिचालन गरिसकिएको छ ।
मेलम्चीदेखि याङ्ग्रीसम्म ९ किलोमिटर र याङ्ग्रीदेखि लार्केसम्म २ किलोमिटर गरी कुल ११ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुनेछ । दुईवटै खोलाबाट १७/१७ करोड लिटर पानी मेलम्ची खोलामा फर्काउनेछ । लार्केबाट याङ्ग्रीसम्म आउने २ किलोमिटर लामो सुरुङ बन्नेछ ।
दुईवटै खोलाको पानी अहिले निर्माण भएकै सुरुङमार्ग र पाइपलाइनमार्फत काठमाडौंको सुन्दरीजल प्रशोधन केन्द्रमा झारिनेछ । सुन्दरीजल प्रशोधन केन्द्रलाई क्षमता विस्तार गरी निर्माण गर्ने आयोजनाको तयारी छ ।
स्पेनिस ‘इप्टिसा कन्सल्ट्यान्ट’ ले मेलम्चीको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्केको पानी फर्काउन आयोजनाको विस्तृत परियोजना
प्रतिवेदन(डीपीआर) निर्माण गरिसकेको छ । उक्त कम्पनी डिजटल डिजाइनसहितको प्रतिवेदन यसअघि नै मेलम्ची खानेपानी आयोजना विकास समितिलाई बुझाइसकेको छ । उक्त कम्पनीले बनाएको डीपीआर ‘रिम्भ्यू’ गरी परियोजना अघि बढाइने तयारी रहेको छ ।
खासगरी, परियोजनाको हेडबक्स, टनेल र पानी प्रशोधन केन्द्रका लागि छुट्टाछुट्टै तीनवटा ठेक्का लगाइनेछ । मेलम्चीको दुई चरणको परियोजना पूरा भएमा मेलम्चीबाट अहिले ल्याइएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ ।
मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालु आवमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ । याङ्ग्रीबाट लार्केखोलासम्म पाइपबाट भन्दा पनि सुरुङबाट पानी ल्याउने योजना अघि सारेको छ ।
आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौंमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, हेडवर्क र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो ।