एजेन्सी । विश्वमा ऊर्जामा हुने लगानी बढ्दै गएको छ । जलविद्युत, सौर्य र खनिजलगायतका इन्धनबाट ऊर्जा उत्पादन गर्न यो वर्ष १० प्रतिशतले लगानी बढेको हो । ऊर्जामा लगानी बढेर १९ खर्ब अमेरिकी डलर (१.९ ट्रिलियन) पुगेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईए) ले जनाएको छ ।
आईएले सन् २०२१ को ऊर्जामा हुने लगानी प्रतिवेदन सार्वजनिक गर्दै यो जानकारी दिएको हो । विश्वमा ऊर्जाको माग विस्तारै बढ्दै गएको उसले प्रतिवेदनमा उल्लेख गरेको छ । ऊर्जाको माग यो वर्ष ४.६ प्रतिशतले बढ्ने प्रक्षेपण आईएले गरेको छ । सन् २०२० मा कोरोना महामारीले गर्दा माग ४ प्रतिशतले खुम्चिएको ऊर्जाको मागमा विस्तारै सुधार आएको आईएले जानकारी दिएको छ ।
ऊर्जा क्षेत्रमा लगानी यो वर्ष ५ प्रतिशतले बढ्ने अनुमान छ । यसमा नवीकरणीय ऊर्जाको ठूलो हिस्सा रहेको आईएले प्रतिवेदनमा उल्लेख गरेको छ । यसमा ५ खर्ब ३० अर्ब डलर लगानी हुने भएको छ । योसमेत गरी अन्य ऊर्जाका क्षेत्रमा हुने लगानी ८ खर्ब २० अर्ब डलर पुग्नेछ ।
बाँकी रकम ऊर्जाको भण्डारण र ग्रीड संरचना निर्माणमा लगानी हुने भएको छ । यो वर्ष तेल तथा ग्यास अन्वेषण र उत्पादनमा लगानी १० प्रतिशतले बढ्ने भएको छ । पेट्रोलियम र ग्यासको माग अधिक बढेकाले यसले मूल्यमा चाप परेको बताइएको छ । यस्तै ७ खर्ब ५० अर्ब डलर स्वच्छ ऊर्जा र प्रविधिमा लगानी हुने अनुमान गरिएको छ ।
जलवायु परिवर्तनको अवस्थामा यो रकम कम भएको आईएले जनाएको छ । जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढेको छ । बढेको २ डिग्री सेल्सीयसबाट १.५ डिग्री सेल्सीयसमा झार्न स्वच्छ ऊर्जामा लगानी दोब्बर बढाउनु पर्ने सुझाव आईएले दिएको छ ।
विकशित मुलुकहरु महामारीबाट रिभाइभ हुँदै छन । यस्तै विकासशील मुलुकहरु पनि विकशित पछि रहेका छन । चीनलगायत उदयीमान अर्थतन्त्रको ऊर्जामा लगानी एक तिहाइ रहेको छ । यस्तै स्वच्छ ऊर्जामा पाँचौ रहेको आईएले अनुमान गरिएको छ । बाँकी विकशित मुलुकले गर्ने भएका छन ।