बिहीबार, मंसिर १६ २०७८ ०९:०३ PM

×

रोजगार कार्यालय ताहाचलका नायव सुब्बा र बिचौलिया घुस रकम सहित पक्राउ

images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा दुर्गाप्रसाल पोखरेल र बिचौलियालाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । उनिहरुलाई २१ हजार रुपैया सहित नियन्त्रणमा लिइएको जनाएको छ ।

नायव सुब्बा पोखरेलले बैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने  काफ्लेमार्फत घुसरिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा नियन्त्रणमा लिएको उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट गएको टोलीले नायब सुब्बा पोखरेल र बिचौलिया काफ्लेलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ लिइसकेको अवस्थामा  उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका वडा नं १३, सोल्टिमोड स्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
 

बुधबार १७ कात्तिक २०७८ ०९:५२ PM मा प्रकाशित

प्रतिक्रिया