काठमाडौं । कोका–कोला फाउन्डेसनले अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ । कोका–कोला फाउन्डेसनले नेपाल रेड क्रस सोसाइटीलाई भ्याक्सिनेसन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता तथा मुख्य भागमा रहेर काम गर्ने व्यक्ति र स्वयमसेवक जनशक्तिलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)का लागि प्रदान गरेको हो ।
सो युनिटहरू नेपालका धेरै अस्पतालमा स्थापित भइसकेकाले अरू नियामक समस्या नहुने बताइएको छ । साथै सडक र हवाईद्वारा परिवहन योग्य तथा चाँडै स्थापना गर्न मिल्नेछ । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डरसम्म केटर गर्न सक्ने हुँदा जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ ।
त्यस्तै फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनीनो भएयरले क्रियसन र यसका कन्सोर्टियम पार्टनरहरूको साथमा १० वटा युनिटको माग गरिसकेको छ ।
कोका–कोला फाउन्डेसनका अक्ष्यक्षबीए पेरेजले नेपालमा कोभिड–१९ का बिरामीहरूको लागि थप अक्सिजनको उपलब्ध गराउने क्रियसनको प्रयासमा आफ्ना स्रोतको प्रयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
अक्सिजन उत्पादन गर्ने युनिटले २० हजारभन्दा बढी मानिसलाई लाइफ सेभिङ अक्सिजनको सप्लाईले धेरै फाइदा हुन्छ भने, १८ हजारभन्दा बढी अस्पतालका बेडले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाउनेछन् ।
साथै ५ हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरूलाई दिने कोका–कोलाले जनाएको छ । कोका–कोलाका अनुसार, स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा उक्त प्लान्ट स्थापना हुनेछ ।
क्रियसनका अध्यक्ष आनन्द मिश्राले गैरसरकारी रूपमा अन्य संस्थासँगको सहकार्यमा क्रियसनले सुरु गरेको ‘अक्सिजन फर नेपाल’ नेपालमा कोभिड–१९ विरुद्ध सबैभन्दा ठूलो मानवीय प्रयास रहेको बताए । साथै कोभिड महामारीका लागि आर्थिक संकलन गरेर र आवश्यक चिकित्सा वस्तुहरूको माध्यमबाट निरन्तर जवाफ दिइरहेको उनले बताए ।