सोमबार, माघ ३ २०७८ ०९:५८ AM

×

२४ घण्टामा थपिए ३१५ कोरोना संक्रमित, ६ जनाको मृत्यु

images

काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ४ सय ३ वटा नमुनाको परीक्षण गर्दा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको छ ।

आज २ सय १ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १६ मंसिर २०७८ ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया