सोमबार, माघ ३ २०७८ १०:३४ AM

×

हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक,अनअराइभल भिसा नदिने

images

काठमाडौं । विश्वका केही मुलुकमा ओमिक्रोन भेरियन्टको संक्रमण तीब्र रुपमा बढिरहेको बेला सरकारले हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णय अनुसार शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने भएको छ । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय भएको उनको भनाइ छ ।
 

बिहीबार १६ मंसिर २०७८ ०९:४६ PM मा प्रकाशित

प्रतिक्रिया