सोमबार, माघ ३ २०७८ ११:०४ AM

×

नाडा निर्वाचनका लागि थापाकाे उम्मेदवारी, आधिकारिक प्यानल घाेषणा

images

काठमाडौं ।  नाडा (अटो मोबाइल्स एसोसियस अफ नेपाल) को आगामी निर्वाचनका लागि अध्यक्षका प्रत्यासी ध्रुव थापाले आफ्नो प्यानल घोषणा गरेका छन् ।

यही मंसिर २२ र २३ गते हुने निर्वाचनलाई लक्षित गरी अटो मोबाइल्स सेक्टरका सबै क्षेत्रलाई समेटेर आफ्नो प्यानल घोषणा गरेका हुन ।

 यसअघि उनले १७ सदस्यका लागि यसअघि नै टिम गरेका थिए । तर, आधिकारिक रुपमा बिहीबार प्यानल घोषणा गरेका हुन् ।
 
थापाको प्यानलमा हुन्डाईका निराकर श्रेष्ठ, टीभीएसका दीपककुमार अग्रवाल, फोर्डका आकाश गोल्छा, बीवाईडीकी यमुना श्रेष्ठ, एसएमएल इसुजुका कपिल सिवाकोटी रहेका छन् । यस्तै हिट्को प्रालिका प्रदीपमान प्रधान, अमरज्योति रञ्जित, बीएन पाठक, दीपककुमार मिश्र, नारायणप्रसाद पौडेल, नवराज भुसाल, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन कंसाकर, सञ्जयकुमार खेतान र सुवाशीष थपलिया रहेका छन् ।

 

 

बिहीबार १६ मंसिर २०७८ ०४:३० PM मा प्रकाशित

प्रतिक्रिया