बुधबार, साउन १३ २०७८ ०८:५५ AM

×

दुई वर्षभित्र दूधमा आत्मनिर्भर बन्छौंः मन्त्री अर्याल

images

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छिन् ।

विश्व दूध दिवशको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले हाम्रो प्राणको सुरुवात दूधबाट भएको भन्दै उनले अबको दुई वर्षभित्र दूधमा आत्मनिर्भर बन्ने बताएकी हुन् ।

‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं ,मन्त्री अर्यालले भनिन् प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पूरा गछौं ।’ 

दूग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दूध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताइन् । 

कोभिड-१९ महामारीले दूग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन ।

मन्त्री अर्यालले सरकारले दूध नीति अगाडि बढाएको भन्दै अहिलेको अहसहज परिस्थितलाई विशेष अवस्थाको रुपमा बुझेर धैर्यता गर्न समेत किसानहरुलाई आग्रह गरिन् ।

दुग्ध विकास संस्थानले दैनिक १ लाख लिटर दूध संकलन गर्नुपर्ने अवस्था भए पनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दूध संकलन गरिरहेको बताउँदै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिएकी छिन् । 
 

मङ्गलबार १८ जेठ २०७८ ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया