सोमबार, माघ ३ २०७८ ०९:५० AM

×
images

यस्तो छ, चराको सहर घोडाघोडी ताल (फोटोफिचर)

कैलाली । सुदूरपश्चिममा रहेका विभिन्न प्राकृतिक धरोहरमध्ये एक हो–घोडाघोडी ताल । यसबाहेक नेपालमा पाइने चराचुरुंगी अवलोकनका लागि पनि राम्रो गन्तव्यका रूपमा यसलाई लिइन्छ । नेपालमा पाइने ८ सय ७६ प्रजातिका चरामध्ये यहाँ मात्रै ३ सय १९ थरीका चरा अवलोकन गर्न पाइन्छ । 

यस तालमा सिलसिले, हरिहाँस, नादुन हाँस, कुर्मा, मरुल, घुंगीफोर गरुड, जुनबकुल्ला, चलेवाजस्ता लोभिपापी गरुड, डंगर गिद्ध, राजधनेशलगायतका लापोन्मुख प्रजातिका चराहरू देख्न सकिन्छ । 

कुल १० हजार ६ सय ५० हेक्टर क्षेत्रमा फैलिएको घोडाघोडी तालवरपरको वनमा सलक, चित्तल, बँदेल, चितुवाजस्ता जनावरहरूसमेत देख्न पाइन्छ । यस्तै ताल क्षेत्रमा मगरगोही, कछुवा, अजिंगरलगायतका विभिन्न प्रकारका सरीसृप पाइन्छन् । 

प्रकृति संरक्षणको क्षेत्रमा उल्लेख्य प्रगति गर्दै गएको नेपालमा हालसम्म बर्ड स्यान्चुअरी छैन । त्यसैलाई पूरा गर्न घोडाघोडी ताल विकास बोर्डले यो क्षेत्रलाई बर्ड स्यान्चुअरी गर्दैछ । 

सो घोषणापश्चात् यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्ने अनुमान गरिएको छ । धनगढीबाट करिब १५ किलोमिटरको दूरीमा रहेको यो ताल सुखड बजारबाट नजिकै पर्छ ।  क्यापिटल बिजनेस म्यागजिनबाट


 

शनिबार १७ पुस २०७८ ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया