काठमाडौं ।कोरोना भाइरसको जोखिमका बीच नेपालको दूरसञ्चार क्षेत्रमा भ्वाइस बजार खुम्चिदै जाँदा डेटामा चर्को प्रतिस्पर्धा सुरु भएको छ । लकडाउन तथा निषेधाज्ञामा सबै मानिस घरभित्रै रहेको अवस्थामा दूरसञ्चार सेवाप्रदायक डेटा मार्केटलाई नयाँ ढङ्गबाट अगाडि बढाउने तयारी गरेका छन् ।
टेलिकम सेवाप्रदायकको भ्वाइस सेवाबाट हुने आम्दनीमा भारी गिरावट आइरहेको छ । तर, डेटा प्रयोग भने दोब्बरले वृद्धि भएको छ । सेवाप्रदायकको अन्तिर्राष्ट्रिय कलमार्फत हुने आम्दानी पनि ओभर दी टप सर्भिस ओटीटी सेवाप्रदायकले खोसिसकेको छन् ।
अबको बजार डेटामै फस्टाउँदै गएको अवस्थामा टेलिकम कम्पनीहरु डेटा बेस नयाँ मोडालिटीमा जाने तयारी गरेका हुन । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भुमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तत्र्रिmयामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा ध्यान दिनुपर्ने बताएका हुन् ।
एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकहरुमा सेवा लिने प्रवृत्ती परिवर्तन भएको बताए । डाटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना डेटा बेस कार्यक्रमलाई बढी ध्यान दिएको बताए ।
उनका अनुसार लकडाउनमा डेटा वेस कन्टेन्टमै ग्राहक बढी केन्द्रीत भएका कारण डेटा बजारमा नयाँ तयारी र योजनाका साथ आउने बताए । पछिल्लो प्रविधि फाइभ जीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने समेत संकेत दिए ।
त्यस्तै, नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल, र उच्च पहाडी भेगमा प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेन्टिभिटीमा सहजीकरण गरिनुपर्ने बताए । धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैँ सेवा विस्तार गर्छन् जहाँ अप्ठेरो छ त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ । उनले कोषको रकम ग्रामीण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरेकाले सो रकम निर्धारित काममै खर्च गर्नुपर्ने बताए ।
हाल यो कोषको रकम सरकारले चालू खातामा जम्मा गरेको छ । ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उनको अनुभव छ ।
कोभिड कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिकै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए ।
ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले शहरको तुलनामा गाउँमा केनेक्टिभी र कनेन्ट दबैको अवस्था दयनीय भएको बताए । शहरमा सेवा छनोटको अवसर छ, कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अबको फोकस ग्रामीण क्षेत्रमा गर्नुपर्ने अवस्था आएको उनले बताए । यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलीका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठुलो रुप लिने हुँदा सचेत हुन पनि आग्रह गरे ।
इन्टरनेट सेवा मर्कामा
यता इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशत सम्म बृद्धि भएको भन्दै उपभोक्ताको रुची र प्रयोग फेरिएको बताउँछन् । पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदयाकहरुलाई व्याण्डविथ व्यवस्थापनमा धाैँधाैँ परेको भन्दै यसमा केहि सोच्न पनि नियामक निकायसमक्ष उनले आग्रह गरे ।
यसमा प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा भनौं नेपालमा प्रवेश गरेर सिँधै सेवा दिने सम्बन्धमा अध्ययन गरिहरेको र छिट्टै केही ठोस निर्णय लिने बताए ।