काठमाडौं । नयाँ हुण्डाई औरा नेपालमा पनि सार्वजनिक भएको छ । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नयाँ हुण्डाई औरा(ब्गचब नेपालमा सार्वजनिक गरेको हो ।
नयाँ स्टाइलिस सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तिशाली र सुबिधायुक्त ट्रेन्डसेटरका साथ नेपालमा लन्च गरिएको हो ।
नयाँ हुण्डाई औराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका जीएम रूपेश शर्मा भट्ट भने, “सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् । र यहि समयमा बजारलाई एक स्टाइलिश, बिलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ ।
यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनिय प्रशंसा प्राप्त गर्नको लागि सक्षम भएको छ र हामी निश्चित छौं, यस नयाँ हुण्डाई औराले पनि यस ‘लेगसी’लाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रिमियम अनुभव प्रदान गर्नेछ ।”
नयाँ हुण्डाई औंरा एक आकर्षक सेडानको निम्ति विकसित गरिएको हो । जुन, हृदयबाट जवान रहेका ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाईन एक उत्कृष्ट नमुना बनेको छ जस्ले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’मा बनेको छ ।
यस गाडीको अग्रभागले दिनमा पनि विशिष्ठ दुइओटा बुमेरांगमा लाइट बलिरहेको हुन्छ । यसका साथै प्रिमियम सतिन फ्रन्ट ग्रीलकोको साथ प्रोजेक्टर फग ल्याम्प डिस्प्ले डिस्प्ले गरेको छ । साइड प्रोफाइलले यस्को चोउपेजस्तो स्टाईल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टइनेस दर्साएको छ ।
औराको विशिष्ट रियर डिजाईनमा वाइड स्टान्स रोबुस्ट, रोबुस्ट स्पोर्सी बम्पर डिजाईन र स्टाइलिस श् आकारको एलईडी टेयल ल्याम्प रहेको छ । यस्को ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्टको सबैभन्दा स्टाइलिस सेडान बनाएको छ ।
नयाँ हुँण्डाई औराको उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ । यस गाडीले विभिन्न कुशल र उन्नत पावरट्रेनर्सकोे छनौट प्रदान गर्दछ । यस्को प्रमाणित १.२ लिटर कप्पा डुवल भीटीभीटी पेट्रोलले ८३ पीएस पावर२ पावर ६००० आरपीएम र ११.६ केजीएम टोरक्यू २ टोरक्यू ४००० आरपीएम उत्पन्न गरी ईन्धनको दक्षता सुधार गर्दछ ।
हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएका छन जुन हुँण्डाई औराको आरामदायी सुबिधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाईल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रणमा बनेको छ ।
यस्का साथै, यो एकीकृत रुपमा बलियो शरीर संरचनामा निर्मित रहेको ६५ प्रतिशत एड्भान्स हाई स्टेन्स्थ स्टील(एएचएसएस प्लस एचएसएस) एप्लिकेसन भएको गाडी हो । जस्ले उच्च शक्तिसँग हल्का शरीरको वजन सुनिश्चित गर्दछ । यसको संरचना उन्नत रिंग स्ट्रक्चर एप्लिकेसेनका साथ सुसज्जित छ जसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ ।
तनावमुक्त ड्राइभिंग र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ लो एनभीएच र सुपरियर ह्यान्डलिङ प्रदान गर्दछ । साथै, यसमा फ्रन्ट डुवल एयरब्याग्स, एन्टी लक ब्रयाकिङ सिस्टम, विद्युत्तीय ब्रेकफोर्स डिस्ट्रीब्युसन, रियर पार्किङ सेन्सर र इमेर्जेन्सी स्टप सिग्नल जस्ता सुरक्षा सुविधाहरू पनि उपलब्ध छन् ।
हुण्डाई औरा ’क्’ भेरियन्टका १.२ कप्पा डुवल भीटीभीटी पेट्रोल इन्जिनको ११९७ सीसीमा मात्र उपलब्ध हुनेछ । यस गाडी चार विभिन्न कलर भेरियन्ट,फिएरी रेड,टाइटन ग्रे, त्य्फूं सिल्भर र पोलार ह्वाइट उपलब्ध छ जस्को सुरुवाती मुल्य ३३ लाख ९६ हजार रहेको छ ।
नेपाली ग्राहकको लागी हुण्डाइ सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ । हुण्डाइले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ ।