काठमाडौं । सरकारले लामो तथा छोटा दुरीका सार्वजनिक यातायात आउँदो असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १६ गतेबाट खुलाउने भनिएको सार्वजनिक यातायात कोरोना भाइरसर संक्रमण दरमा वृद्धिभएसँगै सरकार पूर्वनिणर्यबाट पछि हटेको थियो ।
यातायात क्षेत्र विगत ६ महिनादेखि कोमामा छ । लामो समयदेखि यातायात सञ्चालन नहुँदा व्यवसायीका साथै यस क्षेत्रमा काम गर्ने हजारौंको रोजगारी गुमेको छ ।
थलिएको यातायात क्षेत्रलाई कसरी माथि उठाउने भन्ने बिषयमा सरकारले न पहल गरेको छ न त राहात नै दिएको छ । लामो समय गाडी नचल्दा मर्मत खर्च कसरी जुटाउने भन्ने चिन्तामा व्यवसायी छन ।
सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुरु गरे पनि सार्वजनिक यातायातको सन्दर्भमा व्यवसायीलाई अलमल्याउने काम मात्रै भएको छ ।
सरकारले तोकेको मितिमा अब सार्वजनिक यातायात सञ्चालन हुन ८ दिन बाँकी छ । कोरोना महामारी बढ्दो अवस्थामा रहेकाले असोज १ गतेबाट सार्वजनिक यातायात खुल्नेमा शंका छ ।
ग्यारेजमै सढ्दै गएका गाडी कसरी चलाउने भन्ने चिन्तामा रहेका यातायात व्यवसायी भाका फेरी सर्यो भने सरकारलाई नै तालाचाबी बुझाउने तयारीमा छन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असोज १ गतेबाट सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि व्यवसायी उठ्न नसक्ने गरि थलिएको बताए । ‘ सरकारले भदौ १६ गतेदेखि सवारी सञ्चालनको निर्णय गरेपछि व्यवसायीहरुले गाडी मर्मत सम्भार गर्र्यौ, तर, सरकारले असोज १ गते पुर्यायो’ उनले भने ।
यातायात व्यवसायीको हकमा सरकार गम्भिर भएको उनको तर्क छ । गत केहि हप्ता अगाडी आन्तरिक हवाई उडान गर्दै आएका विमान कम्पनीहरुले पनि आन्दोलनमा जाने बताएका थिए ।
भारतमा शनिबारदेखि देशैभर मेट्रोरेल सञ्चालनमा आइसकेको छ । जबकी भारत जस्तो विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमिति रहेको देशमा सार्वजनिक यातायात ट्रेन बस सुरु भइसकेको छ ।
नेपालमा भने यस बिषयमा अन्यौलता कायमनै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २४ गतेबाट निषेधाज्ञा खुलाउने ग्रीन सिग्नल दिएपनि सार्वजनिक यातायातको हकमा कुनै योजना बनेका छैनन् ।
किन सारिदै छ पटक पटक भाका ?
चैत ११ गते लकडाउन भएलगतै यातायात तथा हवाई सेवा बन्द भयो । सरकारले पनि पटकपटक सञ्चालनको भाका सार्यो । केही हप्ता उपत्यका भित्र अर्थात जिल्ला भित्र चल्ने सार्वजनिक यातायात पनि सञ्चालन भए । सरकारले पुनः निषेधाज्ञा लागु गर्यो ।
सार्वजनिक यातायातलाई रोकेर कोरोना संक्रमण रोकिएको न त सरकारले अपेक्षा अनुसारको काम र परीक्षणको दायरालाई फराकिलो नै गर्न सकेको छ । पछिल्लो समय कोरोना संक्रमणदर ह्वातै बढेको छ । यातायात हुन वा आन्तरिक हवाई व्यवसायमा सरकार गम्भिर नभएको व्यवसायीको भनाई छ ।
सरकारले ल्याएको मौद्रिक नीतिमा कोरोनाबाट प्रभावित यातायात व्यवसायीको हकमा थुप्रै राहत प्याकेज सार्वजनिक भएका छन । बैंकले हालसम्म किस्ता तिर्ने समय थप गर्न असहमति जनाउँदे आएको महासचिव सिटौलाले बताउँछन ।
त्यस्तै यातायात तर्फ कयौं गाडीको नविकरण लगाएतका काम ठप्प छ । यातायात विभाग तथा देशका अघिकांश यातायात सेवा कार्यालय अनिश्चित कालको लागी बन्द छन् । यसले गर्दा व्यवसायी झन मार्कामा परिरहेका छन् ।
यदी असोज १ गतेबाट छोटा तथा लामोदूरीका सार्वजनिक यातायात सरकारले सञ्चालन गर्न दिएपनि व्यवसायी तयारी अवस्थामा छैनन् । ६ महिना थन्किएका गाडी मर्मत सम्भार खर्चनै नभएको गुनासो गदै अब के गर्ने भन्नेमा उनीहरु नै अलमलमा छन् ।
दशैं पनि नजिकिएको अवस्थामा भाडादरलाई अझ वृद्धि गर्नुपर्ने आम यातायात व्यवसायीहरुको माग छ । सरकारले दशैं लक्षित लामोदूरीका सार्वजनिक यातायात खुलाएमा भाडा दोब्बर, बैंक किस्ताको समय थप र यातायात लाइसेन्स लगाएतका विभिन्न नविकरणका परसार्ने बिषयलाई मुख्य प्राथामिकतमा राखेका छन् ।
पछिल्लो तीन हप्तादेखि काठमार्डौं उपत्यका लगाएत देशका विभिन्न जिल्लाहरुमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका छन ।
निषेधाज्ञा गरेपनि उपत्यकामा संक्रमण दरले दिनानु दिन नयाँ रेकर्ड कायम राख्दै आएको छ । सबै क्षेत्रहरु बन्द छन् । आर्थिक कारोबार शुन्यमै झरेको छ । दैनिक ज्याला मजदूरी गरेर खाने मानिसको अवस्था दयनिय बन्दै छ ।