काठमाडौं । इन्टरनेट सेवाप्रदायक आफैले दिएको गुणस्तरहीन डिभाइस सिस्टमकै कारण ७५ देखि ८० प्रतिशत इन्टरनेटको गुणस्तरमा समस्या आएको पाइएको छ । कम्पनी आफैले ग्राहकलाई दिने राउटरलगायतका प्राविधिक सामग्रीका कारण इन्टरनेटको गुणस्तर खस्किदासमेत उनीहरु त्यसलाई सुधार्न तत्पर देखिएका छैनन् ।
खासगरी नेपालका सबै इन्टरनेट सेवाप्रदायक कम्पनीले ग्राहकको घरघरमा गएर आफ्नै डिभाइस लगेर जडान गरिदिन्छ छन् । केही मानिसले मात्रै आफै राउटर खरिद गरेर इन्टरनेट प्रयोग गर्छन् । कम मूल्यको राउटर जडानले नै इन्टरनेटको गुणस्तरमा प्रश्न उठ्ने गरेको सेवाप्रदायकको भनाई छ ।
४० एमबीपीएस लिएको इन्टरनेट स्पीडमा ४ एमबीपीएस मात्रै इन्टरनेट आउनुका मुख्य कारण इन्टरनेट डिभाइस नै रहेको विज्ञहरुको भनाई छ । सुविसु केबल नेट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय साउद ‘सेवाप्रदायकले नै उपलब्ध गराएको राउटरमै समस्या देखिँदै आएको बताए ।
‘इन्टरनेट एक्सेस प्वाइन्ट अर्थात राउटर गुणस्तरीय नदिँदा पनि ग्राहकको इन्टरनेटमा समस्या आएको उनको भनाई छ । जबकी अधिकांश ग्राहकको इन्टरनेट जडान गर्दा कम्पनी आफैले सस्तोका नाममा गुणस्तरहीन राउटर उपलब्ध गराउने गरेका छन् ।
‘कस्टुमर एक्स्पेरीयन्सका लागि राउटर अहिले मुख्य समस्याको रुपमा स्थापित भएको छ’ उनले भने । केही समयअघि इन्टरनेट सेवाप्रदायकले गरेको एक अध्ययनले पनि राउटकै कारण इन्टरनेटमा समस्या आएको बताएका थियो ।
सस्तो डिभाई दिँदा समस्या
सेवाप्रदायकले दिएको डिभाइका कारण पनि नेपालको इन्टरनेट सेवामा समस्या आएको भायानेट कम्युनिकेशनका सीइओ विनय बोहोरा पनि स्वीकार्छन् । ‘इन्ट्रीलेभलका वाईफाई डिभाइसहरु सेवाप्रदायकले सस्तोमै दिने गरेका छन्’ उनले भने ‘त्यहाँ हाम्रो पनि कमजोरी होला, राम्रोसँग आटिकुलेट गर्न सकेनौं’ ।
कतिपय अवस्थामा माकेटिङ्ले पनि ग्राहकलाई नबुझाएको कमजोरी स्वीकार्दै उनले मुख्य समस्या वाइफाइनै भएको कारण यो समस्यालाई सबैले मिलेर समाधान गर्नुपर्ने उनको भनाई छ ।
‘मानिसलाई सस्तो दरमा गुणस्तरीय सेवा चाहिएको छ । हजार १२०० भन्दा माथि मानिसहरु इन्टरनेटमा लगानी गर्न ग्राहक सक्दिन भन्छ । आईएसपीहरुले पनि सस्तो प्याकेज दिएर इन्टरनेट सुरु गर्ने गरेका छन् । यस्तो बिषयलाई गहन रुपमा लिनुपर्छ’ उनले भने ।
पछिल्लो समय भिडियो कन्टेन्टले इन्टरनेट डेटा खपतको ग्राफलाई उकालोतर्फ धकेलिरहेको छ । सबै एप कम्पनीहरुले भिडियोलाई फोकस गरेर नै नयाँ नयाँ फिचर ल्याइरहेका छन् । टिकटक, फेसेबुक बिशेषगरी भिडियो कन्टेन्ट बढी हेरिन्छ । जुन सेवाप्रदायकले यस्तो बेला धान्न सकिरहेका छैनन् ।
सम्झौतामा कन्जुस्याई
ग्राहक भड्किएलान् भन्ने डरले इन्टरनेट सेवाप्रदायकले सम्झौतामा कन्जुस्याई गर्ने गरेका छन् । जसका कारण पछि गाएर ग्राहक र सेवाप्रदायकबीच वार चल्ने गरेको छ । ग्राहकलाई इन्टरनेट सेवामा अवेयर गर्न नेपालका इन्टरनेट सेवा पछि नै छन् । ग्राहकलाई इन्टरनेट सेवाको उपभोग र प्रयोगबारे जानकारी नदिई ग्राहक बढाउने होडका कारण पनि नेपालको इन्टरनेट सेवा खस्किँदै गएको छ ।
विज्ञ भन्छन‘ वाईफाई डिभाइसलाई दोष दिएर पन्छिएर हुँदैन्’
नियामक निकाय दूरसञ्चार प्राधिकरणले पनि ग्राहक र सेवाप्रदायकबीचको सम्झौतालाई नियममा कस्न नसक्दा यस्तो समस्या आइरहेको छ । अहिलेसम्म सम्झौताको बिषयमा कुनै निर्णय गर्न सकेको छैन् । प्राधिकरणका एक अघिकारीका अनुसार ग्राहाकले भने जनि इन्टरनेट स्पिड सेवाप्रदायकले नदिएको भन्दै चर्को विरोध आएकाले इन्टरनेट सम्झौतालाई कसेर लैजाने तयारी गरेको बताए ।
दूरसञ्चार विज्ञ आनन्द खनाल भने सेवाप्रदायक आफैले जडान गरेका वाईफाई डिभाईसलाई दोष दिएर सेवाबाट पन्छिन खोज्नु गलत भएको बताउँछन् । ‘सेवाप्रदायकले वाईफाईलाई दोषचाही दिने तर डाटा हेर्ने हो भने सेवाप्रदायकले अघिकांश डिभाइसहरु आईएसपीले नै राख्ने गरेका छन्’ उनले भने कमसेकम वाईफाई इन्सटलेसन गर्दा ग्राहकको संङ्ख्या, प्रयोगबारे , डिभाइस सिस्टम, जस्ता बिषयमा जानकारी दिनुपर्छ’ ।
तर, आफैले आफ्नै डिभाइस जडान गर्ने अनि वाईफाईलाई दोषदिन मिल्छ ? भन्दै सेवाप्रदायकलाई प्रश्न गर्दै उनले भने सबै निकाय बीचको छलफलबाट यो समस्या समधान हुनुपर्छ ।