काठमाडौं । नेपालमा इन्टरनेट कम्पनीहरुको सेवा गुणस्तरमा बारम्बार प्रश्न उठ्नुमा सम्बन्धीत निकायबीच समन्वय अभावनै रहेको सरोकारवालाहरुले बताएका छन् ।
उपभोक्तासँग प्रत्यक्ष रुपमा जोडिएको इन्टरनेट सेवालाई प्रभावकारी बनाउन सरकार र नियामक निकाय नै जिम्मेबार रहेको उनीहरुको भनाई छ । शनिबार प्रविधि पत्रकार मञ्चले गरेको इन्टरनेट सेवाको प्रभावकारीता र गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रममा भविष्यमा इन्टरनेट सम्बन्धमा निम्तिने समस्याका बारेमा कुनै तयारी भएको बताएका हुन ।
कार्यक्रममा दूरसञ्चार विज्ञ आनन्दराज खनाल, भायानेट कम्युनिकेसनका प्रमुख बिनय बोहोरा र सुबिसु केबल नेट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सहभागीता थियो ।
पछिल्लो समय नेपालमा टिकटकका कारण इन्टरनेट सेवा ठूला समस्यामा परिरहेको सेवाप्रदायकले बताइरहेका छन् । सरकार, नियामक निकाय र सेवाप्रदायकले भविष्यम निम्तिने जोखिम र समस्यालाई गहनरुपमा नलिदा सेवाग्राही मारमा पर्ने गरेका छन् । लकडाउनपछि अनियन्त्रीत रुपमा प्रयोगकर्ता बढेकोले समस्या आएको सेवाप्रदायकको भनाई छ ।
कार्यक्रममा बोल्दै भायानेट कम्युनिकेशनका प्रमुख विनय बोहोराले नेपालमा मात्र नभई विश्वमै इन्टरनेट वेस्ट एफोट नेटवर्कका रुपमा आक्रममक बजार बिस्तार गरिरहेका अवस्थामा इन्टरनेटको गुणस्तरमा प्रश्न उठ्नु स्वभाविक रहेको बताएका छन् ।
‘जहिलेसम्म इन्टरनेट रहिरहन्छ त्यस बेलासम्म सेवाको बिषयमा गुनासो आउन छोड्दैन’ उनले भने ‘अहिले चार पाँच ओटा एपहरुले इन्टरनेटलाई डोमिनेट गरिरहेका छन् ।
उनका अनुसार पहिला आएका एपको सिस्टम मिलाउँदै र समस्या समाधन गर्दै गयौैं, त्यस्ता सर्भरका समस्या नसकिदै टिकटक लगाएतका नयाँ एपको लोकप्रियताले नेपालको इन्टरनेट सेवालाई प्रभावित बनाइरहेको छ ।
व्यान्डवीथ धेरै महङ्गाको कारण समस्यामा छन् । इन्टरनेट भनेको पाँच ६ ओटा मेजर एपले चलाएरहेको अवस्था छ । डम्प पाइपको रुपमा बनेको छ ।
नेपालमा लोकल सर्भर नरहेकै कारण पनि यस्ता प्रकारका अनेकौ समया आइरहेको उनले बताए । भनेको जति स्पीड पाएन भनेर कुनैपनि आईएसपीले सन्तुष्टी दिन सकेका छैनन् ।
त्यस्तै कार्यक्रममा बोल्दै दूरसञ्चार विज्ञ आनन्द राज खनालले इन्टरनेट सेवा सुघारका लागि नीतिगत बिषयलाई पनि ध्यान दिनुपर्ने बताए ।
‘इन्टरनेटको गुणस्तर खस्किएको बिषय मानिसहरुको आक्रोस सामाजिक सञ्जालमा आउँछन उनले भने ‘इन्टरनेट इको स्टिमलाई नै सरकार तथा सबै निकायले बुझेर अघि बढ्न् पर्छ ।
त्यसैगरी सुबिसुका सीईओ विनय साउदले नेपालमा बढी वाईफाईको समस्या बढी देखिएको र त्यसका लगाी सेवाप्रदायकले समस्या समाधान गर्न लागी परेको बताए ।‘ लकडाउनअघि एउटा ग्राहकले ३०० जीबी व्यान्डवीथ खपथ गर्थो भने अहिले ६०० भन्दा बढी खपत गर्ने गरेको छ’ उनले भने यसका लागि नयाँ कार्ययोजनका साथ अघि बढ्नुपर्ने अवस्था छ ।
कोभिडपछि टिकटक प्रयोगकर्ता थेग्न नसक्ने अवस्थामा छ । २२ देखि २५ जीबीपीएस बढी व्यान्डवीथ खपत बढेको छ । सेवाप्रदायकका अनुसार ७५ प्रतिशत इन्टरनेट वाइफाईकै समस्यालेपनि आएको छ ।