काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना फोरजी ग्राहकका लागि युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डाटा प्याक सार्वजनिक गरेको छ ।
ग्राहकले ७ दिनको ननस्टप टिकटक प्याक १०० रुपैयाँ (करसहित रु १२७.६९) मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको ननस्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।
युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्युब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार मात्र रु २५ (कर सहित ३१.९२) मा १ दिनको समयसिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् ।
त्यस्तै, ग्राहकले ४ जीबी बोनस डाटा सहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र रु १५० (कर सहित रु १९१.५४) मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डाटा सहितको ननस्टप युट्युब प्याक रु ३६० (कर सहित ४५९.६८) मा खरिद गर्न सक्छन् । बोनस डाटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।
७ दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्नुहुने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित ननस्टप प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र रु २० (कर सहित मात्र २५.५४) मा ३५०० एमबि थप डाटाको लिन सक्नेछन् ।
यसरी लिनुस् डेटा प्याक
उक्त डाटा फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी ननस्टप अफरको लागि प्राप्त निर्देशन अनुसार आफ्नो मनपर्ने प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपेमार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् ।