बीबीसी । चीन र भारतबीच तनाव बढिरहेको बेला दिल्लीले थप ११८ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाइएका एपमा चर्चित भिडिओ गेम पब्जी र विच्याट लगायत धेरै एप टेन्सेन्ट कम्पनीका उत्पादन छन्।
यसअघि भारतले टिकटक सहितका ५९ वटा निकै लोकप्रिय एपहरूलाई राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै प्रतिबन्ध लगाएको थियो।पछिल्लोपटक प्रतिबन्धित गरिएका एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको विश्वस्त सूचना आफूसँग रहेको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
प्रतिवन्धित एपहरु
सर्च इञ्जिन बाइडुका दुईवटा एप
क्यामकार्डको बिजनेस कार्ड स्क्यानर
अलिबाबाको रकम भुक्तानीसम्बन्धी अलिपे
विद्युतीय व्यापारसम्बन्धी ताओबाओ एप
मार्भल सुपरवार सहितका खेलका एप
सिना न्यूज
मन्त्रालयले ती एपबारे विभिन्न स्रोतहरूबाटु थुप्रै उजुरी परेको जनाएको छ। मन्त्रालयले ती एपले एन्ड्रोइड र आइओएसमा रहेका प्रयोगकर्ताका विवरणको दुरूपयोग र गोप्य एवम् अनाधिकृत रूपबाट भारतबाट बाहिर सारेकोु उजुरी परेको जनाएको छ।
भारतको राष्ट्रिय सुरक्षा र प्रतिरक्षासँग जोडेर हेर्दा यी विवरणहरूको एकीकरण र प्रशोधनले भारतको सार्वभौमसत्ता र अखण्डता जोखिममा पुर्याउँ छ, मन्त्रालयले भनेको छ।
त्यो निकै गहिरो र तत्काल असर पर्ने विषय भएकाले त्यसको आपत्कालीन उपाय आवश्यक परेको हो।भारतको निर्णय विवादित हिमालय क्षेत्रमा चीनसँग सीमामा तनाव बढेको बेला गरिएको छ। भारत र चीन दुवैले जुन महिनामा लद्दाख क्षेत्रमा थप बलहरू तैनाथ गरेका छन्।