विश्वका अधिकाशं मानिसहरु यति बेला कोभिड–१९ को त्रासमा छन् । कोरोना भाइरस महामारीका कारण हजारौं बैज्ञानिक, अध्यनकर्ता, चिकित्सकलगायतको निन्द्रा हराम भएको छ । उनिहरु महामारीबाट सिर्जित समस्याको समाधानमा जुटिरहेका छन । उनिहरुको मात्रै होइन महामारीका कारण विश्वका तमाम नागरिक अन्योलकाबीच कोरोनासँग पौठेजोरी खेलिरहेका छन ।
केही देशहरुले भाइरस विरुद्धको खोप बनाइरहेका छन् । रुस र चीनले खोप परीक्षण अन्तिम चरणमा पुगेको समचारहरु सार्वजनिक भइरहेको छ । यसले केही हदसम्म मानिसहरुलाई आत्मसन्तुष्टी मिलिरहेको छ ।
महामारीले एकातिर मानवलाई आक्रमण गरिहरहेको छ भने अर्कोतिर विश्वको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पारेको छ । शक्तिशाली अर्थतन्त्र भएका मुलुकदेखि बामे सर्दै गरेका नेपालजस्ता मुलुकको अर्थतन्त्र उठ्न गाह्रो पर्ने अवस्था छ । लामो समयदेखि भएको लकडाउनका कारण अर्थतन्त्र थिलथिलो भइसकेको छ ।
विश्वव्यापी कोरोना भाइरसका कारण हवाई उडानको क्षेत्र नराम्ररी थलिएको छ । मुलुकको अर्थतन्त्रको एउटा हिस्सा उडान क्षेत्रलाई लामो समयसम्म प्रतिबन्ध लगाइनु मुलुक र सम्बन्धित सञ्चालकका लागि दुर्भाग्य हो । हालैको विकसित मुलुकहरुमा भएको २० औ हजार मानिसहरु कोभिड विरुद्ध सडकमा निस्कनुले पनि एउटा सन्देश दिएको छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा चैत ११ देखि नेपाली आकाशमा उडान प्रतिबन्ध छ । उडान प्रतिबन्ध कोरोना समस्या समाधानको एउटा पाटो भएपनि अर्थतन्त्रका लागि भने अभिषाप बन्न पुगेको छ ।
आज भारत लगायत युरोप, अमेरिकाजस्ता मुलुलकले पनि नागरिक र अर्थतन्त्रलाई चलायमान बनाउन आन्तरिक उडानलाई निरन्तरता दिइरहेका छन । उनिहरुले बाह्य उडानलाई आंशिक बनाएर आन्तरिक उडानलाई बढवा दिएका हुन । छिमेकी मुलुक भारतमा पनि कोरोना महामारीसँगै बन्द आन्तरिक हवाई उडान दुई महिना अघिदेखि नै सुरु भइसकेको छ ।
सरकारले पनि नागरिक बचाउन भन्दै पटकपटक प्रतिबन्धको समयसीमा थप्दै गएको छ । यसले समस्यामाथि समस्या पैदा गरेको छ । एकातिर बर्षायामको समय अर्काेतिर कोरोना महामारी ।
दुबैका कारण नागरिकहरु आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन । त्यसैले पनि सरकारले आन्तरिक उडानलाई विमानस्थल र स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सबैले पालना गर्दै उडान सुचारु गर्न नै वुद्दिमत्ता हुने छ ।
आज भारत लगायत युरोप, अमेरिकाजस्ता मुलुलकले पनि नागरिक र अर्थतन्त्रलाई चलायमान बनाउन आन्तरिक उडानलाई निरन्तरता दिइरहेका छन । उनिहरुले बाह्य उडानलाई आंशिक बनाएर आन्तरिक उडानलाई बढवा दिएका हुन । छिमेकी मुलुक भारतमा पनि कोरोना महामारीसँगै बन्द आन्तरिक हवाई उडान दुई महिना अघिदेखि नै सुरु भइसकेको छ ।
यस्तैगरी कोरोनाको केन्द्रविन्दु (इपिसेन्टर) मानिएको चीन, युरोपियन मुलुकहरु जर्मनी, बेल्जियम, फ्रान्स, पोर्चुगल र स्पेन लगायतका धेरै मुलुकमा आन्तरिक उडानहरु निर्बाध रुपम सञ्चालनमा छन । यसैले पनि नेपालले यथाशिघ्र हवाई उडानलाई नियमित बनाउन आवश्यक छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली हवाई क्षेत्रको विकासका लागि अघि सारेका नयाँ हवाई नीतिले पनि आगामी दिनमा हवाई क्षेत्र थप बलियो हुन्छ भन्ने प्रशस्त आधारहरु छन ।
आन्तरिक उडानमा साथ दिएका नेपाल एयरलाइएन्स, यति, वुद्ध, श्री, तारा, सीता, समिट लगायतका एअरलाइनसलाई सुरक्षा सतर्कता अपनाएर उडान भर्न दिन आवश्यक छ । कम्पनीहरुको बढ्दो घाटा र यात्रुको आवश्यकतालाई सरकारले ध्यानमा राख्नुपर्छ ।
यस्तै हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुको पनि उत्तिकै योगदान र जिम्मेवारी छ । यस्तो विषम परिस्थितीमा हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुले विशेष खालका प्याकेज ल्याएर राज्य र नागरिकलाई थप सेवा प्रदान गर्नुपर्ने बेला आएको छ ।
कोरोनाको केन्द्रविन्दु (इपिसेन्टर) मानिएको चीन, युरोपियन मुलुकहरु जर्मनी, बेल्जियम, फ्रान्स, पोर्चुगल र स्पेन लगायतका धेरै मुलुकमा आन्तरिक उडानहरु निर्बाध रुपम सञ्चालनमा छन । यसैले पनि नेपालले यथाशिघ्र हवाई उडानलाई नियमित बनाउन आवश्यक छ ।
यसका लागि राज्यले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरुलाई ‘रेस्क्यु’ उडानमा लगाइएको प्रतिबन्ध खुला गर्नुपर्ने, रेस्क्यु उडानका लागि उडान अनुमति दिने, जटिल प्रक्रियालाई थप सहज र सरलीकरण जस्ता काम गर्न आवश्यक छ ।
विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३५० वटासम्म आन्तरिक उडान हुने गरेका थिए । तर कोरोनाका कारण यात्रु अभाव हुने पक्का छ । जसका कारण त्यसमा ठूलो कटौती हुने आशंका भने कायमै छ भने अन्तर्राष्ट्रियतर्फ नियमित उडानलाई अन्तर्राष्ट्रिय प्रचलनअनुसार स्वास्थ्य प्रोटोकलहरु अपनाएर उडान सञ्चालन र आन्तरिक तर्फको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड तथा आन्तरिक अभ्यास अनुसार नै यथाशिघ्र हवाई क्षेत्र खोल्न उपयुक्त हुने छ ।
हवाई यात्रा गर्दा विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको स्प्रे, उडान पश्चात जहाजलाई किटाणुमुक्त बनाउन डिसइन्फेक्सन गर्ने तथा यात्रा अवधिभर मास्क, फेससिल्डको प्रयोगले सडक यातायातबाट यात्रा गर्नु भन्दा धेरै सुरक्षित हवाई यात्रा मानिन्छ ।
हालको अवस्थामा गाडीमा यात्रा गर्दा ८/१० घण्टा लाग्दा सङ्क्रमण हुने जोखिमभन्दा गन्तब्य स्थानसम्म १ घण्टामा नै पुग्न सकिने हवाई मार्ग ज्यादै सुरक्षित देखिन्छ, जुन खुसीको विषय पनि हो । उडान नहुँदा बिभिन्न शुल्क तिर्नुपर्ने बाध्यतामा रहेका वायुसेवा कम्पनीहरु आन्तरिक उडान खुला गरिए हालको अवस्थाबाट मुक्ति पाउनेछन ।
समस्याका चाङलाई पन्छाएरै भएपनि राज्यले हालै घोषणा गरेको नयाँ मितिबाट सबै हवाई सेवा प्रदायक कम्पनीलाई बिशेष तयारीका साथ आन्तरिक तथा बाह्य उडान गर्दा अर्थतन्त्र चलायमान बनाइराख्न सहज हुनेछ र हजारौ श्रमिकको आयश्रोत र आश्रित परिवारमा परेको क्षतिमा टेवा पुग्दछ ।
भविष्यमा पनि अन्य संक्रमण दोहोरिन सक्ने संभावनालाई मध्यनजर गर्दै हाल चरणबद्ध रोकथामको योजना र दीर्घकालिन नीतिको आवश्यकता देखिन्छ । यसका लागि सकारले अहिलेदेखिनै तयारी थाल्नु पर्ने छ ।
(लेखक हेलिकप्टर प्रशिक्षक पाइलटका साथै उद्धार उडान र हिमाली क्षेत्रको विज्ञका रुपमा चिनिनुहुन्छ ।)