काठमाडौं । नेपालको उद्योग व्यवसायमा पारिवारिक विरासत ‘लिगेसी’को प्रभुत्व छ । बनिबनाउ व्यापार साम्राज्यमा नयाँ पुस्ता र नयाँ सोचले अघि बढ्दा नयाँ व्यवसायिक गु्रपलाई प्रतिस्पर्धामा हम्मेहम्मे नै पर्छ ।
तर, पहिलो पुस्ताले खडा गरेको ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ले वर्षाैका कर्पाेरेट घरानालाई टक्कर दिइरहेको छ ।
५० हजार रुपैयाँ लगानीमा २३ वर्षअघि कैलालीको टिकापुरबाट सानो खाजा घरबाट सुरु भएको व्यवसाय अहिले विस्तार भएर झन्डै १० अर्ब रुपैयाँ पुगेको छ । यो सफलतामा व्यवसायी लक्ष्मण न्यौपाने र उनको परिवारको कडा मिहिनेत छ ।
२०५४ सालमा टिकापुरमा खाजा घरबाट सुरु भएको सिद्धार्थ होटल अहिले नेपालको स्थापित पारिवारीक बिजनेश ग्रुप बनेको छ । स्थापना भएको २३ औं वर्षमा सो ग्रुपले धेरै आरोह अवरोह पार गर्दैं यो अवस्था आइपुगेको हो ।
मानिस हरेक सफलताकोपछि दौडिन्छ । कहाँ पुगेर सफलता मिल्छ र कसरी मिल्छ भन्ने सायदैलाई थाहा होला । तर, कर्म नगरी फल पाइँदैन र फल नपाए सफल भैइँदैन । कर्ममा निरन्तर लागेका व्यवसायी हुन् लक्ष्मण न्यौपाने ।
हस्पिटालिटी क्षेत्रमा तीव्र लगानी विस्तार गरेको सिद्धार्थ विजनेश ग्रुपले राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा २५ ओटा भन्दा बढी होटल, रिसोर्ट, कफीसप र रेष्टुरेन्टको आउटलेटहरु सञ्चालन गरिसकेको छ ।
२ दशकअघि न्यौपानेले सानो खाजा सुरु गर्दा ठूलो होटलसम्मको सपना बुनेको थिए । पाँचतारे होटल सञ्चालन गर्छु भनेर सोचेका थिएन । आज उनको व्यावसायिक यात्राले ‘तुफानी’ मोड लिँदा अहिले पाँच तारे होटलको निर्माणमा जुटेका छन् ।
खाजा घर सञ्चालन गर्नुअघि अध्यक्ष न्यौपाने भारतमा जागिरे थिए । सरकारी नभए पनि पेन्सन आउने खालको जागिर खाएका न्यौपानेलाई खासै चित्त भने बुझेको थिएन ।
ग्रुपको ड्रिम प्रोजेक्ट पाँच तारे होटल अहिले भैरहवामा धमाधम निर्माण भैरहेको छ । २०५४ सालमा टिकापुरमा खाजा घरबाट सुरु भएको सिद्धार्थ होटल अहिले नेपालको स्थापित पारिवारीक बिजनेश ग्रुप बनेको छ । स्थापना भएको २३ औं वर्षमा सो ग्रुपले धेरै आरोह अवरोह पार गर्दैं यो अवस्था आइपुगेको हो ।
खाजा घर सञ्चालन गर्नुअघि अध्यक्ष न्यौपाने भारतमा जागिरे थिए । सरकारी नभए पनि पेन्सन आउने खालको जागिर खाएका न्यौपानेलाई खासै चित्त भने बुझेको थिएन ।
उनलाई त्यहाँ रोजगारी गरिरहँदा चित्त नबुझेपछि नेपाल फर्कने सोच बनाए । हुन, त त्यो बेलासम्म उनको बुबाले पनि जागिर छाडेर गाईपालन सुरु गरिसकेका थिए ।
२०२८ सालमा गुल्मीमा जन्मिएका न्यौपानेका बुबा पनि भारतमै जागिरे भएकोले उनि पनि रोजगारीका लागि त्यतै गएका थिए । भारतमा जाँदा उनी २४ वर्षका थिए ।
उनलाई त्यहाँ रोजगारी गरिरहँदा चित्त नबुझेपछि नेपाल फर्कने सोच बनाए । हुन, त त्यो बेलासम्म उनको बुबाले पनि जागिर छाडेर गाईपालन सुरु गरिसकेका थिए । यता उनका ठूला दाइ पनि तम्घासमा सानो होटल चलाउँदंै आएका थिए ।
नेपाल फर्कने निधो गरेपछि उनले दाइसँग सल्लाह गरेर केहि वर्षसँगै काम गरे । दाईसँग कामगर्दै गर्दा नयाँ ठाउँमा लगानी गर्ने सोचका साथ उनि त्यहाँबाट नयाँ ठाउँको खोजी गर्दै कैलालीको टिकापुरमा पुगे । त्यहाँ उनले सोचेको जस्तो खाजा घरहरु नदेखेपछि त्यहि आफ्नो व्यवसाय सुरु गरे ।
किनकी सुरुदेखि नै आफ्नो व्यवसायले राम्रो रफ्तार लिइरहँदा उनि थप हौसिएका थिए । अब, उनको सोच केहि फरक भयो र यहि सिद्धार्थ नामलाई विस्तार गर्दै लैजाने योजना बुने ।
वरीपरी मःम र चाउमिन नपाइने थाहा पाएपछि उनले पहिलो पटक चाउमिन सहितको खाजा घर खोलेका थिए । त्यो बेला सुरुवातमा उनले ५० हजार रुपैयाँ लगानी गरेका थिए ।
खाजा घरले राम्रो व्यापार गरेसँगै उनले त्यसको ठिक ९ महिनापछि गेष्ट हाउस खोले र एक वर्षपछि होटलको नाम जुराए सिद्धार्थ । उनमा लगानीको सोख अझै मरेन । किनकी सुरुदेखि नै आफ्नो व्यवसायले राम्रो रफ्तार लिइरहँदा उनि थप हौसिएका थिए । अब, उनको सोच केहि फरक भयो र यहि सिद्धार्थ नामलाई विस्तार गर्दै लैजाने योजना बुने ।
त्यहि सोचका साथ २०५७ सालमा नेपालगन्जमा सानो कटेरो (जहाँ भुई लिपेर बनाइएको थियो) मा ज्वाईहरु कृष्ण भण्डारी र मुक्ती भण्डारीलाई साथमा लिएर सिद्धार्थ कटेज खोले । टिकापुरबाट सुरु भएको उनको यात्रा नेपालगन्ज हुँदै एकैपटक राजधानी काठमाडौंमा लगानी गर्ने मनसायका साथ ०६१ सालमा सुन्धारामा होटल खोले । त्यो बेलासम्म उनले आफ्ना दाजु भाईलाई व्यवसायमा साथमा लिइसकेका थिए ।
पाँच भाइले लिड गर्दै छन् बिजनेश
आफू घरको माइलो भएकोले पनि दाइपछि भाईहरुको जिम्मेवारी उनको काँधमा थियो । उनको परिवारमा ६ भाइ छन् । ६ भाइनै व्यवसायमा लागेपछि व्यवसाय विस्तार गर्दै ग्रुपमा परिणत गरे ।
दाजुभाई आफन्त र साथीभाईहरुलाई साथमा र सहयोग लिँदै नयाँनयाँ ठाउँमा आफ्नो व्यवसायलाई विस्तार गरे । छोटो समयमा नेपालको हस्पिटालिटी क्षेत्रमा राम्रो प्रभाव जमाउँदै आएको सिद्धार्थले विभिन्न ठाउँमा सिद्धार्थ कटेज र सिद्धार्थ होटलको नाममा आफ्नो व्यवसायलाई विस्तार गरिरहेका छन् ।
अहिले कम्पनीको अध्यक्ष लक्ष्मण न्यौपाने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भाई कृष्ण न्यौपाने रहेका छन् ।
भैरहवामा १२५ करोडमा पाँच तारे होटल
सिद्धार्थले अहिले भैरहवामा पाँच तारे होटल निर्माण गरिरहेको छ । ग्रुपका सीईओ न्यौपानेका अनुसार १ वर्षअघिबाट निर्माण सुरु भएको सो होटलमा ८५ वटा कोठा रहने छ ।
भैरहवाको बुद्ध चोक नजिकै बुटवलतर्फ २ विघा क्षेत्रफलमा १ अर्ब २५ करोडको लागतमा निर्माण भइरहेको सो होटलको भित्रि काम भइरहेको छ । होटलका लागि ऋण लगानी प्रभु बैंकले गरेको छ ।
अहिले कोभिड–१९ का कारण काममा प्रभावित भएको र सञ्चालन गरिहाल्न सक्ने अवस्था नभएकोले सामान्य भएपछि आउने नयाँ प्रोजेक्टभित्र आफुहरुको होटल पनि रहने उनले बताए । सन् २०२१ को बीचमा ल्याउन तयारीका साथ होटलमा काम भइरहेको छ । होटलसँगै सुविधासम्पन्न ब्याँकेट हल पनि हुने छ ।
होटलको रुफटपमा लक्जरी रेष्टुरेन्ट सञ्चालनमा आउने छ । त्यहाँबाट माच्छापुच्छ्रे हिमाल सहितका केहि हिमालहरुलाई नियाल्न सकिने सीईओ न्यौपानेले बताए ।
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यस क्षेत्रमा बढ्ने चहलपहल र सीमा क्षेत्र भारतबाट आउने पर्यटकहरुलाई लक्षित गरी निर्माण गरिएको होटलमा क्यासिनो पनि रहने छ । तर, सो क्यासिनो व्यवस्थापन कुन गु्रपले गर्ने अहिले टुङ्गो लागेको छैन ।
नेपालगन्जमा चार तारे होटल सञ्चालनमा
गु्रपले नेपालगन्जमा १२५ वटा कोठा भएको चार तारे सिद्धार्थ होटल सञ्चालन गरिरहेको छ । योसँगै टिकापुर, सुर्खेत, कर्णाली चिसापानी, बुटवल,तुम्लिङटारमा होटल सहित सिद्धार्थ रिसोर्ट सञ्चालन भइरहेको छ । गु्रपले कतै होटल र कतै रिसोर्ट निर्माण गर्दै आएको छ ।
तीन तारे होटलको व्यवस्थापन गर्दैं
होटल र रिसोर्ट सञ्चालन मात्र हैन, सो ग्रुपले व्यवस्थापनको जिम्मेवारी समेत गर्दै आएको छ । अहिले महेन्द्रनगरमा रहेको सिद्धार्थ न्यू आनन्द र विर्तामोडमा सिद्धार्थ ग्राण्ड सिटी होटलको व्यवस्थापकीय जिम्मेवारी समेत लिएको छ । यी दुवै होटल थ्रि स्टार हुन् ।
‘हामीसँग पर्याप्त जनशक्ति र अनुभव भएकोले होटलको व्यवस्थापनको समेत जिम्मेवारी लिएका छौं,’ सीईओ न्यौपानेले भने । यस्तै गु्रपले हस्पिटालिटी क्षेत्रमा आवश्यक श्रमिकहरुलाई तालिम, व्यवस्थापन र आवश्यक कर्मचारीहरु उत्पादन गर्दै आएको पनि छ । योसँगै इन्टेरियलको समेत काम गर्दै आएको छ ।
जुम्ला र इलाममा तयारी
सिद्धार्थको नयाँ प्रोजेक्टको लागि जुम्ला र इलाममा आवश्यक जग्गा खरिद गरिसकेको छ । कोभिडको असर सकिने बित्तिकै ती दुई ठाउँमा होटल निर्माण सुरु गरिने बताइएको छ । नयाँनयाँ ठाउँमा लगानी गर्ने सोचका साथ सो ग्रुपले ती ठाउँमा व्यवसाय गर्ने सोच बनाएको बताइएको छ । यस्तै गुल्मीमा ५० रोपनी क्षेत्रफलमा कफी खेति गरिरहेको छ । अहिले त्योसँगै गाई र कुखुरा समेत पालिरहेको जनाएको छ ।
एस क्याफे पनि सिद्धार्थकै
होटल र रिसोर्ट चलाउँदै आएको ग्रुपको एस क्याफे समेत सञ्चालन आएको छ । हाल न्यूरोड, जमल, तिनकुने, नेपालगन्ज र कोहलपुरमा गु्रपले एस क्याफेको आउटलेट सञ्चालन गरिसकेको छ । ग्रुपले आफ्ना विभिन्न ब्रान्चहरुमा करिब १ हजार ७०० भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।