एजेन्सी । कोरोना भाइरस महामारीले आर्थिक गतिविधि ठप्प भएपछि भारतको आर्थिक विस्तार ४० वर्षपछि ऋणात्मक भएको छ ।
त्यहाँको तथ्याँक विभागले सार्वजनिक गरेको अप्रिलदेखि जुनसम्म ३ महिनाको आर्थिक परिदृष्यमा आर्थिक वृद्धि २३.९ प्रतिशत ऋणात्मक भएको देखिएको हो ।
यस अवधिमा उत्पादन, निर्माण र व्यापार क्षेत्र क्रमशः ३९.३, ५०.३ र ४७ प्रतिशतले घटेको छ । सन १९९६ देखि कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को त्रैमाशिक तथ्याँक प्रस्तुत गर्न थालेपछिको सबैभन्दा खराब अवस्था भएको दी टाइम्स अफ इन्डियाले जनाएको छ ।
आर्थिक विस्तारको मुख्य चालक उपभोग, उत्पादन, लगानी र निर्यात व्यापारमा व्यापक गिरावट आएपछि यसको असर अर्थतन्त्रमा परेको हो । यसबीचमा सरकारी खर्च १० प्रतिशत घटेको छ ।
भारतका वित्त मन्त्रालयका प्रमुख अर्थशास्त्री कृष्णमुर्ति सुर्वमन्यमले अर्थतन्त्र भी आकारमा सुधार हुने अनुमान गरिएको बताए । उनले आगामी दिनमा रेल सञ्चालन, ऊर्जा खपत र कर संकलनमा निर्भर हुने बताएका छन ।
भारतको अर्थतन्त्र रिकभरी हुन सन २०२२ सम्म लाग्ने कोटाक इन्टरनेसनल इक्विटीका वरिष्ठ अर्थशास्त्री सुवेदीप राक्क्षीले बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थतन्त्रलाई गति दिन गत मे महिनामा २६६ अर्ब डलरको स्टुमलस प्याकेजको घोषणा गरेका थिए । अर्थतन्त्र झनै खराव अवस्थामा पुगेको बताउदै विश्लेषकहरुले थप राहातको प्याकेज ल्याउन सरकारलाई सुझाएका छन ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) ले निजी लगानी, खर्च र सार्वजनिक लगानीलाई ध्वस्त पारेको विश्लेषकहरुले उल्लेख गरेका छन ।