पेचिङ (चीन) । चीनको आद्योगिक क्षेत्रको पुनर्बहाली सुस्त गतिमा भइरहेको छ । अर्थतन्त्र कोरोना भाइरसको महामारीले उत्पन्न गराएको झट्काबाट विस्तारै उब्रिदै गर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
सोमवार त्यहाँको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अगष्टमा अनुसार अगष्टमा म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) झिनो कमीसहित ५१ अंकमा झरेको छ । जुलाईमा सूचक ५१ दशमलव १ अंकमा रहेको थियो । सूचक घटेको भएपनि यो कुनै पनि आर्थिक क्षेत्रको वृद्धिलाई संकुचनबाट अलग्याउने ५० अंकभन्दा माथि नै रहेको छ ।
यद्यपि, विश्लेषकहरुले भने समीक्षा अवधिमा सूचक ५१ दशमलव २ अंक रहने बताएका थिए । अमेरिकासँग विविध विषयमा विवाद कायमै रहेको र विश्वको माग पनि कमजोर रहेको अवस्थामा चिनियाँ अर्थतन्त्र महामारीको प्रभावबाट उब्रिन सकेको छ ।
मागमा भएको वृद्धि, स्टिमुलसमा आधारित पूर्वाधार विस्तार र निर्यातमा देखिएको अप्रत्याशित सुधारका कारण चीनको औद्योगिक क्षेत्र विस्तारै महामारीपूर्वको स्तरमा फर्किरहेको छ । यद्यपि, सुधारको दर भने अस्थीर रहेको छ ।
अगष्टमा साना कम्पनीहरुको गतिविधि देखाउने उप–सूचक शून्य दशमलव ९ अंकले घटी ४७ दशमलव ७ अंकमा समेटिएको थियो । मागको कमी, आर्थिक अभाव लगायत समस्याले गर्दा साना कम्पनी प्रभावित भएका हुन् ।
सो अवधिमा नयाँ निर्यात सूचकमा भने सुध्रिएको छ । जुलाईमा ४८ दशमलव ४ अंकमा रहेको नयाँ निर्यात सूचक अगष्टमा बढेर ४९ दशमलव १ अंकमा उक्लिएको छ । सीमापार माग सस्त दरले बढेको छ । यात्रामा प्रतिबन्ध कोभिड–१९ का बिरामी सीमापार घटेपछि मात्रै हट्नेछ । यस्तोमा चीनको अर्थतन्त्र वृद्धिका लागि घरेलु बजारमा निर्भर रहेको छ । एजेन्सी