सुरज वैद्य नेपालका एक प्रतिष्ठित उद्योगी व्यवसायी हुन् । नेपालको अग्रणी घराना बैद्य्ज अर्गनाइजेशको नेतृत्व गरेका वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन् । सार्क चेम्बर अफ कमर्सको अध्यक्ष समेत भइसकेका वैद्यसँग निर्वाचनका कारण महासंघमा गतिरोध, पछिल्लो अवस्था, त्यसबाट उत्पन्न भएका समस्याहरु र समधानका लागि कस्ता कामहरु गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर क्यापिटल नेपालका सुवास योञ्जनले गरेको कुराकानी :
अहिले कोभिड महामारी छ,राज्यले दरिलो साथ नदिएकाले उद्योग/व्यवसाय गर्न कठिन पनि भएको छ । यस्तो अवस्थामा महासंघमा पद र प्रतिष्ठाको लडाई चलिरहेको छ । महासंघमा भइरहेको यस्तो गतिविधिलाई पूर्वअध्यक्षको नाताले कसरी नियाल्नु भएको छ ?
महासंघ भित्रको गतिविधिले धेरै पोलिरहेको छ । २५ वर्ष महासंघमा बिताएको छु । अहिले महासंघको गरिमा निकै अप्ठ्यारो अवस्थामा पुगेको आभाष भएको छ । यो बेला सरकारले भन्दा महासंघले साथमै लिएर राम्रो काम गर्नुपर्ने बेला हो । जुन आधारले महासंघमा निर्वाचन र गुटबन्दी अगाडी बढेको छ, यो कसैको हितमा छैन । सकभर यो समस्यालाई छिटोभन्दा छिटो सल्टाएर दरिलो भूमिकाका साथ महासंघ उत्रिनु पर्ने बेला आएको छ । कोभिडको महामारीले अर्थतन्त्र ओरोलो लागिरहेको समयमा निजी क्षेत्रको प्रमुख संस्था निर्वाचनका लागि लडिरहेको छ । यो राम्रो अवस्था होइन, दुःखद हो ।
आन्तरिक कलहका कारण महासंघ दिनप्रदिन कमजोर बनिरहेको छ । सरकारले पनि महासंघका विरुद्ध अन्य संस्थालाई अघि बढाइरहेको छ । यस्तो बेलामा तपाईहरुले सर्वसम्मत नेतृत्व छानेर महासंघलाई एक ढिक्का बनाउनुपर्ने होइन ?
अवश्य पनि हो । हाम्रो आउँदो अध्यक्ष शेखर गोल्छा हो । यो अन्यौलका कारणले गर्दा जुन नेतृत्वदायी ढंगले उहाँले काम गर्नुपर्ने हो, त्यो काम अहिले गर्न सक्नु भएको छैन । किन की भवानी राणा अहिले पनि अध्यक्ष नै हुनुहुन्छ । कार्यकाल सकिए पनि कोभिडका कारण निर्वाचन हुन नसक्दा धेरै अन्यौल भइरहेको छ ।
यस्तो बेलामा शेखरजीले नेतृत्व लिएर अगाडी बढ्नु भयो भने सबैले उहाँलाई सहयोग गर्छन र गर्नुपर्ने जरुरी पनि छ । जति ढिला भयो त्यति नै व्यवसायीहरुले समस्या भोग्दै जान्छन् । सरकारसँग मिलेर कोभिडको बेला जुन किसिमको कामहरु गर्नुपर्ने थियो, त्यो हुन नसकेकोले तत्कालै नेतृत्व लिएर अगाडी बढ्नुको विकल्प छैन ।
गोल्छाजीले तत्कालका लागि सानो टिम बनाएर अगाडी बढ्न सक्यो भने कोभिडका कारण निर्वाचन हुन नसकेर उत्पन्न भएका समस्याहरु समधान हुन्छ । त्यसको लागि किन ढिलाइ भएको छ भन्ने विषय मैले पनि बुझ्न सकेको छैन ।
हाम्रो आउँदो अध्यक्ष शेखर गोल्छा हो । यो अन्यौलका कारणले गर्दा जुन नेतृत्वदायी ढंगले उहाँले काम गर्नुपर्ने हो, त्यो काम अहिले गर्न सक्नु भएको छैन । किन की भवानी राणा अहिले पनि अध्यक्ष नै हुनुहुन्छ । कार्यकाल सकिए पनि कोभिडका कारण निर्वाचन हुन नसक्दा धेरै अन्यौल भइरहेको छ ।
चुनावबाट नेतृत्व छानिँदा जहिले पनि एउटा प्रतिपक्ष र अर्को सत्ता पक्षजस्तो हुने गर्छ । यो समस्या समाधान गर्न सर्वसम्मत तवरबाट नेतृत्व छान्न पूर्वअध्यक्षहरुले पहलमा कमी भएको हैन र ?
हो, सर्वसम्मत नेतृत्व छनौटका लागि पहल नगरेको भन्दा पहल नपुगेको जस्तो लाग्छ । पूर्वअध्यक्षहरुको चाहना पनि सर्वसम्मत ढंगले अगाडी बढाउनुपर्छ भन्ने छ । सबैको भावना बुझ्दा यो पक्ष र अर्को पक्षलाई मात्र सहयोग गरेर अगाडी बढ्ने भन्ने आकंक्षा छैन । त्यसैले मिलाउने प्रयास भएको छ तर, यो पर्याप्त भएको छैन ।
अहिलेको सन्दर्भमा चन्द्र ढकाल र किशोर प्रधानलाई मात्र राखेर उहाँहरुको भित्री मनसाय बुझेर छलफल गरेर महासंघलाई एक ढिक्का बनाएर लैजान सकियो भने संस्थाको ठूलो उपलब्धी हुन्थ्यो । त्यसैले फेरी पनि भन्छु नेतृत्व गर्नेहरुबीच सहमतिका लागि कुनै बाधा छैन, तर उहाँहरुको वरीपरी घेरा हालेर बसेकाहरुबाट मुक्त भएर निस्कन समस्या छ । दुवै समूहमा गलत सल्लाह दिने सल्लाहकार पनि छन् ।
त्यहाँबाट मुक्त भएर आउनु भयो भने सहमति हुन्छ । यसका लागि रविभक्त श्रेष्ठ र वर्तमान अध्यक्ष भवानी राणालाई जिम्मेवारी दिएका छौं । उहाँहरुले एक दुई पटक बैंठक समेत राखिसक्नु भएको छ । यसमा जबसम्म संस्थागत रुपमा अगाडी बढ्दैनौं तबसम्म महासंघमा यस्ता समस्याहरु समधान हुँदैन । अहिलेकै अवस्थामा त्यति सजिलोसँग मिल्छ जस्तो पनि लाग्दैन । किन कि पहिला पनि सहमतिमा नेतृत्व चलाएका छौं । प्रदिप श्रेष्ठ र रविभक्त श्रेष्ठबीच सहमति भएको थियो । अहिलेको नेतृत्व नै कहिलेसम्म रहने भन्ने टुंगो छैन । फेरी विधान संशोधनको चर्चा पनि चलेको छ । त्यहाँ दुईवर्षे कार्यकाल मात्र राख्ने कुरा आएको छ । यदि त्यस्तो हो भने तत्कालै उहाँहरु दुवैलाई राखेर दबाब दिन सकियो भने मिल्छ जस्तो लाग्छ ।
दुई उम्मेदवार नमिलेको हो कि मिल्न नदिएको हो ?
वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्धय नमिल्ने भन्दा पनि उहाँहरुलाई उचाल्नेहरुको कारण सहमतिमा जान नसकेको जस्तो लाग्छ । उहाँहरु मिल्नु भयो भने अध्यक्षको भूमिका कस्तो होला, कार्यसमितिको अवस्था र पूर्वअध्यक्षहरुको भूमिका कस्तो रहला भन्ने त्रासको कारणले मिल्न नदिनेहरुले चलखेल गरेको बुझिन्छ । तर,पनि उम्मेदवारद्धयले यो विषयमा राम्रोसँग बुझेर समझदारीका साथ अगाडी बढ्नु हुन्छ भन्ने अपेक्षा छ । हामी पनि अहिले त्यसको लागि लागिपरेका छौं ।
पूर्वअध्यक्षहरुले पनि काम गर्दा अहिले भएका कार्यसमिति वैध छ की छैन भन्ने थाहा छैन । तर, एउटा म्यान्डेट लिएर पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष र आउन लागेको अध्यक्षले अनुमति दिए भने हामी नेतृत्व लिएर अगाडी बढ्न सक्छौं र अहिलेको समस्यालाई समधान गर्न सक्छौं भन्ने लागेको छ । अहिले हाम्रो सुझाव मात्र दिएका छौं ।
अहिलेको सन्दर्भमा चन्द्र ढकाल र किशोर प्रधानलाई मात्र राखेर उहाँहरुको भित्री मनसाय बुझेर छलफल गरेर महासंघलाई एक ढिक्का बनाएर लैजान सकियो भने संस्थाको ठूलो उपलब्धी हुन्थ्यो । त्यसैले फेरी पनि भन्छु नेतृत्व गर्नेहरुबीच सहमतिका लागि कुनै बाधा छैन, तर उहाँहरुको वरीपरी घेरा हालेर बसेकाहरुबाट मुक्त भएर निस्कन समस्या छ । दुवै समूहमा गलत सल्लाह दिने सल्लाहकार पनि छन् ।
कोरोनाका कारण महासंघको साधारणसभा तथा निर्वाचन सरेको सर्यै छ । यसमा तपाईको भनाइ के छ ?
कोरोना कहिलेसम्म लम्बिन्छ भन्ने कसैलाई थाहा छैन । तर, उद्योग व्यवसायमा दिनप्रतिदिन समस्या पर्दै गएको छ । अहिले विषेश गरेर दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएका श्रमिकहरु सडकमा आइपुगेका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायहरु चौपट छ । यस्तो बेलामा निजी क्षेत्रले बाटो देखाउने हो । अहिले सरकारले बाटो देखाउला भनेर मुख ताकेर बस्नु हाम्रो मुर्खता हो ।
सरकारको आफ्नै समस्याहरु छ । त्यसैले भोलि बैंकको ऋण तिर्न सकेन भने सरकारले तिरिदिदैंन । त्यो हामीले नै तिर्ने हो । भोलि ऋण तिर्न सकेन भने सरकारको जग्गा जमिन जाँदैंन, हाम्रै जाने हो । त्यसैले तत्कालै महासंघको समस्या समधान गरि निजी क्षेत्र एक भएर अगाडी बढ्न आवश्यक छ ।अहिलेको अवस्थामा ढकाल र प्रधानलाई राखेर छलफल गराई उहाँहरुको प्राथमिकता भन्दा महासंघलाई प्राथमिकता राखेर उद्योगी व्यवसायीहरुको हितमा राखेर मिलाउने काममा म सहभागी छु ।
यस्तो बेला महासंघको चुनाव कसरी गर्न सकिन्छ ? विकल्प के हो ? सामान्य अवस्था भएसम्म नगर्न पनि सकिने हो कि ?
पदका लागि यदि चुनावनै चाहेको हो भने वरिष्ठ उपाध्यक्षका उम्मेदार दुई जनालाई मिलाएर अगाडी लैजाने पाएको भए सबैभन्दा राम्रो हुन्थ्यो । यदी यो सम्भावना भएन भने कोभिडका कारण चुनाव गराउन नसक्ने अवस्था रहँदारहँदै चुनावकै कारण महासंघको समस्या समाधानमा मिल्छ भने डराउनु पर्ने अवस्था छैन । मैले यो कुरा पूर्वअध्यक्षहरु र वर्तमान अध्यक्षलाई भनिसकेको छु । किन की अहिले विभिन्न प्रविधिहरु अपनाएर इलेक्ट्रोनिक भोटिङहरु गराउन सक्छौं । एशोसियट र बस्तुगत सदस्यहरुले सजिलैसँग इलेक्ट्रोनिक भोटिङबाट मत दिन सक्नुहुन्छ । समस्या भनेको जिल्लाको हो ।
जिल्लाको साथीहरुलाई काठमाडौंसम्म ल्याउनको सट्टा प्रदेशमा पहाड र तराईमा दुई ठाउँमा इलेक्सन बोर्ड खोलेर भोटिङ गराएर यो चुनाव गर्न सक्छौं । त्यो पनि किन गराइरहेका छैनन्, यो मैले बुझेको छैन । समस्या समधानका लागि अहिलेको नेतृत्वकर्ताहरुलाई चाहना छ की छैन भन्ने पनि हो । यसको लागि वर्तमान अध्यक्ष र आउने अध्यक्षले नेतृत्वदायी भूमिका निर्वाह गरी समस्या समधानका लागि अगाडी बढ्नु पर्ने हो । सबैलाई खुसी पार्न सकिदैन, तर समस्यालाई धेरै दिन लम्ब्याउँदै जाँदा एकातिर संस्था बिग्रिदैं जान्छ भने अर्को तर्फ नेपालको अर्थतन्त्रलाई ठूलो क्षति हुन्छ भनेर पनि निर्वाचनको विवाद मिलाउन जरुरी छ ।
अहिले सबैको हातमा स्मार्ट मोबाइल छ । त्यहि मार्फत मोबाइल एप बनाएर भोटिङ गराउन पनि सकिन्छ । महासंघ चाहिने यस्तै बेलामा हो । यति बेला व्यवसायीहरु मर्कामा परेका छन्, उनिहरुको विषयमा बोलिदिनु पर्छ, नयाँ बाटो देखाउनु पर्ने बेला निर्वाचनको किचलोमा नेतृत्व फसेर गुमनाम भएर बस्नु हुँदैन । अहिले आइटीको धेरै चर्चा आएको छ र महासंघले त्यसलाई प्रयोग गर्नुपर्छ ।
हुन त अहिले केहि साथीहरुले विद्युतीय मतदान गर्ने प्रावधान विद्यानमा छैन भन्ने कुरा पनि गरेको सुनेको छु । विद्यानलाई तोडेर धेरै कामहरु भएको देखेको छु । नियमित चुनाव गराउन पनि नसक्ने र भोटिङबाट पनि हुँदैन भन्ने, यस्तो त हुँदैन नी ।
काठमाडौंमा भिडभाड गरेर दुई वटा क्याम्प बनाएर दशैको जस्तो भोज लगाउने प्रवृति पनि अन्त्य हुन्छ । भोज लगाउँदा मान्छेहरुले पनि के खालको संस्था भनेर आवाजहरु उठाइरहेको बेला नयाँ ढंगबाट अगाडी बढ्न सक्नुपर्ने अवस्था आएको छ । त्यसैले नेतृत्व लिएरपछि जिम्मेवारीबाट भाग्नु हुँदैन । अहिले त कसले नेतृत्व लिएको छ र कसलाई भन्ने नै छैन । एकलाई भन्यो अर्कोलाई देखाउने गरिएको छ । हामी बीचको यहि अन्यौलताका कारण सरकारले जुन आधारले आर्थिक विकासमा अगाडी बढ्नु पर्ने हो, त्यसमा पछि परेको देखिन्छ ।
अहिले सबैको हातमा स्मार्ट मोबाइल छ । त्यहि मार्फत मोबाइल एप बनाएर भोटिङ गराउन पनि सकिन्छ । महासंघ चाहिने यस्तै बेलामा हो । यति बेला व्यवसायीहरु मर्कामा परेका छन्, उनिहरुको विषयमा बोलिदिनु पर्छ, नयाँ बाटो देखाउनु पर्ने बेला निर्वाचनको किचलोमा नेतृत्व फसेर गुमनाम भएर बस्नु हुँदैन । अहिले आइटीको धेरै चर्चा आएको छ र महासंघले त्यसलाई प्रयोग गर्नुपर्छ ।
महासंघमा तपाई आफैं ४ पटकसम्म उपाध्यक्षमा बसेको इतिहास छ, त्यसको कारण के थियो ?
महासंघको नेतृत्व लिन धेरै अप्ठारो छ । महासंघको नेतृत्वमा पुग्न जुन किसिमको अनुभव चाहिने हो र सानो, मझौलादेखि ठूला उद्योगहरुको समस्या बुझ्नु एकै कार्यकालमा सम्भावना छैन । त्यहि बुझ्नका लागि ४ पटकसम्म उपाध्यक्ष भएर अध्यक्ष भएको हुँ ।
तपाई ४ पटकसम्म उपाध्यक्ष बसेर महासंघमा काम गर्न सक्ने अहिलेका बरिष्ठ उपाध्यक्षद्वय मिलेर एक पछि अर्कोले नेतृत्व लिए हुँदैन ? पूर्वअध्यक्षको हैसियतले तपाईले यो अवधारणलाई अघि बढाउन सक्नुहुन्न ?
महासंघ नेतृत्व युवाहरुको काँधमा छ । सबैको चाहना छ की महासंघमा राम्रो काम गरौं र अगाडी बढौ भन्ने । केहि समय त बुझ्नलाई पनि समय लाग्छ । जुन सोचका साथ महासंघ बनेको थियो, त्यहाँ व्यक्तिगत फाइदा लिनुभन्दा संस्थागत फाइदा लिन पर्याप्त समय दिनु पर्ने ठाउँ हो । अहिलेको नेतृत्वले यस विषयमा सोचेको हुनुपर्छ ।
अहिलेको सन्दर्भमा दुई जना उपाध्यक्षहरु चन्द्र ढकाल र किशोर प्रधान वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँहरु दुवै जना सो पदका लागि योग्य उम्मेदवारहरु हुनुहुन्छ । महासंघमा उहाँहरुले गर्नुभएको योगदानलाई कदर गर्नुपर्छ । त्यसैले महासंघले दुवै जनाको योगदानलाई कदर गर्दै अगाडी बढाउन सकेको भए धेरै राम्रो हुन्थ्यो । त्यसका लागि हामी पूर्वअध्यक्षहरु लागि परेका छौं ।
खासगरि विनोद चौधरी र पद्यम ज्योति अध्यक्षमा उठ्दादेखि महासंघमा पैसा र पावरको चलखेल सुरु भयो । त्यो बेला तपाई पद्य्म ज्योतिको पक्षमा हुनुहुन्थ्यो । पछि तपाई अध्यक्ष हुने बेलामा पनि यसलाई अन्त्य गर्न सक्नु भएन नी ?
यो सत्य हो । कुनै पनि चुनावमा पैसा खर्च हुन्छ । नेपालको सन्र्दभमा हामीले आफ्नो मताधिकार अधिकारलाई कत्तिको सदुपयोग गरेका छौं भन्ने हो । महासंघको सन्दर्भमा यस्ता समस्याहरु छन् । महासंघको निर्वाचन गर्दा सातै प्रदेश र सबै जिल्लामा पुग्दा खर्च अवश्य पनि लाग्छ । म अध्यक्ष हुँदा मैले २५ लाख रुपैयाँ खर्च गरेको थिए । त्यो पैसाले साथीहरुलाई जहाजमा ल्याउने लैजाने र होटलमा खर्च हुनुको साथै गाडीमा खर्च भएको हो । खर्च विना कुनै पनि निर्वाचन भएको छैन ।
त्यसैले महासंघको नयाँ विधान बनाउने हो भने यस्ता कुराहरुलाई पनि समावेश गरी कसरी भोलिका दिनमा सहज र सस्तो तरिकाले चुनाव गराउने भन्ने विषयमा उल्लेख गर्न आवश्यक छ । मैले सुरु देखिनै भन्दै आएको छु, काठमाडौंमा जिल्लाका सबै साथीहरुलाई बोलाउन आवश्यक छैन । तर, साथीहरुको समस्या यहि छ ।
सबैको भोट चाहिन्छ र चुनावको बेला आफ्नो ज्वाईलाई भन्दा बढी सम्मान गर्नुपर्ने अवस्था आउँछ । त्यसैले देश संघीय संरचनामा गएर सात वटा प्रदेश बनिसकेको अवस्थामा महासंघले पनि प्रदेशलाई मजबुत बनाएर चुनावलाई दुई ठाउँमा गरौं, वस्तुगत र एशोसियटलाई विद्युतीय प्रणालीमार्फत गरियो भने खर्च धेरै कम हुन्छ । चलखेल र हस्तक्षेप पनि कम हुन्छ ।
पद्यम ज्योतिलाई सहयोग गरेकै कारण अहिलेसम्म विनोद चौधरीसँग तपाईको सुमधुर सम्बन्ध बन्न सकेन भन्ने पनि छ, यसमा के भन्नुहुन्छ ?
विनोदजीसँग काम गर्दा धेरै कुरा सिके । उहाँ सफल नेतृत्व गर्न सक्ने व्यक्तित्व हो । उहाँसँग मेरो व्यक्तिगत हिसाबले कुनै रिसिइवी छैन । तर, उहाँसँग म टाढा हुनुको मूख्य कारण संस्थागत नै हो । किन की निजी क्षेत्रको संगठन फुट्नुमा उहाँको ठूलो हात छ ।
नेपाल उद्योग परिसंघ उहाँकै कारण जन्मिएको हो । जुन, आधारले उहाँले भन्नुभयो, उद्यमीको आवाज जुन आउनु पर्ने थियो त्यो महासंघले दिन सकेन भन्ने आधारले जुन संस्था खडा गर्नुभएको छ । आज जिल्ला जिल्लामा गएर शाखा गठन गरिरहनु भएको छ । उहाँको सोच भनेको उद्यमीको आवाज उठाउने भन्दा पनि अर्को महासंघ खडा गर्ने देखिएकोले त्यसको विरोध गरेको हुँ । विनोद बाबुसँग मेरो व्यक्तिगत झै झगडा केहि पनि छैन । म उहाँलाई सधै सम्मान गर्छु, उहाँकै कारण नेपाली उद्योगी व्यवसायीको शिर अन्तर्राष्ट्रिय रुपमा उँचो भएको छ ।
अहिलेको सन्दर्भमा दुई जना उपाध्यक्षहरु चन्द्र ढकाल र किशोर प्रधान वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँहरु दुवै जना सो पदका लागि योग्य उम्मेदवारहरु हुनुहुन्छ । महासंघमा उहाँहरुले गर्नुभएको योगदानलाई कदर गर्नुपर्छ । त्यसैले महासंघले दुवै जनाको योगदानलाई कदर गर्दै अगाडी बढाउन सकेको भए धेरै राम्रो हुन्थ्यो । त्यसका लागि हामी पूर्वअध्यक्षहरु लागि परेका छौं ।
कुशकुमार जोशी र चण्डीराज ढकालबीच चुनाव हुँदा तपाई ढकालको पक्षमा उभिनुभयो । त्यो बेला तपाई बरिष्ठ उपाध्यक्षमा चुनाव लडिरहनु भएको थियो । जोशी अध्यक्षमा जितरे आएपछि तपाईको भूमिका प्रतिपक्षको जस्तो भयो भन्ने आरोप लाग्छ नी ?
त्यो आरोप ठिकै हो । किन भने महासंघमा हामी कुनै राजनीतिक दल होइन । हामीले महासंघको निर्वाचनको बेलामा व्यक्ति हेरेर को राम्रो होला भनेर अगाडी बढ्ने हो । त्यसैले महासंघको इतिहास हेर्दा हिजो जोशीको नेतृत्वमा को को थिए र आज कहाँ छन् । चन्द्र ढकाल, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणाहरु एउटै टिममा थियो नी । तर,अहिले त्यो टिम फुटेको छ । त्यसैले महासंघमा कुनै गुटबन्दी नगरौं,जो राम्रो मान्छे हो,त्यसलाई अगाडी बढाउ भन्ने मेरो धारणा हो । म त्यो बेला प्रतिपक्षमा देखिएको कारण पनि यस्तैयस्तै विषयहरुले हो ।
कुशसँग चुनाव हारेपछि चण्डीराज ढकाल जहिले पनि ‘सेन्ट्रल स्टेज’मा हुनुहुन्छ । अरु अध्यक्ष छाँयामा पर्ने र उहाँ जहिले पनि हाबी हुने अवस्था कसरी आयो ?
यो त चण्डिजी को खुबी हो । यसलाई हामीले मान्नुपनि पर्छ । उहाँ जिल्ला जिल्लामा पुग्न सक्नुहुन्छ, साथीहरुलाई समय दिन सक्नु हुन्छ, यसमा धेरै गुनासो पनि नगरौं । चण्डिसँग मेरो विवाद भनेको महासंघमा अध्यक्षको कुर्सी एउटा मात्र छ र अध्यक्ष बनाउन सयौं जनाको हात छ । पूर्वअध्यक्षहरु कसैके पनि अधिकार छैन की अध्यक्षको ठाउँमा अर्को कुर्सि पनि राख्नुपर्छ भन्ने ।
हाम्रो अधिकार छैन की अध्यक्षको कोठामा अर्को कुर्सि राख्ने । त्यसैले अध्यक्षको कुर्सि एउटै मात्र हुन्छ ।हामी अध्यक्षलाई सहयोग गर्ने हो, मागेको बेला सुझाव दिने हो, संस्थालाई आवश्यक परेको बेला लड्ने हो तर, अध्यक्षलाई यो गर वा नगर भनेर निर्णय र निर्देशन दिने अधिकार छैन ।
तपाई अध्यक्षमा चुनाव लड्दा ढकालले खुलेरै सहयोग गरेको देखिएको थियो । तर, तपाई अध्यक्ष चुनिएको भोलिपल्ट ढकालसँग सम्बन्ध चिसियो, किन ?
मैले अघि नै पनि भने की अध्यक्ष बन्नलाई महासंघमा जतिसुकै राम्रो क्षमता भएपनि एक्लैले चुनाव जित्न सक्ने सम्भावना हुँदैन । त्यो बेलामा मलाई जसले जेसुकै भनेपनि मेरो कार्यकालमा एक जना महिला उपाध्यक्ष चाहिन्छ भनेर लागे र भवानीजी लाई अघि सारे । उहाँको सहयोगमा मैले चुनाव पनि जिते । त्यसै गरी पशुपतिजीको पनि सहयोग लिए, उहाँ मेरो उपाध्यक्षको रुपमा रहनुभयो ।
भाष्करराज राजकर्णिकारले धेरै सहयोग गर्नुभयो र मेरो कार्यकालमा बरिष्ठ उपाध्यक्ष भएर काम गर्नुभयो । त्यसैगरी प्रदिपजंग पाण्डेसंग काम गरियो । मैले भन्न खोजेको चुनाव भन्ने चिज एकजनाले जिताउने र हराउने भन्ने हुँदैन । त्यो क्रेडिट त सबैले लिन्छ । अझ, अहिलेको कुरा गर्दा भवानीजी असक्षम थियो भने कुरा पनि आएको छ । उहाँले त्यतिकै जितेको हैन, उहाँको क्षमता र योग्यताको कारण हो । त्यसैले अध्यक्ष बनेपछि एक जनाको मात्र कुरा सुन्नुपर्छ भन्ने हुँदैन, सबैको सुन्नुपर्छ ।
कोहि व्यक्तिले भनेको मात्र अध्यक्षले गर्नुपर्छ भन्नेहरुलाई टाढै राख्नुपर्छ भन्ने मेरो सल्लाह हो । मैले पनि त्यसैगरी राखेको हुँ । त्यहि आधारले मैले काम गरे र अब आउने नेतृत्वले पनि त्यस्तै गर्नुपर्छ । अध्यक्षको कुर्सिमा बसेपछि तपाईहरुले कोही व्यक्तिको हैन, साना ,मझौला र ठूला गरी सबै उद्योगी व्यवसायीको आवाज सुनेर काम गर्ने नेतृत्वको सधै सम्मान हुन्छ ।
तपाई अध्यक्ष रहेको बेला नेपालबाट बाहिर लगानी गर्न दिने विषयमा सरकार सकारात्मक रहँदारहँदै तपाईकै विरोधपछि नेपालीलाई विदेशमा लगानी नखोलिएको भन्ने आरोप छ नी ?
यो सत्य कुरो हो । नेपालमा हामीले १५ वर्षअघि नै गर्नुपर्ने लगानीको समय खेर गएको छ । त्यो बेलासम्म न नेपालीले लगानी गरे न त विदेशी लगानी नै यहाँ आयो । म अध्यक्ष हुँदा नेपालमा बेरोजगारको संख्या अत्याधिक थियो । युवाहरु बेरोजगार भएर विदेशमा गइरहेको बेला नेपाली व्यवसायीहरुलाई विदेशमा गएर लगानी गर्न दिएको भए अहिले हामी यो अवस्थामा रहने थिएनौं ।
विदेशमा लगानी गर्न दिएको भए भएको पैसा पनि बाहिर जान्थ्यो, बेरोजगारको संख्या बढ्नुको साथै यहाँ आयातित सामानहरुको गोदाममात्र हुन्थ्यो, त्यसैले मैले त्यो बेला विरोध गरे र अहिले पनि म विरोध नै गर्छु । जबसम्म नेपालको अर्थतन्त्र बलियो हुँदैन, तवसम्म विदेशमा लगानी गर्न दिनुहुँदैन भन्ने पक्षमा छु ।
तपाई सार्क चेम्बर अफ कमर्सको अध्यक्ष हुँदा केहि राम्रा कामहरु पनि भए । अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि पनि उच्च देखियो । अहिलेको अवस्थामा हेर्दा सार्क चेम्बरको गतिशिलता देखिदैन किन ?
अहिले सार्कको सम्बन्धमा कुरा गर्दा जबसम्म भारत र पाकिस्तान मिल्दैन तबसम्म सार्क अगाडी बढ्न सक्ने सम्भावना देखिदैन । म अध्यक्ष हुँदा धेरै प्रयास गरे । म पाकिस्तानमा जाँदा होस या भारतमा केहि कार्यक्रमहरु गर्दा दुबै मुलुकका परराष्ट्र मन्त्रालय, दुबै मुलुकका सार्कका डाइरेक्टरहरुलाई साथमै राखेर अगाडी बढ्थे । किनकी सार्कको बनावट नै हरेक व्यक्तिले सबै कुरा मान्नु पर्ने थियो । एउटा घरमा त दाजुभाइ मिलेर बस्न सक्दैंन भने सार्क मुलकमा सबैले सबैको कुरा कसले मान्ला ?
मैले अध्यक्ष लिँदा अफगानीस्तानमा सार्कको बैठक बसेको थियो । त्यहाँ पहिलो पटक थियो । सार्कको बैंठक । त्यो बेला मेरो उपाध्यक्ष ओम राजभण्डारी हुनुहुन्थ्यो । उहाँले धेरै सहयोग गर्नुभएको थियो । त्यो बेला कसैको दबाबमा नपरी काम गरेका थियौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यसैगरी पाकिस्तान, भुटानका मन्त्रीहरुसँग भेट गर्यौं । जुन आधारमा हामीले सरकारसँग मिलेर आफ्नो भूमिका निर्वाह गरेका थियौं । त्यसैको प्रतिफल हुनसक्छ मेरो कार्यकाल राम्रैसँग बित्यो । अहिलेका साथीहरुले पनि त्यहि किसिमको काम गरोस भन्ने कामना हो ।
मूल्याङ्कन भन्दा महासंघले अहिलेको जस्तो काम गर्ने राम्रो अवसर कहिले पनि पाएको थिएन । अहिले यस्तो मौका मिलेको छ की निजी क्षेत्रले कोभिडको बेलामा आफ्नो समस्याहरु उच्च स्तरमा पुर्याउन सकेको भए धेरै राम्रोे हुन्थ्यो । तर, नेतृत्वले यस्तो गर्न सकिरहेको छैन । मलाई थाहा छ की यसअघिका अध्यक्षहरु महेशलाल प्रधान होस या विनोद चौधरी वा म आफैंले पनि अहिलेको जस्तो मौका पाएको थिएनौं । अहिले हामीले आर्थिक विकासको नेतृत्व लिन सक्थ्यौं ।
अहिलेको यो अवस्थामा गर्नुपर्ने महासंघको कामको मूल्याँकन कसरी गर्नुहुन्छ ?
मूल्याङ्कन भन्दा महासंघले अहिलेको जस्तो काम गर्ने राम्रो अवसर कहिले पनि पाएको थिएन । अहिले यस्तो मौका मिलेको छ की निजी क्षेत्रले कोभिडको बेलामा आफ्नो समस्याहरु उच्च स्तरमा पुर्याउन सकेको भए धेरै राम्रोे हुन्थ्यो । तर, नेतृत्वले यस्तो गर्न सकिरहेको छैन । मलाई थाहा छ की यसअघिका अध्यक्षहरु महेशलाल प्रधान होस या विनोद चौधरी वा म आफैंले पनि अहिलेको जस्तो मौका पाएको थिएनौं । अहिले हामीले आर्थिक विकासको नेतृत्व लिन सक्थ्यौं ।
सरकार अहिले आर्थिक विकासका लागि कहाँबाट हात हाल्ने ? किनकी सरकार आफैं समस्यामा छ । स्थिर सरकार आउँदा पनि बेलाबेलामा मन्त्रीमण्डल परिवर्तन हुने खेल भइरहेको छ । सचिवहरु पटकपटक परिवर्तन भइरहेको छ । यस्तो बेलामा महासंघले सरकारसँग समन्वय गरेर नेतृत्व लिएर महासंघको तीन वर्षे कार्यकालमा राम्रो काम गरेर देखाउन पाएको भए धेरै अगाडी बढ्न सक्थ्यौं । यो मौका हामीले गुमाएको प्रति दुःख लाग्छ । आउँदा दिनहरुमा कसरी अगाडी बढ्छ भन्ने हो । त्यसैले अहिलेको नेतृत्वले आलटाल गरेर बस्नु हुुँदैन ।
लकडाउन कारण अर्थतन्त्र धरासायी भएको भन्दै व्यवसायीहरुले विकल्प खोजेर आर्थिक चलायमान गर्नुपर्छ भन्दै आएका छन् । यस्तो समयमा आर्थिक गतिविधिलाई चलायमान बनाउन के गर्न सकिन्छ ?
अहिलेको परिस्तिि बडो अप्ठ्यारो छ । लकडाउन खोल्दा मान्छेहरु धेरै मर्ने र नखोल्दा पनि कोभिडका कारण मर्नेको संख्या बढीरहेकोले सरकारलाई धेरै समस्या छ । त्यसैले अहिले निजी क्षेत्रहरुले आफ्नो स्थानहरुलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सरकारलाई धेरै सुझावहरु दिन सक्ने ठाउँहरु छ ।
अहिले धेरै निजी क्षेत्र, कम्पनी, उद्योगहरुले कर्मचारी, मजदुर कटौती गरेका छन् । भनेपछि यस्तो बेलामा सरकारले निजी क्षेत्रलाई केहि न केहि तबरबाट सहयोग पुग्ने गरी पछिसम्मलाई हुने गरी पुर्नउत्थानका प्याकेजहरु आएको छैन । महासंघको सुझाव मैले पनि हेरे, त्यसमा ठोस कुरा केहि थिएन र सरकारलाई भएका ठोस अप्ठ्यारोहरुलाई बुझेर चल्न दिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
उद्योग व्यवसाय खोल्ने भनेर मात्र भएन, श्रमिकको सुरक्षालाई पनि त हेर्नुपर्छ । अहिले विदेशका केहि मुलुकमा उद्योगहरु खोल्न दिए पनि त्यहाँ कार्यरत श्रमिकको मृत्यु भएमा उद्योग आफै जिम्मेवार हुनुपर्छ भनेको छ । नेपालमा हामी जिम्मेवारी लिन सक्छौं त ? कार्यालय समयसम्म त हामीले जिम्मेवारी लिउँला तर, बेलुका घरमा फर्केपछि उसले को को भेट्छ त्यसको सबै जिम्मा त लिन सक्दैनौं नी । त्यसैले यस्तो बेलामा सरकारले उद्योग व्यवसायहरुलाई सहुलियत दिन आवश्यक छ ।
हो, यहि सहुलियतको विषयमा सरकारले ल्याएको पुर्नउत्थान कोषको अधिकतम रकमलाई लिएर ठूला व्यवसायीहरु असन्तुष्ट हुनुहुन्छ । तपाईको विचारमा कतिसम्मको अधिकतम हुनुपर्ने थियो ?
सरकारसँग राहतमा अधिकतम यति उती भन्ने हुँदैन । बरु कस्ता खालका उद्योगहरु समस्यामा छन्,ती उद्योग व्यवसायलाई वर्गिकरण गरेर राहतका प्याकेजहरु दिन आवश्यक छ । किन की अहिले हरेक ठाउँमा समस्या छ । जुन, समधान गरेर सक्ने अवस्था नै छैन ।