काठमाडौं । अचेल बैंक मोबाइलमै छ । मोबाइल बैकिङ्गको पासवर्ड भूलियो भने त्यसलाई ‘रिसेट’ गर्न बैंक नै धाउनुपथ्र्याे । नबिल बैंकले सामान्य लाग्ने तर ठूलो झन्झटिलो प्रक्रियालाई सरल बनाएको छ । मोबाइल बैंकमै ‘फरगेट पासवर्ड’ अप्सनबाट नयाँ पासवर्ड सेट गर्न सकिन्छ ।
कोभिड–१९ र त्यसपछिको लकडाउनले गर्दा बैकिङ्ग प्रणाली नै डिजिटल उन्मुख भएको छ । सामान्यदेखि पैसा झिक्ने र खाता खोल्ने प्रक्रिया घरमै बसेर हुन थालेपछि विगतमा भौतिक रुपमा लिन सकिने सुविधाहरु डिजिटल हुँदा नयाँ पुस्तामात्र होइन पुराना पुस्ता पनि अभ्यस्त हुन थालेका छन् । डिजिटल बैंकिङ्गको नयाँ फिचर र सुविधा नबिल बैंकले थप्दै लगेको छ ।
डिजिटल प्रविधिको विकाससँगै अहिले विश्वबजार खुम्चिएको छ । डिजिटल प्रविधिको विकाससँगै मानिसहरुको व्यस्तता पनि धेरै बढेको छ । २४ सै घण्टा जसो मानिसहरु इन्टरनेटको पहुँचमा हुन्छन् ।
यस्तो बेलामा नेपालका बैंकहरु पनि प्रविधिमा फड्को मारिरहेका छन् । कुनै समय थियो बैंकमा घण्टौंसम्म लाइन बस्नु पर्ने । खाता खोल्न होस् या रकम झिक्न र जम्मा गर्न नै किन नहोस् । लामो प्रक्रिया पार गरेर काम गर्नुपर्ने प्रक्रियाका कारण धेरै मानिसहरु झन्झट मान्ने गर्दथे । विषेश गरेर सरकारी स्वामित्वमा रहेका बैंकहरुमा अझै पनि त्यहि किसिमको प्रक्रियाहरु यथावत रहेको छ ।
तर, निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले भने स्थापनाकाल देखिनै प्रविधिमा केहि न केहि अभ्यास गर्दै आइरहेको छ । नेपाली बैकिङ्गमा एपेक्स स्थानमा रहेको नबिलको आफ्नो वित्तीय सुचांकमात्र बलियो बनाएको छैन आफू सँधै पायोनियर हुन समय सापेक्ष बैकिङ्ग मोडल पनि परिवर्तन गर्दै आइरहेको छ ।
मोबाइल बैंकिङ्गको माध्यमबाट सबै प्रकारका बिल तिर्न कुरा अहिले सामान्य भैसकेको छ । रेष्टुरेन्ट होस् या सपिङ मलमा पुग्दा क्यूआर कोडमार्फत भुक्तानी गर्ने शैलीमा पनि उपभोक्ताले बानी पार्दैछन् ।
अब, एटिएम वा चेक नभए पनि नबिल बैंकले नयाँ पद्धती स्क्यान एन्ड वीड्र सुविधामार्फत चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंकको काउन्टरबाट दैनिक एक लाख रुपैयाँ झिक्ने व्यवस्था छ ।
नयाँ पुस्ता पुराना झन्झटिला प्रक्रिया मनपराउँदैनन् अर्थात उनिहरुसँग फुर्सद छैन् । जसका कारण सबैभन्दा छिटो सुविधायुक्त तरिकाले कामलाई सम्पन्न गर्ने मनसायमा केन्द्रीत हुन्छन् ।
२१ औं शताब्दिपछिका नयाँ पुस्ताको माग अनुसार नबिल बैंकबाट पूर्णरुपमा डिजिटल कारोबार मार्फत स्थापित हुँदै डिजिटल सेवामा अब्बल बन्ने तयारी छ ।
नबिल बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्गलाई ‘वान स्पट’ बाट व्यवस्थापन गर्नेको लागि डिजी बैंकको पनि स्थापना गरेको छ ।
डिजी बैंक ग्राहकले आफुले चाहेको समय, ठाउँ र सविधाअनुसार बैंकिङ्ग सेवा उपभोग गर्न पाउने गरि प्रविधिमा आधारित बैंक भएको नबिल डिजी बैंकका प्रमुख विनय रेग्मी बताउँछन् ।
नबिलले यसका लागि भारतको आइसीआइसीआइ बैंक र सूचना प्रविधिको अग्रणी कम्पनी हुवावे टेक्नोलोजीसँग रणनीतिक साझेदारी सुरु गरिसकेको छ ।
पछिल्लो समय मोबाइल बैकिङ माध्यमबाटै आर्थिक कारोबार बढी हुन थालेका छन् । त्यसैले सबै क्षेत्र अनलाईनबाट सेवा दिन केन्द्रीत हुँदै गएका छन् । विशेषगरी पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले मोबाइल बैंकिङ्को पहुँच बढी भन्दा बढी पुर्याउन रस्साकस्सी नै चलिरहेको छ ।
सेवाग्राहीको मर्म र चाहाना अनुरुपनै सेवाप्रदायक कम्पनी तथा संस्थाले पनि सेवालाई सोहि अनुसार डोर्याउन थालेका छन् । उपभोक्ताले लिने सेवा मध्ये बैंक तथा वित्तिय संस्थाको पहिलो नम्बरमा पर्छ । नयाँ पुस्ताको माग बमोजिम सेवालाई पूर्णरुपमा डिजिटल फर्ममा मुभ भइरहेको बैंक हो नबिल ।
बैंकको सम्पूर्ण आन्तरिक तथा बाह्य सेवालाई नबिल बैंकले डिजिटलाइज्ड् गर्न आक्रामक तयारीसमेत गरेको छ ।
स्थापना कालदेखिनै डिजिटल कारोबारलाई प्रोेत्साहन गर्दै आएको नबिलले हाल पेपरलेस नीति अगाडी सारेको हो । विश्व बजारमा भएकोे मोर्डन बैंकिङ्ग प्रणाली नेपालमा पनि विकास गर्ने र डिजिटल बैंकिङ्ग प्रणालीमा ग्राहकलाई केन्द्रीत गर्दै अगाडी बढेको छ ।
कम्प्युटराइज सिस्टममा आधारित भएरनै नबिल बैंकले ३६ वर्ष अगाडी सेवा सुरु गरेको थियो । नबिल बैंक स्थापना कालदेखि नै अनलाइन कारोबारलाई केन्द्रीत गर्दै आएको कारण नेपालको बैंकिङ्ग सिनारियो नै परिवर्तन भयो । नेपालको बैंकिङ्ग सिनारियो एकपछि अर्कोरुपमा विकसित हुँदैं गएपछि नबिल बैंकले आफ्नो व्यवस्थापन र सेवालाई थप उत्कृष्ट बनाउन खोजेको छ ।
नयाँनयाँ बैंकिङ्ग प्रणालीलाई आत्मसाथ गर्दै नबिलका सेवाले कम्प्युटर बेस, टेक्नोलोजी बेसमा बैंकिङ्ग प्रणालीले निरन्तरता पाउँदै गयो ।अब नबिल बैंकले दिइरहेको सेवा र हाल भएको बैंकिङ्ग प्रणालीलाई अपग्रेड गरी नयाँ डिजिटल बैंकिङ्ग सिस्टममा जाने घोषणा गरेको छ ।
नबिल डिजि बैंकका प्रमुख रेग्मी भन्छन्, ‘पहिला पनि नबिलले डिजिटल प्रोडक्टहरु नल्याएको र डिजिटल सेवा नदिएको भने होइन्, त्यस भन्दाअघि नबिलले आन्तरिक डिपार्टमेन्ट युनिटमार्फत नै आवश्यक्ता अनुसार बैंकिङ्ग प्रणालीलाई परिवर्तन गरी समयानुसार अघि बढ्दै आएको थियो । अब पुराना प्रणालीलाई व्यवस्थित गरी नयाँ स्वरुपमा विकास गर्न नबिल आक्रामक रुपमा लागी परेको छ’ ।
अब नबिलले समग्र बैंकिङ्ग सिनारियोलाई नै फरक बनाएर डिजिटल कारोबार सेवालाई निरन्तरता दिएको छ । डिजिटल प्रणालीलाई एकिकृत हिसाबले रोडम्याप ( योजनाको खाका) तयार गरी फरक शैलिमा प्रस्तुत हुने गरी डिजिटल बैंकको अबधारणा स्थापित भइसकेको छ ।
नबिल बैंकका ग्राहकले लिने सेवा प्राथमिकतामा राखेको छ । बिशेषगरी नबिलले सेवा दिँदा बैंकमा सेवाग्राहीको भिजिट शून्य नै बनाउँने नीति लिएको छ । ग्राहकले खाता खोल्न, कर्जा र कार्डहरु प्राप्त गर्ने, एलसी खोल्न, रेमिट्यान्स प्रोसेसदेखि सम्पूर्णकाम डिजिटल कारोबार मार्फत नै ग्राहकले सेवा उपलब्ध गराउने तयारी गरेको छ । डिजिटल अनलाइन कारोबारलाई चाहिने पूर्वाधारहरु एक्वायर गरि क्रमश कार्यान्वयन गर्ने छ ।
डिजि प्रमुख रेग्मी भन्छन, ‘ग्राहकको अनुरोधलाई मात्रै नभई सम्पूर्ण इन्टरनल प्रोसेसलाई डिजिटलाइजेसनमा लैजाने नबिलको तयारी हो । ग्राहकसँग बैंकले विभिन्न अनलाइन रिक्वेस्ट लिएको हुन्छ सोहि अनुसार बैंकले पनि सेवा उतिनै छिटो डेलिभरि पनि गर्छ’ ।
अब ग्राहकले खाता खोल्दा वा बैंकमा लोन प्रस्ताव गर्दा हप्तौं दिनसम्म स्वीकृत नहुने, बैंक धाइराख्नु पर्ने समस्याबाट मुक्ति पाइने रेग्मीको भनाई छ । बैंकले आन्तरिक प्रक्रियाहरुलाई पनि पूर्णरुपमा डिजिटल गर्ने प्रक्रिया अघि बढाइएको छ ।
नेपालमा नबिललाई ‘मष्ट मोर्डन’ बैंकको रुपमा स्थापित गर्ने तयारी छ । ‘ चीन, जापान, अमेरिका लगायत विकशित देशहरुमा सञ्चालित बैंकहरुको स्तरसम्म पुग्ने नबिल बैंकको योजना हो,’ रेग्मी भन्छन् ।
डिजिटल प्लेटफर्मबाट नबिल रिस्ट्रकचरीङ हुँदैं गएको छ । बैंकलाई पूर्णरुपमा डिजिटलमा लग्न नबिल डिजि बैंकको भर्टिकल क्रियट गरिएको छ । नबिलले पुराना डिजिटल प्रोडक्टसहित नयाँ नयाँ प्रविधियुक्त प्रडक्ट पनि उपलब्ध गराउने तयारी छ । हाल भइरहेको ग्राहक आफै बैंकमा उपस्थित हुनुपर्ने कागजका फर्महरु भर्नुपर्ने अवस्थालाई पूर्णरुपमा प्रतिस्थापन गर्ने भएको छ ।
नबिल बैंक पूर्वाधार तयार गरी अवश्यक जगको आधार तयार गर्दै छ । नबिल पूर्णरुपमा डिजिटल अनलाइन कारोबारमा भएपछि सबै सेवा अनलाइन मार्फत नै हुनेछन् ।
विशेषगरी नयाँ पुस्ताको मागअनुसार नै डिजिटल प्रणालीमा जानुपर्ने बाध्यता र अबको बैंकिङ यात्रा डिजिटल कारोबारबाट मात्र सम्भब रहेको रेग्मी बताउँछन् ।
नयाँ पुस्ता सँगै पुराना पुस्तालाई पनि आफ्नो डिजिटल बैंकिङ्ग सेवामा डोर्याउनुपर्ने बाध्यता छ । बैंकले चुनौतीको रुपमै पुरानो पुस्तालाई नयाँ सेवा अथवा प्रविधिमैत्री सेवामा कन्भर्ट गर्र्र्र्र्ने नै हो । पुराना पुस्तालाई पनि डिजिटल कारोबारमा कन्भर्ट गर्न विभिन्न तालिम प्याकेजको ल्याउने तयारीमा नबिल छ ।
‘धेरै प्रोडक्टहरु डिजिटलाइज्ड भइसकेको छ, केहि कुरा नयाँ बिस्तार गरिरहेका छौं’, ‘डिजिटल बैंङ्किङ सीमित समयभित्र सक्ने भन्ने हुँदैन, दीर्घकालिन रुपमा चल्ने र सेवा प्रवाह गर्न सक्नेगरी काम चलिरहेको हुन्छ‘ रेग्मीले भने ‘नबिलको एउटा फरक भटिकल भएकाले निरन्तर काम गरिहने छ । नयाँ टेक्नोलोजी आइरहेका हुन्छन भने पुराना प्रविधिलाई प्रतिस्थापन गरी विश्व बजारमा आएका नयाँ प्रविधिलाई ग्रहण गर्नुपर्ने पनि हुन्छ’ ।
विशेषगरी ग्राहकसँग इन्टरयाक्सन गर्ने पुरानो च्यानल भनेका ब्रान्चहरुमा गएर सेवा लिने, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, पीओएसओ मेसिन सेवा नै हुन । यी बाहेक ग्राहकलाई सेवामा आकर्षित गर्न विभिन्न डिजिटल प्रडक्ट ल्याउने योजना अघि बढाएको छ । यी सेवा सहित अन्य नबिल बैंकका डिजिटल सेवालाई विस्तार गरेर ग्राहकलाई सेवामैत्री बनाउन ओम्नी च्यानल प्लेटफर्म बनाउन लागी परेको छ ।
जहाँ ग्राहकको सेवा प्रस्तावहरु सबै ओम्नी च्यानलमै ठोकिन आउँछन् । ग्राहकको आवश्यक्ता ३६० डीग्रीमा हेर्नको लागी सीआरएम सफ्टवयर, कोर बैंकिङ्लाई अपग्रेड, विजनेश इन्टेलिजेन्स टुल्स, आर्टिफिसियल इन्टेलिजेन्स, कल सेन्टर लगायतका इन्टरनेट पूर्वाधार निमार्णगरी डिजिटल कारोबारलाई थप प्रभावकारी बनाउने र निरन्तरता दिइरहेको छ ।
अनलाइन कारोबार बढ्दै गएपछि विभिन्न साइबर अपराधका घटना छ्याप्छ्याप्ती भइरहेको छ । नबिल पूर्णरुपमा डिजिटल प्रणालीमा गएपछि साइबर सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्ने गरेको छ । विश्व बजारमा भएको डिजिटल कारोबारमा भएको सुरक्षामा भएको लगानी र पूर्वाधारलाई नबिलले फ्लो गरेको डिजि प्रमख रेग्मी बताउँछन् ।
प्रोडक्ट, एन्टीभाइरस, इन्फर्मेसन सिस्टम अडिट लगायतका सुरक्षासमेत अपनाएको छ । पूर्णरुपमा डिजिटल कारोबारमा नबिल गयो भने बैंकले दिइरहेको सेवा अझ सस्तो दरमा लिन सकिने छ भने लामो समयसम्म बैंकमा पर्खनुपर्ने बाध्यता हट्ने र समयको वचत हुन्छ ।
डिजिटल कारोबारमा जाँदा बैंकलाई लोनको प्रस्ताव गर्दा स्वीकृत हुने नहुँने भन्ने टुङ्गो हुँदैन् । बैंक पूर्णरुपमा डिजिटल कारोबारतर्फ गएपछि सबै स्टेपहरुको ट्रयाकिङ गर्ने सिस्टम उपलब्ध गराउने भएको छ । डिजिटल कारोबार भएपछि जनताले ‘छिटो सेवा पाउँछन, रियलटाइम जानकारी पाइन्छ, खर्च बच्छ र झन्भट घटछ । यस्तो अवस्थामा पनि ग्राहक सन्तुष्टि नहोलान र’ रेग्मीले भने ।
नबिलले केहि हप्ता अगाडीमात्र क्युआर क्यास नामक प्रोडक्ट सार्वजनिक गर्यो । बैंकमा आउँदा पैसा निकाल्दा चेक बुक लिएर आउने झन्झट हट्यो । नबिलका सबै बैंक काउन्टरमा यो सेवा उपलब्ध भइसकेको छ । क्युआर स्क्यान गरेर आफ्नो खातामा रहेको रकम झिक्न सकिने भएको छ । त्यस्तै एटिम कार्ड लिँदा प्राय बैंकहरुले एउटा छुट्टै कागजमा पिन नम्बर दिने गरेका छन् तर, नबिलले एटिएमबाटै पिनकोड परिवर्तन गर्न तथा नयाँ हाल्न सकिन्छ ।
त्यस्तै मोबाइल बैकिङ्ग पनि सोहिअनुसार परिवर्तन गर्न सकिन्छ । बैंकले इन्स्ट्यान्ट लोनको विषयमा गृहकार्य गरिरहेको छ । इन्स्ट्यान्ट लोन बैंकले सानो ऋण प्रवाहबाट सुरु गर्ने छ । सो कार्यान्वयनमा आइसकेपछि थोरै ऋणबाट मोबाइल बाटै कर्जाको लागि ग्राहकले प्रस्ताव गर्न सक्नेछन् ।
ग्राहकको उक्त प्रस्तावलाई बैंककै प्रणाली अर्थात आर्टिफिसियल इन्टेलिजिन्स बेस सिस्टमले काम गर्छ र योग्य हो अथवा होइन भनेर एन्लाइजड् गर्ने काम गर्छ । मोबाइल एपमा नै भएको उक्त प्रणालीले ग्राहकको लोन स्वीकृती गर्छ ।
ग्राहकले कर्जाका लागि बैंक धाउनुपर्ने अवस्थालाई प्रतिस्थापन गरी एक मिनेटमा लोन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । पहिलो चरणमा नबिलले एक लाख रुपैयाँदेखि सुरु गर्ने तर भविष्यमा यसको दायरालाई फराकिलो बनाउदैं लग्ने छ । यो व्यवस्था मध्यम स्तरका श्रमजिवी ग्राहकमा बढी केन्द्रीत भएको बताइएको छ ।
‘बिशेषगरी जागिर गरेर खाने मानिसहरु सीमित समयमा भएको आएको तलब सकिन्छ र त्यसपछि साथीभाई नातागोताबाट सापटी माग्ने पछिल्लो समय ट्रेन्ड चल्दै गएको छ ।
बैंक भन्ने बित्तिकै ठूलो रकम मात्र लोन लिनका लागी नै खोलिएको भन्ने बुझिन्छ । अब त्यसरी हुँदैन, साथिभाई जस्तै छोटो समयको लागी गर्जो टार्ने बैंक किन बन्न नसक्ने ? यो ट्रेन्डलाई पनि नबिलले परिवर्तन गर्न खोजेको छ’, रेग्मीले भने ।