काठमाडौं । पछिल्लो समय नेपाली बजारमा २०० सेग्मेन्टका बाइकहरुले चर्चा पाउँन थालेका छन् । विशेषेगरी अहिले युवाहरु १५० सेग्मेन्टका बाइक छोडेर २०० तिर आकर्षित हुँन थालेका छन् ।
खासगरी नेपाली बाइक बजारमा बढी लोकप्रिय बाइक हुन बजाज पल्सर एनएस २०० र अपाचे आरटीआर २०० । रेसर बाइकका लागी चर्चित यी बाइक रडकमा बढीनै कुदेको देखिन्छ । लामो तथा छोटो दुरी यात्रा गर्न सहज हुँने यी बाइक बढीनै विकिरहेका छन् । बजारमा अहिले बढी चर्चा पाएका यी दुई बाइक मध्य कुन शक्तिशाली भन्ने बिषयमा तपाईंलाई जानकारी दिँदै छौं ।
पल्सर एनएस २००
बजाज पल्सर २००ले नेपाली युवाको मन जितिसकेको छ । नेपालको सर्वाधिक बिक्री हुने प्रिमियम स्पोर्टस बाइक बजाज पल्सर सबभन्दा धेरै बिक्ने बाईकको मोडल हो । सन् २००१ मा पहिलो पटक उत्पादन भएको बजाज पल्सरको ११ वटा भर्सनमा बजारमा आईसकेका छन् । सुरुमा १५० सीसी इन्जिन अप्सनमा आएको पल्सर, त्यसपछि विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ ।
पल्सर एनएस बाइक विगत १७ वर्षदेखि स्पोर्टस सेगमेन्टमा एकछत्र राजगर्न सफल भइरहको छ । भर्रखरै एचएच बजाजले पल्सरको नयाँ भर्सन एनएस २०० एबीएस ल्याएको छ । जसले युवाको मन लोभ्याएको छ । को लन्चसँगै पल्सारमा अब स्पीडको साथै राम्रो ब्रेकिङ पफर्मेससहित यो बाइक चलाउन अझ रमाईलो र अझ बढी सेफ्टी भएको छ ।
एनएस २०० एबीएसमा मोटो ह्वील, मोटो टायर, च्यासीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ । यसको इन्सुटुमेन्ट क्लस्टर सेमी डिजिटल रहेको छ भने, टेललाईट एलइडी रहेको छ । यसमा गरिएको अरु परिवर्तनमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल र लामो व्हील्बेस हो ।
एनएस २००मा इन्जिन अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभल लगाएतका बिशेषताले लोभ्याएको छ । यो बाइको तौल १५४ केजी रहेको छ ।
पल्सर एनएस २००मा १९९.५ सीसीको इन्जिन दिइएको छ । जसले ९ हजार पाँच सय आरपीएममा ३२.२३५ बीएचपी पावर टर्क उत्पादन गर्छ । । यसकस्पिड १२० किलोमिटर रहेको छ भने, १२ लिटर क्षमताको पेट्रोल ट्याङ्की दिइएको छ । यो बाईक ६ गिएरमा उपलब्ध रहेको छ भने ग्राउण्ड क्लीयरेन्स नेपाली बाटोलाई सुहाउँदो १६८ एम एम रहेको छ । नेपाली बजारमा यो बाईक बिभिन्न चार कलर भेरिएन्टमा उपलब्ध रहेको छ । जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु, एन्ड ग्लसी पेव्टर ग्रे रहेको छ । नेपाली बजारमा बजाज पल्सर एनएस २०० को मूल्य ३ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
आरटीआर अपाचे २००
टिभीएस मोटरले अत्याधुनिक प्रविधिको सुविधा सहितको अपाचे आरटीआर२०० ४भी को नयाँ २०२० संस्करण गत केहि हप्ता अगाडी स सार्वजनिक गरिसकेको छ । टिभीएस अपाचे आरटीआर २०० ४भी को यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त फिचर दिइएको छ । यस मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्नबाईटर्न नेभिगेसन, लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ ।
एबीएस वीथ आरएलपी रियर ह्वील लिफ्ट फेदर टच स्टार्ट, रेडिएल टायर, एलइडी हेडलाइट, नयाँ रेसिङ ग्राफिक्स र उन्नत स्लिपर क्लच जस्ता सुविधासमेत छन् । अपाचे आरटीआर २०० ४भीको नयाँ २०२० संस्करणमा १९७.७५ सीसी एकल सिलिण्डर ४स्ट्रोक, ४ भल्भ आयल कुल्ड इन्जिन मोटर रहेको छ । जसले ८५०० आरपीएममा २०.५ पीएस ७००० आरपीएममा १८.१ एनएम पावर उत्पादन गर्दछ ।
ग्राउन्ड क्लियरन्स १८० एमएम भएको यो बाइकमा १२ लिटर इन्धन क्षमता दिइएको छ । कम्पनीका अनुसार यो बाइकले प्रति लिटर ५० किलोमिटर माइलेज दिन्छ । नेपाली बजारमा यसको मुल्य तीन लाख २५ हजार तोकिएको छ ।