काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञामा होम डेलिभरी र ‘टेक अ वे सेवाका लागि स्पष्ट मापदण्ड नभएकै कारण ई–कमर्श कम्पनी समस्यामा परेका छन । स्पष्ट मापदण्ड नभएरै यस्तो सेवा प्रभावित मात्र नभई बन्द गनुपर्ने अवस्थामा पुगेको ई–कमर्श सञ्चालकहरुको भनाई छ ।
बिहीबार आधा दर्जन ई–कमर्श कम्पनी सञ्चालकहरुलाई माथिको आदेश भन्दै प्रहरीले पक्राउ गर्यो । युजी बजारका सहसंस्थापक निकिता आचार्य, डल्लेका आलोक योञ्जन, सोचेको डटकमका शैलेश लोहनी, फुडमान्डुका संस्थापक मनोहर अधिकारी, अनलाइन किरानाका संस्थापक सागरदेब भट्ट, फुडमारीयोका रोहित तिवारी, लगायतलाई मापदण्ड विपरित सेवा दिइरहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
युजी केकका संस्थापक किरण तिमल्सिनाले एकैचोटि ४ बजे प्रशासनले बल प्रयोग गरेर होमडेलिभरी सेवाप्रदायक कम्पनीका सञ्चालकलाई नियन्त्रणमा लिनु निन्दनिय भएको बताए । उनका अनुसार जिल्ला प्रसाशनको स्पष्ट मापडण्ड नहुँदा समस्या आएको हो । ‘
स्वास्थ्य सुरक्षा अपनाएर होमडेलिभरी सेवा दिइरहेको बेलामा पक्राउ गर्नु खेदजनक छ’ उनले भने ‘कि त सेवाप्रदायकलाई पक्राउ गर्नुअघि सर्कुलस जारी गरेको भए हुन्थ्यो’ तर, जिल्ला प्रशासन कार्यालयले जारी गरेको मापदण्डमा स्पष्टता नभई सञ्चालकहरुलाई अनुमति बिना आफ्नो नियन्त्रणमा लिनु गलत कार्य हो ।
यसअघि पनि सरकारकै अस्पष्ट नीतिले यस्ता व्यवसाय समस्यामा पर्दै आएका छन । प्रशासनले जारी गरेको सूचनामा सवा ९ बजेसम्म अत्यावश्यक व्यवसाय सञ्चालन गर्न पाउने भनिएको छ । तर, यस्ता सेवाप्रदायकले पनि अत्यावश्यक समान होम डेलिभरी गरिरहेका छन् । ई–कर्मश सञ्चालकलाई हचुवाकै भरमा बल प्रयोग गरिएको उनिहरुको भनाई छ ।
फुडमाण्डुका सस्थापक मनोहर अघिकारीले ई–कमर्श सञ्चालकहरुलाई कुनै स्पष्टता नभइ प्रहरीले पक्राउ गर्नु निन्दनीय रहेको बताउँछन् । ‘जिल्ला प्रशासको नोटिस हेर्ने हो भने प्रष्टरुपमा लेखिएको छैन्’ उनले भने ‘ प्रहरी एक्सनमा गएपनि डेलिभरी गर्न पाउने नपाउने विषयमा अझै अन्योल नै छ’ । उनका अनुसार समय कम हुने भएकाले ९ बजे अगाडी होम डेलिभरी गर्न सम्भव हुँदैन ।
सस्तो डिलका संस्थापक आमुल थापाले कोभिडको संकटको समयमा अत्यावश्यक सेवानै प्रभावित नै हुने गरी प्रहरी एक्सनमा जानु नहुने बताए । ‘घरघरमा डेलिभरी गर्नेले कोरोना फौलिदैन्’ उनले भने खाद्यान्न, तरकारी लगायतका अन्य अत्यावश्यक बाहेकका सामान पनि होम डेलिभरी गरिरहेको पाइएको छ त्यस्तो सेवा बन्द गर्नुपर्छ’ । अहिले पैसा कमाउने भन्दा पनि राज्यलाई कसरी महामारीमा सहयोग गर्ने भन्ने विषय बढी प्रथामिकतामा दिनुपर्ने उनको भनाई छ ।
आमुल भन्छन ‘राज्यका नियामक निकाय र मन्त्रालयबीचनै समन्वयको अभाव देखिएको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले एउटा भन्छ, प्रहरीहरुले अर्को निर्देशन दिने समस्याका कारण पनि विभिन्न समस्या झमेला आइरहेको छ । चार निकायबाट चारथरी निर्देशनका कारण पनि व्यवसायलाई असर परिरहेको सस्तोडिलका संस्थापक थापाले बताए ।
‘तपाईहरुले यस्तो समयमा सेवा दिन पाउनुहुन्न मात्र भनिदिएको भए सेवाप्रदायकहरुले नमान्ने कुरा थिएन । तर, आक्रामक शैलीमा सेवामाथिको हमलाले थप प्रश्न चिन्ह खडा गराइदिएको छ’ थापाले भने ।
किराना अनलाइनका सञ्चालक सागर भट्टले जिल्ला प्रशासन र सेवाप्रदायक दुबैको दोष रहेको बताउँछन् । ‘सेवाप्रदायकलाई फुड र रेष्टुरेन्टको डेलिभरी गर्न हुँदैनथ्यो र तर भइरहेको रहेछ’ उनले भने ‘जसका कारण पनि प्रहरी आक्रामक रुपमा प्रस्तुत भएको पाइएको छ’ । गल्ती गरेको छ उसलाई मात्र नसमातेर अरु सेवाप्रदायकलाई नियन्त्रण गर्नु गलत रहेको भट्टराईको भनाई छ ।
प्रहरीले दाल, चामल तरकारी, डाइपर र रेष्टुरेन्ट परिकार डेलिभरी गर्ने सबैलाई एउटै सेक्टरमा हालेको अनलाइन किरानाका संस्थापक सागर भट्टको दाबी छ ।