काठमाडौं । उपत्यकामा अत्यावश्यक समानको होमडेलिभरी सेवा दिदै आएका कम्पनी सञ्चालकहरूलाई प्रहरीले धमाधम पक्राउ गर्ने थालेको छ ।
जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्डअनुसार सेवा दिदै आएका कम्पनीका सञ्चालकहरुलाई बिहिबारदेखि कारवाही गर्न थालेको हो । बिहीबार साँझ विभिन्न क्षेत्रबाट आधा दर्जन र्इकमर्श सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
युजी बजारका सहसंस्थापक निकिता आचार्य, डल्लेका आलोक योञ्जन, सोचेको डटकमका शैलेश लोहनीलगायतलाई मापदण्ड विपरित सेवा दिइरहेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
डिजिटल पेमेन्टलाई फोकस गरेर खाद्यन्न डेलिभरी गर्न खोज्दा पनि प्रहरीले नियन्त्रणमा लिएको एक सञ्चालकले जानकारी दिए ।
कुनै जानकारी बिना भ्यानमा हालेर प्रहरीले लगेको बताउँदै ती सञ्चालकले कम्तिमा स्पष्टसँग जानकारी गराएको भए हामी सेवा बन्द गर्न तयार थियौ ।
त्यस्तै फुडमारियो , किराना, फुडमाण्डुसमेत कारवाहीमा परेका छन्। हाल यी कम्पनीले खाद्यान्य, तरकारी र खाना डेलिभर गर्दै आएका थिए ।
युजिबजारका सहसंस्थापक किरणले फेसबुक स्टाटस मार्फत कुनै जानकारी बिना नै बाटोबाटै सोझै प्रहरीले पक्राउ गरेको भन्दै विरोध गरेका छन । बिहान ९.१५ पछिको समयमा डेलिभरी गर्न नपाइने भन्दै प्रहरीले सोझै पक्राउ गरेको बताइएको छ ।