काठमाडौं । घर मानिसको सपना र योजनामा पहिलो प्राथमिकता पर्ने सूची हो । मध्यमवर्गियका लागि त जिन्दगीभरको कमाई घरमा लगानी भएको हुन्छ । ठूलो मेहनेत गरेर किनेको वा बनाएको घरमा समस्या आइरहँदा लागत मात्र होइन तनाव पनि बढ्दै जान्छ ।
घर किन्दा वा बनाउँदा परामर्श आवश्यक छ । नयाँ घर किन्नुस वा पुरानो तर त्यो घरको ‘स्वास्थ्य’ कस्तो छ, त्यो थाहा पाउन आवश्यक छ । घरको स्वास्थ्य परीक्षण गर्ने तीन चिकित्सकहरुले स्कील सेवा सुरु गरेका छन् । घर खरिद गर्नु अघि एक कलको भरमा तपाईको घरमा आएर प्राविधिकहरुले चेकजाँच गर्ने प्रविधिको विकास गरि सेवा दिन थालेका छन् तीन युवा रमेश तिमल्सिना, रामशरण बिक्रम थापा र महेश तिमल्सिनाले ।
स्कील सेवाले तपाईले किन्न लागेको घरको गुणस्तर चेकजाँच गरि समस्या पहिचान गरेर समाधान पनि खोज्ने छन् । भवनको विभिन्न उच्चप्रविधि मार्फत परीक्षण गरि रहेको र उत्पन्न हुनसक्ने सम्भावित समस्या पत्ता लगाउने प्रक्रिया होम इन्सपेक्सन सेवा दिन थालेको हो स्कील सेवाले ।
पछिल्लो समय आफैले जग्गा किनेर घर बनाउनु भन्दा अरुले बनाइदिएको घर किन्ने चलन छ । घर बनाउँदा ठूलो झन्झट व्यहोर्नुपर्ने बाध्यताबाट टाढा रहन प्राय मानिसहरुले यस्तो विधि अपनाउने गरेका छन् । प्राय हचुवामै आँखाले बाहिरी आवरण अनुमान गरेकै भरमा घर किन्ने प्रचलनले ठूलो जोखिम निम्तिने समेत गरेको छ । यस्तै जोखिम न्युनिकरण गर्न र गुणस्तरहीन मापदण्ड विपरित बनेका घरको पहिचान गर्न स्कील सेवाले काम थालेको हो ।
ख्व :प ईन्जिनियरिङ कलेजबाट सिभिल ईन्जिनियरिङ गरेका तीन युवाले स्किल सेवा हाँकिरहेका छन् । जसरी मानिसले आफ्नो शरीरलाई नियमित रुपमा अस्पताल गएर चेकजाँच गर्छ त्यसरीनै स्किल सेवाले नयाँ तथा पुराना घरको परीक्षण गरेर आवश्यक उपचार सेवा दिइरहेको छ । खासगरी यी युवालाई ‘घर जाँच्ने चिकित्सक’को रुपमा पनि लिन सकिन्छ । जसले घरको एक्स्रे गरेर भएको समस्या पहिचान गरी समाधान पनि गर्छन् ।
विशेषगरी कुनैपनि मानिसले घर किन्दै छ वा घरमा भएका प्राविधिक समस्या आउनुभन्दा अघिनै विभिन्न हाइटेक डिभाइस, सफ्टवेर डिभाइस मार्फत घरको समस्यालाई स्क्यानिङ गरेर समस्या पहिचान गर्नुनै स्किल सेवाको मुख्य उद्देश्य हो ।
यसरी गर्छ काम
कुनै ग्राहक घर किन्ने तयारीमा हुन्छ र सो घरको भित्रि समस्या भए नभएको पहिचान गर्न स्कील सेवालाई सम्पर्क गर्छ । समस्यालाई पहिचान गर्न स्कील सेवाले एउटा टिम पठाउँछ । सेवाले विदेशबाट हाइटेक डिभाइसहरु ल्याएको छ । इन्जिनियर टेक्निसियनहरुले थर्मल क्यामेरा, मिक्चर मिटर, स्टक डिटेचरहरुमार्फत सो घरको समस्या पहिचान गरिदिन्छ ।
घरमा आएका नदेखिने (हिडन) समस्या लिकेज, सिकेज, स्ट्रक्चर सिस्टम लगायत क्रियाकहरुलाई कम्पनीको सफ्टवयरमार्फत जुनजुन ठाउँमा समस्या, र समस्या समाधन गर्न लाग्ने लागत सहित एउटा रिपोर्ट तयार पार्छ । उक्त रिपोर्टअनुसार ग्राहक सन्तुष्ट भएमा कम्पनीले एउटा टिमको माध्यमबाट सिस्टेम्याटिक, साइन्टिफिक ढङ्गले समस्या समाधन गर्छ । स्कील सेवाबाहेक बजारमा अन्य मेन्टिनेन्स कम्पनीहरु भएपछि सिस्टमेटिक ढङ्गले स्कील सेवा नेपालमा आएको हो । होम इन्सपेक्सन र रिनोभेसनमा स्कील सेवानै पहिलो कम्पनी बनेको छ ।
विशेषगरि घरहरूमा एउटै किसिमको समस्या बारम्बार आइरहन्छ । जस्तै आज फ्यूज बिग्रिएर फेरिन्छ, पुन अर्को हप्ता बिग्रिसकेको हुन्छ । फ्यूज जस्तै पानीको पाइप, बत्ति, सिमेन्ट गुणस्तर, रड, रङ, रेलिङ् लगायतका विभिन्न समस्या आइरहेका हुन्छन् । प्लम्बर र इलेक्ट्रिसियनबाट पनि कतिपय अवस्थामा समस्या समाधान भएको हुँदैन ।
यस्तो अवस्थामा स्कील सेवाले थर्मल क्यामरा, मोइस्चर मिटरलगायत उपकरणको प्रयोग मार्फत घरको एक्सरे गरी समस्या पहिचान गर्छन । घरको भित्ताको प्लास्टरभित्र तार चुँडिएको, पाइप फुटेको,पानी रसाएको समस्या जाँच गरिन्छ । ग्राहकले यदि स्कील सेवामार्फत सेवा लिन चाहेको खण्डमा वेवसाइटमार्फत नै अर्डर गर्नुपर्ने हुन्छ ।
यसरी बन्यो प्लान
स्कील सेवा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीबाट फुरेको एउटा आईडिया हो । सिभिल इन्जिनियरिङ अध्ययन गरेका तीन युवा रमेश, रामशरण र महेशकै योजनामा स्कील सेवा सुरु भएको हो ।
रमेशले डिप्लोमा मेन्टिनेन्स अटो मोबाइलसमा इन्जिनियरिङ् गरेका छन् । पछि उनले सिभिल इन्जिनियरिङ अध्यन गरेका हुन् । अहिले उनकै नेतृत्वमा कम्पनी अगाडी बढीरहेको छ । यी तीन युवा २०७२ सालको भूकम्पमा इन्जिनियरिङ पढ्दै थिए । त्यतिबेलै कलेजबाट प्रोजेक्टवर्क गर्दै यस्तो विजनेश सुरु गर्ने कन्सेप्ट अगाडी बढीसकेको थियो ।
भुकम्प ताका भत्किएका, चर्किएका घरहरुमा पाइप, बत्ति तथा इन्टरनल समस्याहरु अन्दाजकै भरमा समस्या गर्नुपर्ने देखेपछि युवाहरुले नयाँ प्रविधि भित्र््याएर अनुमानका भरमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्कील सेवा सुरु गरेका हुन । युवाले कलेज सकिनुलगतै डिमान्ड अनुसार व्यक्तिहरुको घरघर गएर सेवा दिइसकेका थिए ।
इन्जिनियरिङ कलेजहरुको प्रोजेक्ट प्रतिस्पर्धामा २० भन्दा बढी नयाँ प्रोजेक्ट गरिसकेका यी युवाले पढाई सकिनासाथ यो स्कील सेवामा ध्यान केन्द्रीत गरे । कलेज टाइमदेखिनै यस्ता क्रियाकलापमा सक्रिय रहेका यी युवाले सुरुवाती दिनमा एउटा कोठाबाट ३ लाख रुपैयाँ लगानीबाट सुरु गरेका हुन । स्कील सेवा गत पुसबाट तीन युवा टिम सहित औपचारीक रुपमा कम्पनी नै सुरु गरेका थिए ।
‘हामीले कलेजकै प्रोजेक्टबाट टिमवर्क गर्न सिकेका थियौं’ सोहिअनुसार नयाँ तरिकाबाट सानो प्रोजेक्टबाट कामलाई निरन्तरता दिएका हौं’ स्कील सेवाका संस्थापक रमेशले भने । ‘हामीले कलेजमा गरेका प्रोजेक्टहरु ठूला थिए तर ठूला कुरा सकिने रहेछ तर औपचारीक रुपमा गर्नको लागि सानैबाट सुरु हुनपर्ने रहेछ’, उनले भने ।
प्रविधिको प्रयोगबाट नेपालमै केहि गर्ने उद्देश्यले स्थापित भएको स्कील सेवा कलेजमा प्रोजेक्टवर्कको क्रममा फुरेको आइडियालाई विजनेशमा परिणत गरेका हुन । पुसबाट औपचारिक रुपमा सुरु भएको स्कील सेवा ४ महिनामै कोरोना भाइरसको चपेटामा परेको छ । नेपालमा लकडाउन भएपछि चार महिना खासै बजार विस्तार तथा सेवा प्रवाह गर्न सकेनन् । असारबाट लकडाउन खुकुलो भएपछि असार र साउन महिना राम्रो विजनेश गरेको तिमल्सिनाको भनाई छ ।
यसबिचमा स्कील सेवाले ५० वटा भन्दा बढी घरहरुको प्राविधिक टेस्ट गरि समस्या समाधान गरिसकेको छ । अहिले स्किल सेवासँग ५०० जना अफिस स्टाफ र १५ देखि २० जना प्राविधिक टिम रहेका छन् । हाल निषेधाज्ञा भएका कारण काम रोकिए पनि यस भन्दा अगाडी पूर्णरुपमा काम गरिरहेको थियो । खासगरी स्किल सेवाले अफिस वनर, विजनेश गु्रप र घरपटी लगायत उपत्यकाका घरमालिकहरुलाई टार्गेट गरेर सेवा सुरु गरेको हो ।
हाल स्कील सेवामा अपर क्लासका ग्राहकसँग बढी सहकार्य रहेको बताइएको छ । समस्या पहिचान गर्न सजिलो हुन्छ तर स्कील सेवाले समस्या समाधन बजारमा भइरहेको भन्दा फरक र बैज्ञानिक तरिकाले हने भएकाले महँगो पर्न जाने संस्थापक तिमल्सिनाको भनाई छ ।
घरजग्गा व्यवसायमा एजेन्टले जस्तो घरलाई पनि राम्रो भनेको हुन्छ । तर, बाहिर राम्रो भएपनि भित्रि प्राविधिक भाग गुणस्तरहिन पनि बनाइएको हुनसक्छ । जीन्दगीभरको कमाइ र मिहिनेतले किन्ने घरमा कमसल सामान भए नभएको, गुणस्तर कस्तो छ ? मापदण्ड अनुसार बनेको हो वा होइन ? सिस्टमहरु कति उपयोगी छन ? जस्ता विभिन्न विषयमा मानिसलाई घर किन्नको लागी सहयोग गर्ने कार्यमा स्कील सेवा बढी केन्द्रित रहेको छ । यसलाई दीगो रूपमा कसरी समाधान गर्ने भन्ने रमेश र उनको समूहले सोचेरै सेवा अघि बढाएको हो ।
‘एक लाख खर्चेर घरमा रङ लगाउनुभयो, दुई हप्तापछि रङ उड्छ’ रमेश भन्छन् ‘कारण घरको भित्तामा कुनै समस्या छ । यस्ता समस्या सधैँका लागि हटाउन ‘होम इन्स्पेक्सन’ सुरु गरेका हौँ ।’ ‘थर्मल क्यामराले भित्री समस्या देखाइदिन्छ,’ रमेश भन्छन्, ‘तार चुँडिएको वा क्¥याक भएको पनि सजिलै देख्न सकिन्छ, जसका कारण अन्दाजमा काम गर्नुपर्दैन ।’
मानिसको शरिरको ‘होल बडी चेकअप’ गरेजस्तै घरको ‘होम इन्स्पेक्सन’ भएको उनी बताउँछन् । ‘घरको होल बडी जाँचले समस्या सुरुमै पत्ता लगाइन्छ,’ उनी भन्छन्, ‘ठूलो क्षति हुन नदिई मर्मत गरिन्छ ।’ हाल स्कील सेवाले बैँक, एनजीओ, प्राइभेट स्कूलहरूको काम गरिसकेको छ ।