एजेन्सी । कोरोना भाइरस महामारीका कारण अहिले विश्वका अधिकांश मुलुक आर्थिक संकटसँग जुधिरहेका छन । विश्व अर्थतन्त्र ऋणात्मक अवस्थामा पुगेको छ । यसबीच विश्वका कतिपय धनाढ्य तथा व्यवसायिक प्रतिष्ठानको सम्पत्ति पहिलेभन्दा धेरै बढेको छ । ब्लुमबर्गमा धनाढ्यको सूचिभित्र रहेका विश्वभरका धनीहरुको सम्पत्ति १४ खर्ब डलर पुगेको छ । यी सम्पत्तिहरु खुद्रा, मिडिया, कृषि कम्पनी, प्रविधिको आम्दानीबाट प्राप्त भएका हुन ।
ब्लुमबर्गले २०२० जुलाई २४ मा उपलब्ध भएको अर्को कूल मूल्यको फिचरबाट धनाढ्यको नयाँ ग्रेड निर्धारण गरेक छ । सूचीमा धनाढ्यलाई ग्रेड गर्न ब्लुमबर्गले पैतृक सम्पत्तिबाट आर्जित धन, राज्यबाट आर्जित धनहरुलाई ठाउँ दिएको छैन । संयुक्त लगानीका कम्पनी र उद्योगबाट सम्पत्ति आर्जन गरेका नवधनपतिहरुलाई मात्र ठाउँ दिइएको छ ।
२५. ली परिवार
२९ अर्ब अमेरिकी डलरको सम्पत्ति भएको ली परिवारको आम्दानीको मूख्य स्रोत भनेको सामसङ कम्पनी हो । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक कम्पनीको स्वामित्वकर्ता ली परिवारको अन्य ६२ वटा कम्पनीहरु सञ्चालनमा छन ।
२. प्रिट्जकर परिवार
२९ अर्ब ६० करोड अमेरिकी डलरको सम्पत्ति भएको प्रिट्जर परिवारको मूख्य स्रोत भनेको ह्यात होटल हो । प्रिट्जर परिवारका अभिभावक एएन प्रिट्जरका छोराहरु जे, डोनाल्ड र रोबर्टले ह्याट होटल चेनको निर्माण गर्नुका साथै मरमुन ग्रुपजस्ता होल्डिङहरुमा लगानी गरेर सम्पत्ति आर्जन गरेका छन । आज उनीहरुको सम्पत्ति १३ जना सदस्यमा बाँडिएका छन । जसमध्ये ११ जनाहरु अर्बपतिको सूचीमा छन । २००० को दशकमा यी सदस्यहरुबीच आपसी मतभेद र अविश्वास उत्पन्न भयो र अन्त्यमा सबैजना छुट्टिने निर्णयमा पुगेका थिए ।
२३.क्वाक परिवार
३० अर्ब ४० करोड सम्पत्तिको स्वामित्व भएका क्वाक परिवारको सम्पत्तिको मूख्य स्रोत भनेकै सन हङ केइ प्रोपर्टिज हो । १९७० को दशकमा क्वाक ताक सेङको सन हङ केइ प्रोपर्टिज त्यस बेला हङकङको सबैभन्दा ठूलो प्रोपर्टीको रुपमा उदाएको थियो । २००८ मा उत्पन्न भएको पारिवारिक मतभेदपछि थोमस र रेमोण्ड क्वाकले उनीहरुको तेस्रो भाई वाल्टर क्वाकलाई हटाएर कम्पनीमा नियन्त्रणमा लिएका थिए ।
२२.फेरेरो परिवार
३० अर्ब ५० करोड डलर सम्पत्ति भएको फेरेरो परिवारको सम्पत्तिको मूख्य स्रोत भनेको फेरेरो ग्रुप हो । यो कम्पनी सन १९४० मा इटालीमा स्थापना भएको हो । तब माइकल फेरेरोले त्यो कम्पनीलाई नुटेला नाम दिएर सुरु गरेका थिए । नुटेलाको एउटा पारिवारिक चकलेट पसल थियो जुन पछिल्लो समय अर्बौ डलरको व्यवसायको रुपमा विकास भइसकेको छ । फेरेरो परिवारले अहिले फेरेरो रोचर, टिक ट्याक मिन्ट, किन्डर चकलेट र बटरफिंगर बार जस्ता लोकप्रिय ब्राण्ड चकलेटहरु उत्पादन गर्दै आइरहेको छ ।
मिकेलको छोरा जियोभानी फेरेरो अहिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन । उनी इटलीका सबैभन्दा धनाढ्य व्यक्ति पनि हुन ।
२१.चेइराभानोन्ट परिवार
३० अर्ब ७० करोड डलर सम्पत्तिको स्वामित्वकर्ता चेइराभानोन्ट परिवारको सम्पत्तिको मूख्य स्रोत भनेको चेरियन पोकफाण्ड ग्रुप हो । यो कम्पनी १९२१ मा स्थापना भएको हो । अहिले कम्पनीको सीईओ नाती रहेको ब्लुमबर्गले बताएको छ ।
२०.न्यूहाउस परिवार
३१ अर्ब डलर सम्पत्ति भएको एड्भान्स पब्लिकेसनका स्वामित्वकर्ता न्युहाउस परिवार हो । एसआई न्युहाउसले सो कम्पनी १९२२ मा स्थापना गरेको हो ।
१९. राउसिङ परिवार
३२ अर्ब ९० करोड डलर स्वामित्व भएको राउसिङ परिवारको सम्पत्तिको मूख्य स्रोत भनेको टेट्रा पाक हो । राउसिङ परिवारको भाग्य चम्काउने प्याकेजिङ उद्योग टेट्रा पाकलाई रुबेन राउसिङले १९५० मा स्थापना गरेका थिए । टेट्रा लाभाल विश्वको सबैभन्दा ठूलो प्याकेजिङ कम्पनी हो । यसमा टेट्रा पाक, सिडेल र डीलाभाल सबै कम्पनीहरु समावेश छन ।
१८.कक्स परिवार
३३ अर्ब १० करोड डलर सम्पत्तिको मालिक कक्स परिवारको मूख्य स्रोत भनेको कक्स इन्टरप्राइज हो । यो व्यवसायिक घरानासँग धेरैवटा उद्योग, केबल तथा ब्रोडब्याण्ड कम्पनी कक्स कम्युनिकेसन रहेका छन । यी घरानाले समाचारपत्र, रेडियो स्टेसन कक्स मिडियो ग्रुप, अटोमोबाइल कम्पनीहरु सबै सञ्चालन गर्दै आइरहेको छ । यो कम्पनीको वार्षिक आम्दानी २१ अर्ब डलर रहेको छ । अहिले कक्सको चारजना नाती नातीनीमा सम्पत्ति बाँडिएको छ ।
१७. क्वान्ड्ट परिवार
३४ अर्ब ७० करोड डलरको सम्पत्ति भएको क्वान्ड्ट परिवारको सम्पत्तिको मूख्य स्रोत बीएमडब्ल्यु हो । यो परिवार जर्मनको सबैभन्दा धनाढ्य हो । लक्जरी कार उत्पादक बीएमडब्ल्युमा यो घरानाको ५० प्रतिशत स्वामित्व छ । यो घरानाको जर्मनको लजिस्टिक कम्पनी लगविन र सेक्युरिटी सफ्टवेयर कम्पनी जेमाल्टोमा समेत स्वामित्व छ ।
१६. भान डाम्मी, डी स्पोइलवर्च र डी मेभियस परिवार
३६ अर्ब ८० करोड डलर सम्पत्ति भएको यो परिवारको सम्पत्तिको मूख्य स्रोत भनेको अनह्युसर बस्च इनबेभ हो । अनह्युसर बस्च इनबेभ एउटा बियर निर्माणकर्ता कम्पनी हो । यसमा भान डाम्मी, डी स्पोइलबर्च र डी मेभियस तीन धनाढ्य बेल्जियन परिवारको स्वामित्व छ । कम्पनीमा तीन परिवारको ५४ अर्ब डलर बढी स्वामित्व छ ।
१५.एससी जनसन परिवार
३७ अर्ब ३० करोड डलरको सम्पत्ति रहेको एससी जनसन परिवारको स्रोत भनेको एससी जनसन कम्पनी हो । यो कम्पनीले प्लेज, ग्लेड र विन्डेक्स जस्ता सफाई सामाग्रीहरु उत्पादन गर्दछ । कम्पनी १८८२ मा एससी जनसनले स्थापना गरेका हुन ।
१४.कार्गिल म्याकमिलन परिवार
३८ अर्ब ११ करोड डलरको सम्पत्ति रहेको विलियम डब्ल्यु कार्गिलले कार्गिल कम्पनीलाई १८६५ मा स्थापना गरेका हुन । आज कार्गिल कम्पनीको ८८ प्रतिशत सेयर यसै घरानाका २३ सदस्यले ग्रहण गरेका छन । मे २०२० अघिसम्म यो कम्पनीबाट १ खर्ब १५ अर्ब आम्दानी हुने गरेको थियो । यो घरानाभित्र १४ जना अर्बपति छन ।
१३. मुलियाज परिवार
३८ अर्ब ४० करोड डलर सम्पत्तिको स्वामित्वकर्ता मुलियाज परिवारको सम्पत्तिको मूल स्रोत भनेको औचान कम्पनी हो । औचान युरोपको सबैभन्दा ठूलो सुपरमार्केट चेन हो । यसलाई फ्रान्सको वालमार्ट भनिन्छ । यो घरानाले लिरोयी मार्लिन, डेकाथ्लोन जस्ता कम्पनीहरुको पनि स्वामित्व ग्रहण गर्दछ ।
१२. हफम्यान ओइरी परिवार
३८ अर्ब ८० करोड डलरको सम्पत्ति भएको हफम्यान ओइरी परिवारको सम्पत्तिको स्रोत रोची कम्पनी हो । रोची होल्डिङ फर्मास्युटिकल कम्पनी हो । यो कम्पनी १९८६ मा स्थापना भएको हो । यो कम्पनीले वार्षिक रुपमा ६२ अर्ब डलरको आम्दानी गर्छ ।
११.थम्पसन परिवार
४० अर्ब ६० करोड डलरको सम्पत्ति रहेको थम्पसन परिवारको सम्पत्तिको स्रोत थम्पसन रोयटर्स हो । क्यानडाको धनाढ्य परिवारले आफ्नो सम्पत्ति वित्तीय डेटा र सेवा प्रदायक कम्पनी थम्पसन रोयटर्सबाट प्राप्त गर्ने ब्लुमबर्गले बताएको छ । यो कम्पनीमा थम्पसन परिवारको ६६ प्रतिशत स्वामित्व छ ।
१०.अल्बरेच्ट परिवार
४१ अर्ब डलर सम्पत्ति रहेको अल्बरेच्ट परिवारको सम्पत्तिको मूख्य स्रोत एल्डी हो । यो कम्पनीलाई दाजुभाई थियो र कार्ल अल्बरेच्टले डिस्काउन्ट सुपरमार्केटको रुपमा सुरु गरेका थिए । आज एल्डीको एल्डी नर्ड र एल्डी सूद यी दुई नामबाट १० हजारभन्दा धेरै वटा स्टोर आउटलेटहरु छन ।
९.बोहिंगर र भोन बाउमब्याच परिवार
४५ अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ति रहेको बोहिंगर र भोन बाउमब्याच परिवारको सम्पत्तिको मूख्य स्रोत भनेको बोहिंगर इन्जेलहेम कम्पनी हो । यो एउटा जर्मन फर्मास्युटिकल कम्पनी हो । यो कम्पनी १३० वर्ष पुरानो हो ।
८. जनसन परिवार
४६ अर्ब ३० करोड अमेरिकी डलर सम्पत्ति भएको जनसन परिवारको मूख्य स्रोत भनेको फिडेलिटी इन्भेस्टमेन्ट हो । यो कम्पनीको संस्थापक सीईओ हुन अभिगेल जनसन । उनले यो कम्पनी १९४६ मा स्थापना गरेका हुन । यो कम्पनी बोस्टमा आधारित छ ।
७ .वेर्थथेइमर परिवार
५४ अर्ब डलर ४० डलर सम्पत्ति रहेको वेर्थथेइमर परिवारको मूख्य स्रोत भनेको चानेल हो । यो कम्पनीलाई १९२० मा पेरिसमा पियरी वेर्थथेइमरले स्थापना गरेका हुन । यो घरानाको स्वामित्व फ्रान्स र नापा उपत्यकाको अंगुर खेती, ब्रिड र रेस थोरोब्रिडमा पनि छ ।
६.डुमस परिवार
६३ अर्ब ९० करोड सम्पत्तिको स्वामित्व रहेको डुमस परिवारको मूख्य स्रोत भनेको हर्मिस कम्पनी हो । यो कम्पनी लक्जरी बस्तुहरुको निर्माणकर्ता हो । डुमस परिवारले आफ्नो व्यवसाय सन १८०० मा सुरु गरेको हो । १९७० मा यो कम्पनी विश्वमाझ विस्तार भएको हो ।
५.अम्बानी परिवार
८१ अर्ब ३० करोड डलर सम्पत्ति रहेको अम्बानी परिवारको मूख्य स्रोत भनेको रिलायन्स इन्डस्ट्रिज हो । भारतमा रिलायन्सको ठूलो कंग्लोमेरेट कम्पनीहरु छन । तेल प्रशोधन, दूरसञ्चार , ईकमर्श, शैक्षिक क्षेत्र सबै क्षेत्रमा यो परिवारको लगानी छ । कम्पनीका सीईओ मुकेश अम्बानी २७ तल्लाको ४ लाख वर्ग फूटको महल एन्टेलियामा बसोबास गर्छन ।
४.अल साउद परिवार
९५ अर्ब डलरको सम्पत्ति रहेको साउदी अरबको राजपरिवार अल साउद परिवारको मूख्य स्रोत नै तेल हो । कम्पनीले सरकारी कन्ट्रयाक्टहरुबाट पनि आम्दानी गर्दछ । युवराज मोहम्मद बीन सलमानको मात्र १ अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको छ ।
३ .कोच परिवार
१ खर्ब ९ अर्ब ७० करोड अमेरिकी सम्पत्ति भएको कोच परिवारमा दुई दाजुभाई चाल्र्स र डेभिड कोचले आफ्नो बुवाको तेल रिफाइनरी कम्पनी सञ्चालन गरिरहेका छन । कोच परिवारले वार्षिक १ खर्ब १५ अर्ब डलर आम्दानी गर्दछ । डेभिड कोचकी श्रीमती जुलिया फ्लेसर कोच विश्वको चौंथो धनाढ्य महिला हुन ।
२ .मार्स परिवार
१ खर्ब २० अर्ब डलरको सम्पत्ति रहेको मार्स परिवारको मूख्य स्रोत भनेको मार्स बार हो । मार्स बार एउटा वृहत कन्फेक्सनरी कम्पनीहरुको साम्राज्य हो ।
१. वाल्टन परिवार
२ खर्ब १५ अर्ब डलर सम्पत्ति भएको वाल्टन परिवार वालमार्ट कम्पनीको स्वामित्वकर्ता हो । यो कम्पनी अमेरिकाको आर्कन्सक राज्यको रोजरमा १९६२ मा स्थापना भएको हो । २०१८ मा वालमार्टको बिक्री ५ खर्ब १४ अर्ब ४० करोड भएको ब्लुमबर्गले जनाएको छ । आम्दानीको आधारमा वालमार्ट विश्वकै सबैभन्दा ठूलो खुद्रा कम्पनी हो ।