काठमाडौं । सरकारले रासायनिक मल वितरण गर्ने समय तालिका किसानलाई उपलव्ध गराउने भएको छ । कोरोना भाइरस संक्रण बढ्ने जोखि बढेसँगै मल वितरणको भीडभाड हुन नदिन ठाउँ/स्थान/टोलका किसानका लागि छुटछुट्टै मल वितरण गर्ने समय तालिका उपलव्ध गराउने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगत कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले साल्ट्र टे«डिङ कर्पोरेस र कृषि सामग्री कम्पनी सहित मातहतका निकायलाई आग्रह गरेको हो ।
मल वितरण गर्ने ठाउँमा किसानको अनिवार्य रुपमा प्रि—स्क्रिन टेस्ट(शरिरको तापक्रम नाप्ने, लक्षण पहिचान गर्ने) तथा व्यक्ति अभिलेख राख्ने जनाइएको छ ।
कृषि सहकारी, मल विक्रेता तथा सेवाग्राही किसानले पनि कोरोनाबाट जोगिन न्युनतम स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले संक्रमणको जोखिम न्यूनीकरण गर्न मल आयात, ढुवानी तथा वितरणका लागि कोभिड–१९ सम्वन्धी शुरक्षा विधि समेत सार्वजनिक गरेको छ ।
जसमा बन्दगाहदेखि भन्सार विन्दुसम्म मल ढुवानी संलग्न व्यक्ति, भन्सार बिन्दुमा खटिने कामदार तथा कर्मचारी, साल्ट कर्पोरेसन, कृषि सामग्रीक कम्पनी, कृषि सहकारी,मल विक्रेता तथा सेवाग्राही किसान सबैले शुरक्षा मापदण्डसम्वन्धी नियम पालना गर्नुपर्ने मन्त्रालयद्धारा जारी गरेको शुरक्षा विधि विरणमा बताइएको छ ।
हेर्नुहाेस, मल आयात, ढुवानी तथा वितरणको लागि कोभिड-१९ सम्बन्धि सुरक्षा विधि