काठमाडौं । सरकारले प्रमुख खाद्यान्न बाली मकैको उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने भनेपनि अवस्था त्यस्तो छैन । मकै बाली लगाउने क्षेत्रफल र मकैको उत्पादन सामान्य गतिमा बढेको देखिँदा आयात भने उच्च दरमा वृद्धि भएको छ । यद्यपी, कुनै वर्ष मकै आयात घटेको पनि छ तर, आयात बढ्दो गतिमा छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/०७७ को तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले मकै आयात बढेको छ । यद्यपी २०७४०७५ को तुलनामा २०७५/०७६ मा मकै आयात घटेको थियो ।
उता, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयद्धारा सार्वजनिक विवरणअनुसार २०७४/०७५ को तुलनामा २०७५/०७६ मा ६ प्रतिशतले मात्रै मकै उत्पादन बढेको छ । कृषिले २०७६/०७७ मा मकै उत्पादनको वास्तविक तथ्यांक अझै सार्वजनिक गरेको छैन ।
सरकारले धानपछिको प्रमुख खाद्यान्न बालीका रुपमा पहिचान गरेको मकैको उत्पादन बढाउन आर्थिक वर्ष २०७१/०७२ देखि ‘मकै मिसन कार्यक्रम’ चलाएको थियो । त्यसयता मकै लगाउने क्षेत्रफल र उत्पादनमा सामान्य मात्रै बृद्धि देखिएको छ । यद्यपी, मकै आयातमा कमि आएको छैन ।
आर्थिक वर्ष २०७३/०७४ मा ९ लाख २८८ हेक्टर क्षेत्रफलमा लगाउँदा २३ लाख १२१ टन मकै उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा मकै लगाउने क्षेत्रफल बढेर ९ लाख ५४ हजार १५८ हेक्टर पुग्दा उत्पादन भने बढेर २५ लाख टन भएको थियो ।
नेपालमा कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर हुँदै गर्दा दानाको रुपमा प्रयोग गर्न मकैको खपत बढी हुन्छ । कुखुराको दानामा ६० प्रतिसतसम्म मकै प्रयोग गर्ने गरेको पाईन्छ । विभागकाअनुसार गत आर्थिक वर्षमा ५ लाख ७१ हजार ५२६ टन मकै आयात भएको छ । अघिल्लो वर्ष ४ लाख २० हजार ७४९ टन आयात भएको थियो । वार्षिक तुलनामा मकै आयातमा ३६ प्रतिशतको वृद्धि हो ।
साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाइरोन्मेण्ट (सावती)का कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेका अनुसार जुन गतिमा देशभित्र मकै उत्पादन हुन्छ, त्यसको तुलनामा दोब्बर भन्दा बढी आयात भइरहेको छ । सरकारले जे जस्तो मिसन कार्यक्रम चलाए पनि त्यसले उत्पादनमा कुनै असर नपारेको उनको भनाई छ ।
सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्न र आयातित खाद्य बस्तुको प्रतिस्थापन गर्न विभिन्न नीति अख्तियार गर्दै आएको छ । आयातको बढ्दो रफ्तारले आन्तरिक उत्पादन हराउँदै गएको छ । कृषि विकास मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०७४/०७५ मा २५ लाख ५५ हजार ८४७ टन, २०७५/०७६ मा २७ लाख १३ हजार ६३५ टन मकै उत्पादन भएको छ । एक वर्षको बीचमा मकै उत्पादन ६ प्रतिशतले मात्रै बढेको छ ।
आर्थिक २०७५/०७६ मा ३१ लाख ३४ हजार ३८४ टन मकै खपत भएको छ । ‘यो भनेको झण्डै देशभित्र उत्पादन हुने धान बराबर हो । किनभने धानको भुस जान्छ, मकैको केही पनि खेर जाँदैन,’ निम्बस ग्रुपका कार्यकारी निर्देशक डा. दिनेश गौतमले भने, ‘देशभित्रको उत्पादन र आयात गरेको मकै मध्ये ८० प्रतिशत पशुपक्षींलाई खुवाउनमै सकिन्छ । बाँकी रहेको २० प्रतिशत मात्रै दाना, खानलगायतमा प्रयोग हुन्छ ।’
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी स्वदेशी मकै उत्पादनको तथ्यांकसँग त्यति सहमत छैनन । ‘सरकारले बार्षिक रुपमा जुन तथ्यांक सार्वजनिक गर्छ, त्यसमा मलाई त्यति भर लाग्दैन । किनभने, नेपालमा त्यत्रो परिमाणमा मकै उत्पादन हुने हो भने आयात गर्नै पर्दैैन,’ उनी भन्छन्, ‘दाना बनाउन सबै आयातीत मकै प्रयोग हुन्छ । व्यावसायिक रुपमा पशुपालन गर्नेले त्यही दाना लगेर खुवाउँछन् । गाउँ घर तथा सहरबजारमा मकैको पिठो, च्याँख्ला वा मकैका अन्य परिकार खाने प्रचलन पनि कमै छ । यत्रो मकै कहाँ गयो त ?’
भन्सारको तथ्यांक केलाउँदा मकैको आयात औसतमा १५ देखि २० प्रतिशतले बढिरहेको छ । अघिल्लो वर्षको मकै आयात घटेका कारण गत वर्ष ३६ प्रतिशतले बढेको हो । कार्यकारी निर्देशक गौतमका अनुसार घरयासी रुपमा पालिएका पशुपंक्षीलाई खुवाउँदैमा ८० प्रतिशत मकै सकिन्छ ।
अहिले दाना उद्योगले बार्षिक रुपमा ९ लाख ५० हजार टन उत्पादन गरेका छन् । दाना बनाउन औसतमा ६० प्रतिशत मकैको प्रयोग हुन्छ भन्ने मान्दा उद्योगले ५ लाख ७० हजार टन मकै खपत गर्छन् । जबकी, गत बर्ष नै ५ लाख ७१ हजार ७४९ टन मकै आयात भएको छ । यो भनेको दाना उद्योगले प्रयोग गर्ने भन्दा बढी मकै हो । दाना उद्योगीहरुले अहिलेसम्म मकै गुणस्तर नभएको भन्दै स्वदेशी मकै प्रयोग गर्ने गरेका छन् ।
परिसंघका उपाध्यक्ष अधिकारीका अनुसार नेपालमा दाना बनाउन र बीउका रुपमा प्रयोग गर्न मकैको आयात गरिन्छ । नेपालमा उत्पादित अधिकांश मकै व्यक्तिगत÷व्यवसायीक प्रयोजनका लागि पालिएका गाईवस्तु र बाख्रालाई खुवाउनमा प्रयोग हुने गरेको सरकारी अनुमान छ ।
सरकारी आंकडाअनुसार नेपालमा गाई, भैसी र बाख्राको संख्या १ करोड १० लाख हाराहारी छ । एउटा गाइ, भैसी र बाख्रालाई एक किलो मात्रै मकैको पिठो दियो भने पनि ठूलो परिमाणमा मकै त्यहाँ खपत हुन्छ । मन्त्रालयको तथ्यांक अनुसार २४ लाख ८० हजार टन मकै व्यावसायिक रुपमा नपालिएका पशुपक्षीलाई खुवाउँदैमा जाने गरेको छ ।
यसरी हेर्दा सरदर घरमा पालिएका पशुलाई दैनिक ०.६१ किलो भागमा पर्छ । मकै आयात वर्षेनी बढ्दा बार्षिक अर्बौ रुपैयाँ बाहिरिएको छ । पाँच वर्षको आयातको तथ्यांक हेर्दा मकै आयातको परिमाण र रकम बढेकै