बीबीसी , दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण थप फैलिने सक्ने देखिएपछि देशभरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ।स्वास्थ्य अधिकारीहरूले परिस्थिति अझै बिग्रिन सक्ने चेतावनी दिएका छन्। अबदेखि देशमा धार्मिक समारोहसहित ठूला भेलाहरू गर्न प्रतिबन्ध लागेको छ।
नाईटक्लब, कारीओकी बार, इन्टर्नेट क्याफे र समुद्री तटहरू पनि बन्द भएका छन् । यसअघि यस्ता उपायहरू राजधानीमा मात्र अवलम्बन गरिएको थियो।
तर नयाँ सङ्क्रमितहरू फेला पर्न नछोडेपछि देशका अरू भागमा पनि प्रतिबन्धात्मक उपायहरू लागु गरिएको हो। सरकारले शनिवार मध्यरातिसम्म ३९७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ।
यो मार्च महिनायताकै सर्वाधिक दैनिक वृद्धि हो । एउटा गिर्जाघर गएका धेरै जनामा कोरोनाभाइरस देखिएपछि दक्षिण कोरियामा चिन्ता
दक्षिण कोरियामा कोरानाभाइरस सङ्क्रमणको ुदोस्रो लहर फैलिने त्रास एक सातादेखि दैनिक १०० जनाभन्दा बढी सङ्क्रमितहरू फेला परिरहेका छन्।
तीमध्ये अधिकांश व्यक्ति बृहत्तर सोल क्षेत्रका हुन्। अहिलेसम्म दक्षिण कोरियामा १७ हजार ३९९ जनामा कोभिड(१९ पुष्टि भएको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा देखिन्छ। तीमध्ये ३०९ जनाको मृत्यु भएको छ।
पहिला नियन्त्रण
दक्षिण कोरिया केही समय कोरोना भाइरस सङ्क्रमण अत्यासलाग्दो रूपमा फैलिएको थियो। चीनपछि त्यहाँ कोभिड१९ भएका मानिसको सङ्ख्या सर्वाधिक थियो।
तर व्यापक परीक्षण, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र व्यक्तिगत दूरीजस्ता उपाय अवलम्बन गरेर सरकारले महामारीलाई नियन्त्रणमा ल्यायो। त्यही बेला अप्रिलमा देशमा निर्वाचन सम्पन्न भएको थियो।