काठमाडौं । भारतीय ई–कमर्श कम्पनी फ्लिपकाट सस्तोडिलको माध्यमबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । भारतीय कम्पनी फ्लिपकाटको साझेदारीमा सस्तो डिलले नेपालमा आक्रमक सेवा विस्तार गर्ने भएको हो ।
नेपाली ई(कमर्श कम्पनी सस्तोडिल र भारतीय ई(कमर्श कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन् ।
सस्तो डिलले साझेदारी अन्तर्गत फ्लिपकार्ट बजारका भारतीय उत्पादनहरु (बच्चाका कपडाहरु, बच्चाका हेरचाहका सामाग्री, अडियो उपकरणहरु, पुरुष तथा महिलाका कपडाहरु, खेलका सामाग्री) नेपाली ग्राहकहरु लागि ल्याइने बताइएको छ ।
सस्तो डिलका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमुन थापाले अब भारतीय उत्पादन पनि सस्तोडिलको माध्यमबाट अर्डर गरेको भोलिपल्ट नै उपलब्ध गराउने बताए ।
उनका अनुसार पहिलो चरणमा सस्तो डिलले अगस्ट मध्यबाट फ्लिपकार्टको निजी ब्रान्ड जस्तै मार्क्यु जस्ता राम्रा र गुणस्तरिय सामाग्रीहरु प्रदर्शन गर्ने छ । फ्ल्पिकार्टका निजी उत्पादनहरू अब सस्तोडिलमा नेपालमै उपलब्ध हुने भएपछि ग्राहकले अर्डर गरेकै दिन अथवा भोलिपल्ट सामागीहरु पाउने छन् ।
के हो सस्तोडिल ?
सस्तो डिल सन् २०११ डिसम्बरमा स्थापना भएको ई–कमर्श कम्पनी हो । ५० हजार रुपैयाँमा शुरु भएको बिजनेश एक सानो ग्यारेज र टुटेफेटेका फर्निचर लिएर ई–कर्मश कम्पनी स्थापित गर्न ठूलो मेहनेतका बजारमा आएको थियो ।
त्यो मेहनत र लगावले नै आज सस्तो डिल नेपालको अग्रणी ई–कर्मश कम्पनी बन्न सफल भएको छ । जसको लाखौं ग्राहकहरु र हजारौ डेलिभरीका साथै सप्लाई टिम रहेको छ । कम्पनीको नेटर्वक सन्जाल देशभर नै फैलिन सकेको छ ।
कम्पनीले उपोभोक्ताले चाहेको सामान, चाहेको समयमा चाहेको मूल्यमा जुन सुकै स्थानमा पनि पुर्याउने लक्ष्य र उद्देश्यका साथ सेवा प्रदान गरिरहेको छ । यसरी कम्पनीले सामान आपूर्ति गर्दा थप शुल्क नलिकन समान सप्लाई गर्ने रणनीतिकासाथ अघि बढेको छ ।
सस्तो डिलको मुख्य उद्देश्य भनेको नै उपभोक्ताहरुको नजरमा एक कुशल डिजिटल प्लेटफर्मको रुपमा स्थिापित भएर देशलाई विश्वबजार सामु गौरव गर्न सक्ने बनाउनु हो ।
के हो फ्लिपकार्ट ?
फ्लिपकार्ट समूह भारतको डिजिटल माध्यमबाट गरिने व्यावसायहरु मध्ये एक अग्रणी कम्पनी हो । यस फ्लिपकार्ट समूह अन्तर्गत रहेर कम्पनीले डिजिटल व्यावसाय फ्लिपकार्ट, मिन्त्रा र फोन पे सफलता पुर्वक सञ्चालन गरिरहेको छ ।
सन् २००७ देखि आफ्नो सेवा सुरु गरेको यस कम्पनीले लाखौँ उपभोक्ताहरु, बिक्रेताहरु, ठुला तथा साना व्यावसायीहरुलाई भारतको ई–कमर्सको ठुलो क्षेत्रमा समेट्न सहयोग गर्दै आएको छ । हाल यस संस्थामा २५ करोड रुपैयाँभन्दा पनि बढि रजिष्टर उपभोक्ताहरु, ८० भन्दा बढि प्रकारका करिब १५ करोड बस्तुहरुको पहुँचमा छन् ।