काठमाडौं । विदेशबाट श्रमिकहरु उद्धार गर्दा सरकारले व्यापार गरेको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले आरोप लगाएको छ ।
विदेशमा अलपत्र परेका श्रमिकहरुलाई उद्धारमा ढिलाई भएको भन्दै असन्तुष्टि जनाउदै आफ्नै खर्चमा टिकट काट्नु पर्ने र काठमाडौंमा आएपछि पनि होटलमा बस्दा खर्च स्वयमले व्यहोर्नुपर्ने प्रति गम्भिर आपत्ति जनाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार वक्तव्य जारी गर्दै भनेका छन्, ६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ रु
एक त चार्टर फ्लाइटको महंगो टिकट काट्नुपर्ने, होटेल क्वारिन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसिआर परिक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने, कांग्रेसले भनेको छ, अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘बर्ग शत्रु’ को ब्यवहार गरेको छ ।
यसले अप्ठ्यारोमा परेका नेपालीको उद्धारमा सरकारको मानवीय भावना कम, व्यापारको मस्तिष्क धेरै खपत भएको देखिएको कांग्रेसले बताएको छ ।
सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ ।
वैदेशिक रोजगोर कोषको रकमबाट उद्दार गर्नेहरुलाई भने स्थानीय तहहरुले बनाएको क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषदको निर्णय छ ।कांग्रेसले भने पुनः महंगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने निर्णयले श्रमिकको पिडामाथि पीडा थप्ने भन्दै विरोध गरेको छ ।