दुई सयभन्दा बढी ग्राउन्ड क्लिरेन्स । लुक्सपनि उत्तिकै आकर्षक । बजारमा भएका बाइक भन्दा फरक डिजाइन र पर्फमेन्स । काठमाडौं उपत्यका होस वा बाहिरका खाल्डाखुल्डी । अफरोड होस् वा सिटी जुनसुकै सडकमा लागी उपयुक्त । डाँडाकाँडामा बनेको बाटो जहाँ पनि सहज र सरल लाग्ने डट बाइकको लुक्स । यस्तै विशेषताले हिरो एक्स पल्सको व्यापार अहिले चम्किएको छ ।
बिशेषगरी नेपाली यूवाहरुको यो बाइकले मन जितिसकेको छ । यो बाइक हेभी र अफरोड बाइकका रुपमा मात्र बिक्री हुँदैन । रफ लुक्समा देखिने ग्ल्याम र उच्च क्षमताकै कारण कामकाजीहरुले पनि नियमित आवतजावत गर्न नेपाली युवाहरुले हिरो एक्सपल्स बाइकलाई सारथी बनाउन थालेका छन । लामो दुरी अथवा छोटो दूरी जहाँ गएपनि हिरो एक्सपल्सले उत्कृष्ट पर्फमेन्स दिन्छ ।
खासगरि,दुईपाङ्ग्रेमा हुँइकिने खोज्नेहरु डट बाइकप्रति आकर्षित हुन थालेपछि अटोमोबाइल व्यवसायीहरुले पनि नेपालमा डट प्रकारकै बाइकलाई बढी प्राथामिकता दिन थालेका छन् । यस अघि अफरोडका लागी होन्डा एक्सआर, क्रसफायर, यामाहा एक्सटीजेड, भिआर, लगायतका ब्रान्डकै एकाधिकार थियो ।
एक्सपल्स हिरोले नेपाली बजारमा पहिलोपटक डट बाइकको रुपमा उतारेको हो । यस भन्दा अगाडी हिरोको करिस्मा २ सय २३ सीसी बाइक चर्चित थियो । साना र कम सीसी क्षमतामा एकछत्र बजार विस्तार गर्न सफल भएको हिरोले यस भन्दा अगाडी एक सय ५० सीसी क्षमता बढीका मोटरसाइकल नेपालमा भित्र्याउन सकेको थिएन ।
हाल हिरोको सबैभन्दा चर्चित बाइकको रुपमा एक्सपल्स २०० नै छ । नेपाली बजारमा बिशेष गरी युवाहरुको माग अनुसार सो बाइक उपलब्ध हुन सकेको छैन । पछिल्लो समय हिरोले यहि बाइकका कारण पनि आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ ।
यसअघि नेपाली बजारमा सार्वजनिक भएका डट बाइक महङ्गा भएकै कारण मध्यमबर्गीय उपभोक्ताको कम रोजाइमा पर्ने गरेको थियो । हाल हिरो एक्स पल्सले २ सय सीसी क्षमताको एक्सपल्स ३ लाख ८८ हजार रुपैयाँमै नेपाली बजारमा उतारेका कारणपनि हिरो एक्सपल्समा युवाहरु झुमिएका हुन् ।
कम्पनीले हिरो एक्सपल्समा एक सय ९९ सीसीको एयर कुलेड इन्जिनले १८ दशमलब ४ बिएचपी पावर तथा १७ दशमलब १ एनएम टर्क जेनेरेट गर्छ । अन्य बाइकको तुलनामा उच्च पावरका साथ आएको यो बाइकले बाइक राइडरको सुरुक्षामा केन्द्रीत भएको छ । ५ स्पिड ट्रान्समिसन गियर, एलइडी हेडल्याम्प, पूर्णत डिजिटल जिपिएस नेभिगेसन सहितको डिस्प्ले, ठूलो सिट र रबर प्याड यसका मुख्य बिशेषता हुन् ।