काठमाडौं । चौतर्फि विरोध भएपछि सरकारले भदौ १६ गतेबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान खुलाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैंठकले भदौ १६ गतेबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
नियमित उडान हुने भएपछि ७२ घण्टाको पीसीआर नेगेटीभ भएको रिपार्ट अनिवार्य रुपमा यात्रुहरुले बुझाउने पर्ने छ ।
योसँगै नेपाल आएपछि अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने र त्यो बेलाको सबै खर्च यात्रु आफैले बेहोर्नुपर्ने छ ।
यस्तै १६ गतेदेखी खुल्ने अन्तर्राष्ट्रिय उडान प्रत्येक गन्तव्यमा दैनिक एकओटा मात्र गर्ने र त्यसको तालिका संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै गर्ने सञ्चार मन्त्री खतिवडाले जानकारी दिए ।
मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, नयाँदिल्ली, युरोप तथा अमेरिकालगायतका देशमा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी उडान गर्ने सहमति भएको छ । ति गन्तव्यमा दैनिक एक मात्र उडान गर्ने सहमति समेत भएको छ।
दुबई विमानस्थलमा आइपुगेका नेपालीहरुलाई त्यहि छोडेर नेपाल एयरलाइन्सको जहाज आएको र त्यहि दिन युरोपबाट टर्किस एयरलाइन्सले नेपालीहरु ल्याएपछि सरकारको चौतर्फि विरोध भएको थियो ।