काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार, लकडाउनकै बीचमा ५७२ वटा अन्तर्राष्ट्रिय उडान भयो । त्यो अवधिमा ४७ हजार यात्रु नेपाल भित्रिए भने १५ हजार ६ सय बाहिरिएको अध्यागमन विभागको तथ्यांक छ ।
त्यति मात्र हैन, लकडाउन अवधिमैै आन्तरिक तर्फ ७ हजार ६९ वटा उडान भयो भने ९ हजार ३६ जनाले सो अवधिमा विभिन्न गन्तव्यमा यात्रा गरे । आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्दागर्दै पनि विभिन्न माध्यम प्रयोग गरी ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किएका छन् भने त्यहि आधारमा विदेश पनि गएका छन् ।
आन्तरिकतर्फ पनि ठूलै संख्यामा आवतजावत भएको देखिन्छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्न नदिन भन्दै २०७६ चैत ९ गतेबाट अन्तर्राष्ट्रिय र १३ गतेबाट आन्तरिक उडानमा रोक लगाएको थियो ।
तर, एक्कासी गरिएको लकडाउनका कारण हजारौं विदेशीहरु नेपालमा रोकिएका थिए भने विदेशबाट नेपाल आउन चाहनेको संख्यापनि लाखौंको थियो । विदेशबाट नेपाल फर्कन चाहनेहरुमा बढी मात्रामा कोभिडको कारण रोजगारी गुमाएकाहरु थिए भने केही विदेशमा घुम्न गएकाहरु पनि समावेश थिए ।
विदेशी नागरिकहरुलाई सम्बन्धित मुलुकको राजदूतावासहरुको समन्वयमा चार्टर्ड उडान मार्फत आफ्नो देशमा फर्काइयो । तीमध्ये केहि विदेशी अहिलेपनि नेपालमा बसिरहेका छन् । जो, आफ्नो देशभन्दा नेपालमै सुरक्षित छ भन्ने महसुस गरी यहाँ बस्दै आएका हुन् ।
त्यति मात्र हैन, कोभिडका कारण कम्पनीहरु धमाधम बन्द हुन थालेपछि महिनौदेखी रोजगारी गुमाएर बसेकाहरु नेपाल आउन आतुर थिए । विदेशबाट नेपालीहरु दैनिक रुपमा सरकारलाई आफुहरुलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल फर्काउन गुुहार गरिरहेका थिए । तर, सरकार भने उद्धारको लागि मौन थियो ।
अब, कुरा रह्यो नेपालीहरुलाई उद्धारको लागि । नेपालमा कोभिडको प्रभाव त्यति साह्रो परिसकेको थिएन । विदेशमा आगोको झिल्कोसरी कोभिड फैलिरहेको बेला नेपालमा कम प्रभाव परेको देख्दा धेरै नेपालीहरुले आफ्ना देशमा फर्कने इच्छा व्यक्त गर्नु स्वभाविक थियो ।
त्यति मात्र हैन, कोभिडका कारण कम्पनीहरु धमाधम बन्द हुन थालेपछि महिनौंदेिखि रोजगारी गुमाएर बसेकाहरु नेपाल आउन आतुर थिए । विदेशबाट नेपालीहरु दैनिक रुपमा सरकारलाई आफूहरुलाई उद्धार गरि सुरक्षित रुपमा नेपाल फर्काउन गुहार गरिरहेका थिए । तर, सरकार भने उद्धारको लागि मौन थियो ।
विदेशमा नेपालीहरु अलपत्र परेको, महिनौदेखि सडकमा बास भएको लगायतका समाचारहरु सार्वजनिक हुन थालेपछि चौतर्फि दबाबमा परेको सरकारले जेठ ३२ गतेदेखि असार ११ गतेभित्रमा करिब २५ हजार नेपालीललाई उद्धार गरिसक्ने निर्णय गर्यो । सरकारले उद्धार गर्ने निर्णय गरेपनि फर्कन लाग्ने शुल्क भने श्रमिक आफैले बेहोर्नुपर्ने प्रावधान अघि सार्यो र नेपालमा आएपछि १४ दिन क्वारेन्टाइनमा बस्दा लाग्ने शुल्कपनि स्वयंले तिर्नुपर्ने शर्त राखेको थियो ।
चार्टर्ड उडान हुने भएपछि त्यसै महंगो पर्ने सबैलाई थाहा थियो । तैपनि सरकारले निर्धारण गरेको भाडा महंगो नहुने अपेक्षा गरेपनि त्यसको ठिक विपरीत भयो । सामान्य अवस्थाको भन्दा तीन गुनासम्म महँगो भाडा निर्धारण गरेपछि चौतर्फी विरोध समेत भयो । पर्यटन मन्त्रालयले तीन पटकसम्म भाडा घटायो । तैपनि श्रमिकमैत्री भाडा भने थिएन् ।
यस्तो अवस्था रहँदा रहँदै सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान खुला गर्ने निर्णय गर्यो । त्यहि निर्णयलाई आधारमानी एयरलाइन्स कम्पनीहरुले आवश्यक तयारी पुरा गरेका थिए । विश्व स्वास्थ्य संगठन र पर्यटन मन्त्रालयले बनाएको स्वास्थ्य प्रोटोकललाई स्वीकृत गरी उडानको अन्तिम चरणमा पुगेपछि सरकारले भदौ १६ गतेसम्मलाई उडानमा रोक लगाउने निर्णय गरेको छ ।
चार्टर्ड भाडा महंगो भएपछि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, कतारका राजदूत डा. नारद भारद्धवाज र साउदी अरबका राजदूत महेन्द्रप्रसाद सिंह राजपूतले सामूहिक रुपमा सरकारलाई केहि समयका लागि नियमीत उडान खुला गर्न अनुरोध गरेका थिए । तर, उनिहरुको त्यो आग्रहलाई पनि बेवास्ता गर्दै चार्टर्ड उडानलाई नै प्राथमिकता दिए ।
नेपाली श्रमिकहरु उद्धार भइरहेको बेला नेपालबाट विदेश जाने र विदेशबाट नेपाल आउन चाहने अन्य व्यक्तिहरुलाई पनि चार्टर्ड उडानमार्फत आवतजावत गर्यो ।
चार्टर्ड उडानमा चर्को शुल्क लिएको गुनासोपनि आयो । समाचार प्रकाशन भएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति बनाएर प्रतिवेदनसमेत पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएका छन् । तर, हालसम्म कुन कुन कम्पनीहरु दोषी हुन भन्ने सार्वजनिक गरिएको छैन ।
यस्तो अवस्था रहँदारहँदै सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान खुला गर्ने निर्णय गर्यो । त्यहि निर्णयलाई आधारमानी एयरलाइन्स कम्पनीहरुले आवश्यक तयारी पुरा गरेका थिए । विश्व स्वास्थ्य संगठन र पर्यटन मन्त्रालयले बनाएको स्वास्थ्य प्रोटोकललाई स्वीकृत गरी उडानको अन्तिम चरणमा पुगेपछि सरकारले भदौ १६ गतेसम्मलाई उडानमा रोक लगाउने निर्णय गरेको छ ।
सरकारको यो कदममा चार्टर्ड उडानमा मनोमानी शुल्क लिने तीनै ट्राभल एजेन्सीहरुको प्रभाव रहेको पर्यटन मन्त्रालयकै अधिकारीहरु बताउँछन् । मन्त्रालयका एक सहसचिवले सार्वजनिक यातायात खुल्ने बेला नै एयरलाइन्स खुलाउनका लागि तयारी भएपनि केहि ट्राभल एजेन्सीहरुकै दबाबमा निर्णय हुन नसकेको जानकारी गराए ।
‘रातो नम्बर प्लेटबाट कहिकतै स्वास्थ्य चेकजाँच नभई पासको आधारमा हजारौं यात्रु काठमाडौं आए तर आन्तरिक उडानमा चेकजाँच गरेर, मास्क लगाएर र फेसशिल्ड लगाउने तयारी हुँदा पनि उडान हुन सकेको छैन,’ उनले भने ।
निजी सवारी साधनहरु र सार्वजनिक बसहरु सञ्चालनमा भइरहेको बेला एयरलाइन्सहरुलाई मात्र बन्द गराउदा अर्बौको लगानी उच्च जोखिममा परेको र त्यसमा आश्रित दशौं हजार श्रमिकहरुको अवस्था दयनिय भएकोले यस तर्फ सरकारले ध्यान दिनु पर्ने थापा बताउँछन् ।
अन्य यातायातका साधनहरुभन्दा जहाजको यात्रा सुरक्षित हुने एयरलाइन्स कम्पनीहरुको दाबी छ । भदौ १६ गतेपछि पनि हवाई यात्रा सुचारु नगरे आन्दोलनमा उत्रने चेतावनी वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले दिएका छन् । यात्रुहरुको तीन चरणमा स्वास्थ्य परिक्षण गराएर यात्रा गराउने भएको हुँदा सुरक्षित हुने उनको दाबी छ ।
निजी सवारी साधनहरु र सार्वजनिक बसहरु सञ्चालनमा भइरहेको बेला एयरलाइन्सहरुलाई मात्र बन्द गराउदा अर्बौको लगानी उच्च जोखिममा परेको र त्यसमा आश्रित दशौं हजार श्रमिकहरुको अवस्था दयनिय भएकोले यस तर्फ सरकारले ध्यान दिनु पर्ने थापा बताउँछन् ।
भदौ १ गतेबाट नियमित उडान नहुँने भएपछि सरकारले फेरी चार्टर्ड उडानलाई प्राथमिकता दिएको छ । विदेशमा रहेका नेपालीहरु र नेपालबाट विदेशमा जान चाहनेहरुका लागि चार्टर्ड उडानको तयारी गरिएको छ । यसबाट निश्चित ट्राभल एजेन्सी र केहि एयरलाइन्सले मात्र लकडाउनका बीचमा फाइदा लिदै आएका छन् ।
पर्यटन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले नियमित उडान खुला गर्ने विषयमा पर्यटन मन्त्रालयले तयारी गरेपनि निर्णय हुन नसकेको बताए । यो क्याबिनेटबाट नै हुने निर्णय भएकाले मन्त्रालयको मात्र पहलमा हुन नसक्ने बताए ।
चार्टर्ड उडानमा कोरोना नलाग्ने र नियमित उडानमा कोरोना लाग्ने भन्ने विषय नहुने भएकोले सरकारले निश्चित व्यवसायीहलाई पोस्न चार्टर्डको बाहाना गरेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईंले बताए ।
एयरलाइन्स कम्पनीहरुले सुरक्षित तवरले यात्रा गराउने प्रत्याभूति गराइरहेको अवस्थामा पनि हवाई उडानमा रोक लगाउनु यात्रुको यात्रा गर्ने अधिकारलाई नै हनन गरेको बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बताउँछन् । ‘यात्रुको मौलिक अधिकार हनन गर्ने अधिकार सरकारको हुँदैन,’ बस्नेतले भने ।
हवाई यात्राका लागि आवश्यक स्वास्थ्य प्रोटोकलहरुमा रहेर यात्रुलाई उडाउने भएकोले चार्टर्ड उडान भन्दा नियमित उडानमा प्राथमिकता दिनुपर्ने मनाङ एयरका सञ्चालक राजेन्द्र मल्ल बताउँछन् ।