कोरोना भाइरसका कारण नेपालमा चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) सुरु भयो । लकडाउन भएसँगै नेपालका अधिकांश शैक्षिक संस्था बन्द भए । बन्दमात्र भएनन् कतिपय शैक्षिक संस्था विस्थापन हुने क्रममा छन् । तयारी अवस्थामा रहेका विद्यार्थीले परीक्षासमेत दिन पाएनन् ।
नेपालको महत्वपूर्ण परीक्षाको रुपमा लिइने एसईई सरकारले विद्यालयहरुकै अन्तरिक मुल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गर्यो । अहिलेसम्म नतिजा सार्वजनिक हुन सकेको छैन ।
त्यस्तै प्लस टु, स्नातक, स्नातकोत्तरको सबैजसो विद्यार्थी परीक्षा कुरेरै बसिरहेका छन् भने केहीको कक्षा हुँदाहुँदै बिचैमा छोड्नुपर्ने बाध्यता समेत बन्यो । लकडाउन भएको चार महिना बितिसक्दा पनि सरकारी तथा निजी विद्यालयहरुले बैकल्पिक शिक्षाको लागि पहल गरेनन् । सरकारी तवरबाट पनि समस्यामा परेको शैक्षिक क्षेत्र उकास्न पहलकदमी अपनाइएको छैन् ।
विगत ५ महिनादेखि कोरोना भाइरसको कारण विश्वका सबै क्षेत्र प्रभावित भएका छन् । त्यसको असर पनि नेपालको सबै क्षेत्रमा देखिएको छ । अर्थतन्त्रदेखि लिएर सामाजिक क्षेत्रसमेत तहस नहस हुने देखिएको छ । यस्तो बेला शिक्षासँग जोडिएको विषयमा सरकार गम्भिर हुनुपर्ने हो । सबै क्षेत्र प्रभावित हो भन्दै शिक्षालाई पनि नहेर्ने हो भने यसले अब आउने पिंढीलाई झन अन्धकार बनाउने छ र त्यो कोरोनाभन्दा पनि बढि डरलाग्दो हुनेछ ।
यो संकटको समयमा बढी प्रभावित भएको क्षेत्र शिक्षा हो भनेर सरकारले धेरै काम गर्नुपर्छ । नेपालमा वैकल्पिक शिक्षाका लागि पहल हुन नसके पनि विकसित देशहरुमा प्रविधिमैत्री अनलाइन शिक्षामार्फत पढाइ भइरहेका छन् । अनलाइनमार्फत नै परीक्षा समेत सञ्चालन भइरहेको छ । विश्वका विकसित देशहरुमा शैक्षिकक्षेत्र प्रविधिमैत्री भएकै कारण यो क्षेत्रमा खासै असर परेको देखिदैन ।
विश्व ‘डिजिटल वल्र्ड’ मा प्रवेश गरिसक्दा नेपालमा भने अझै नियमित कक्षा भन्दा अन्य विकल्प अपनाउँन सकेको देखिदैन् । अबको आवश्यकता भनेको प्रविधिमैत्री पढाई हो र यसको शुरुवात आ–आफ्नो विद्यालयबाट हुन जरुरी छ । समस्या भनेको अहिले शिक्षकहरु प्रविधिमैत्री क्लास लिन नसक्नु पनि हो ।
नेपालमा संकटको समयमा न वैकल्पिक शिक्षा अपनाउँनै सकेको छ न त सरकारी तवरबाटै समस्या हल हुन सकेको छ । सरकारले भदौ १ गतेबाट शैक्षिक संस्था खोल्ने तयारी गरेको थियो । काठमाडौं लगायत देशभर कोरोना संक्रमितको सङ्ख्यासँगै मृत्युदर पनि बढ्दै गएकाले शैक्षिक संस्था कहिले खुल्ने हो अनिश्चित छ । सरकार यस बिषयमा हच्किएसँगै विद्यालयहरु खोल्ने विषय झन अन्योलमै परेका छन ।
नेपालका निजि शैक्षिक संस्था प्रविधि भन्दा अझै पनि अंग्रेजी भाषालाई प्राथमिकता दिने गरेका छन् । प्रविधि र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने भएपनि अँग्रेजी माध्यमको पढाई हुने भन्दै प्रचारप्रसार गरेको पाइन्छ । विश्व ‘डिजिटल वल्र्ड’ मा प्रवेश गरिसक्दा नेपालमा भने अझै नियमित कक्षा भन्दा अन्य विकल्प अपनाउँन सकेको देखिदैन् । अबको आवश्यकता भनेको प्रविधिमैत्री पढाई हो र यसको शुरुवात आ–आफ्नो विद्यालयबाट हुन जरुरी छ । समस्या भनेको अहिले शिक्षकहरु प्रविधिमैत्री क्लास लिन नसक्नु पनि हो ।
कतिपय अवस्थामा प्रविधिमैत्री क्लासका लागि जनशक्तिको अभाव त कतिपय अवस्था र क्षेत्रमा पूर्वाधारको कमीले पनि यस्तो संकटका बेला शिक्षाबाट बञ्चित हुनुपरेको अवस्था हो । यसले दीर्घकालमा कति असर गर्छ भन्ने हेक्का हामीले राख्नैपर्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ३० प्रतिशत अझै इन्टरनेट सुविधा पुग्न सकेको छैन भने १० प्रतिशत जनता विद्युतको पहूँच भन्दा बाहिर छन् । कतिपय इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले ब्रोडव्यान्ड इन्टरनेट सेवाको विस्तार पनि गरिरहेका छन् । सहरी क्षेत्रमा इन्टरनेट सेवाप्रदायकमार्फत अनलाइन शिक्षा लिन कुनै समस्या नभए पनि ग्रामिण दुर्गम भेगमा अधिकांश इन्टरनेटको पहुँच भन्दा बाहिर छन् ।
मोबाइल वायरलेस इन्टरनेट थ्रिजी, फोरजीको पहुँच पुगेको स्थानमा पनि सेवा गुणस्तर कमजोर छ । नेपालभर दुई टेलिकम कम्पनी टेलिकम र एनसेलको एकाधिकार छ । कतिपय स्थानमा नेटवर्कको पहुँच पुग्न सकेको छैन भने केही स्थानमा गुणस्तरहीन सेवाका कारण मोबाइल सेवाबाट हैरान भएका छन् ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणको सहकार्यमा देशभरका हजार बढी विद्यालयमा आईटि ल्याब स्थापना गर्ने कार्य अघि बढेको थियो । तर, आईटि ल्याबको कार्यक्रम अघि बढेको एक वर्षभन्दा बढी भइसक्दा पनि विद्यार्थीको पहुँचमा पुग्न सकेको छैन् । शहरी क्षेत्रमा अनलाइन शिक्षाको प्रभाव भएपनि ग्रामिण क्षेत्रका विद्यार्थी गुणस्तरहिन सेवाकै कारण प्रविधि मैत्री शिक्षा प्रभावकारी हुनेमा प्रश्न उठ्छ ।
शिक्षकलाई प्रविधीमैत्री भएर कसरी पढाउन सकिन्छ भन्ने बिषयमा ‘अनलाईन क्लास’ का लागि धेरै आईटी कम्पनीले स्कुलहरुमा तालिम दिंदै आएका छन् । डिजी स्कुल ग्लोवलले निःशुल्क धेरै स्कुलहरुको शिक्षकलाई गुगल क्लासरुम, जुम अनि माइक्रोसफ टिम सञ्चालनबाट कसरी अनलाई कक्षा सञ्चालन गर्न सकिन्छ भनेर तालिम दिएको छ ।
त्यो पनि अनलाइन मार्फत नै, स्कुलका बालबालिका कक्षा १ देखी ११ सम्मका विद्यार्थीका लागि यूकेको एनसिसी बोर्डको आईटी कोर्स पनि लिएर आएको छ ।ं संकटको यो समयले नेपाललाई डिजिटल शिक्षातर्फ धकेल्ने सुनौलो अवसर आएको छ । जसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गरी नेपाललाई पनि प्रविधिमैत्री बनाउन ठूलो मद्दत गर्छ ।
निजी तथा आवासीय बिद्यालयहरुको छाता संगठन नेपाल(प्याब्सन)ले लकडाउन भएको चार महिनापछि प्रविधिमैत्री अनलाइन शिक्षामा जाने गृहकार्य सुरु गरेको छ । प्याब्सनको क्षेत्राधिकार भित्र नेपालभर अहिले करिब १८ लाख विद्यार्थी छन् । प्याब्सनले विद्यार्थीको अनलाइन शिक्षाको लागी भन्दै मोबाइल सेवाप्रदायक कम्पनी एनसेलसँग ३१३ रुपैयाँमा २३ जीबी डेटा प्याक उपलब्ध गराउने सम्झौता गरिसकेको छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको ३० प्रतिशत अझै इन्टरनेट सुविधा पुग्न सकेको छैन भने १० प्रतिशत जनता विद्युतको पहूँच भन्दा बाहिर छन् । कतिपय इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले ब्रोडव्यान्ड इन्टरनेट सेवाको विस्तार पनि गरिरहेका छन् ।
तर, नेपाल टेलिकमले पनि अनलाइन क्लासका लागि भन्दै विभिन्न अफर ल्याएको छ । सहरी क्षेत्रमा यो सेवा प्रभावकारी भएपनि ग्रामिण भेगमा गुणस्तरको विषयमा प्रश्न चिन्ह खडा हुन्छ । अनलाइन शिक्षाको यसअघि अभ्यास कम भएका कारण यो समय प्रविधिमैत्री शिक्षाको विकास गर्ने सरकार तथा निजी क्षेत्रका लागि सुनौलो अवसर हो । सरकारी तबरबाट पनि प्रविधिमैत्री शिक्षाको विकासको लागि पूर्वाधार निर्माण गरेर अघि बढ्नुपर्ने समय आएको छ ।
विश्व ‘डिजिटल वल्र्ड’ मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राविधिक क्रान्तिको जरुरी छ । हिजो विद्यार्थीले अंग्रेजी जान्नुलाई सिकाइको मानक मानिन्थ्यो । तर, अहिले समयले गति लिइसक्यो । प्राविधिक ज्ञान अझ भनौं कम्प्युटर (आइटी) सिक्नु सबै भन्दा जरुरी भएको छ । धेरै अन्तर्राष्ट्रिय यूनिभर्सिटीको पढाई पनि नेपालमा हुँदै आएको छ । जसमा प्रविधिमैत्री पढाई पनि भईरहेको छ ।
यस्तै यूकेको कोभिन्टी यूनिभर्सिटीको नेपालमा कोर्सदिने सफ्टवरीका कलेजले पनि विदेशमा अनलाइनबाटै असाईनमेन्ट बुझाउने, शिक्षकले लिएको लेक्चर भिडियो, नोट सबै भर्चुअल क्लासमा अपडेट हुने गरि काम गरिरहेको छ । अब प्रविधिमैत्री शिक्षा स्कुलबाटै दिन जरुरी छ । जसले गर्दा मात्र विश्व बजारमा नेपाली विघार्थीको पहुँ पुग्दछ ।
अबको मुल आवश्यकता भनेको स्कुलबाटै प्रविधिमैत्री शिक्षामा जोड दिनु हो र अबका स्कुलको गुणस्तर पनि अंग्रेजी भाषाले नभई प्रविधि युक्त छ छैन् कुराले निर्धारण गर्छ । अझ यस्ता सामाजिक दूरी कायम गर्नपर्ने अवस्थाले झन् यसको महत्व बढाएको छ ।
धेरै नेपाली विद्यार्थी विदेश पढ्न जान्छन् । ती विद्यार्थीलाई जाने बित्तिकै प्रविधिमैत्री पढाई, सवारी, र किनमेल गर्दा केही असहज हुने तथा धेरै कुरामा पछिपर्ने गर्छन् । यदि सामान्य प्रविधिका कुरा नेपालकै स्कुलमा समावेश हुने हो भने नेपाली विद्यार्थी पनि अन्तर्राष्ट्रिय जगतमा धेरै अगाडि बढ्न सक्छन् ।
अबको मुल आवश्यकता भनेको स्कुलबाटै प्रविधिमैत्री शिक्षामा जोड दिनु हो र अबका स्कुलको गुणस्तर पनि अंग्रेजी भाषाले नभई प्रविधि युक्त छ छैन् कुराले निर्धारण गर्छ । अझ यस्ता सामाजिक दूरी कायम गर्नपर्ने अवस्थाले झन् यसको महत्व बढाएको छ ।
यसै कुरालाई मध्यनजर गर्दा ‘सफ्टवेरिका कलेज’ले विद्यालय तहका विद्यार्थीका लागि अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय र परिष्कृत बेलायतको कम्प्युटर कोर्स ‘डिजी स्कुल’को नेपालमा अध्यापन सुरु गरेको छ । सुरुमा विद्यालय केन्द्रित यो पढाइ लकडाउनले गर्दा विद्यार्थी घरमै सीमित हुनु परेकोले जुनसुकै विद्यार्थीले घरमै बसेर अनलाइनका माध्यमबाट सिक्न सकिने प्रबन्ध गरिएको छ ।
कपितय अवस्थामा संकट पनि अवसरको ढोका हुन सक्छ । अहिलेको यो संकट शिक्षामा अनलाइनको बाटो देखाउने अवसर हो । यसमा सरकार, समुदाय र विद्यार्थीले हातेमालो गर्ने हो भने यहि संकटकै बेला हामीले शिक्षामा नयाँ फड्को मार्न सक्छौं ।