काठमाडौं । औद्योगिक नगरीका उद्योगले १० दिनमा साढे ३१ घण्टा लाइन ट्रिपिङको मार खेप्दा पनि नेपाल विद्युत् प्राधिकरणमाथि सरकारले प्रश्न गर्न सकेको छैन् ।
गुणस्तरीय सेवा प्रदान गर्छु भनेर उद्योगीसँग सम्झौता गरेर सेवा बेचेको प्राधिकरणले केही दिनयता गुणस्तरहीन सेवा दिएको प्रमाणित हुँदा पनि सरकारले केही चासो नलिएको पाइएको हो ।
उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले यो समस्या प्राधिकरणकै भएको प्राधिकरणले नै समाधान गर्नुपर्ने भन्दा हल्का रुपमा टिप्पणी गरे । ‘प्राधिकरणले केही दिनदेखि गुणस्तरहीन विद्युत दिएको छ । यसले उद्योगमा ठूलो क्षति भएको छ नि भन्ने क्यापिटलको प्रश्नमा घिमिरेले यो विषय प्राधिकरण नेतृत्वलाई सोध्नुपर्ने भन्दै पन्छिए ।
प्राधिकरणको गम्भीर लापरबाहीका कारण भैरहवा, बुटवल, हेटौडा, वीरगन्जलगातय औद्योगिक क्षेत्रका उद्योगमा चरम लाइन ट्रिपिङ भइरहेको छ । उद्योगीले पटक–पटक प्राधिकरण नेतृत्व, प्रदेश कार्यालयलाई जानकारी गराउँदा समेत नभएको वीरगन्जस्थित निम्बस ग्रुपका निर्देशक डा. दिनेश गौतमले जानकारी दिए ।
उद्योगीले प्राधिकरण नेतृत्वलाई मात्रै होइन्, विभागीय मन्त्रालयलाई पनि पटक पटक जानकारी गराएका छन् । तर, उनीहरुको समस्या कसैले सुनेका छैनन् ।
बिना सूचना लाइन काट्ने र कति बेला लाइन आउँछ भन्ने कुनै जानकारी नदिँदा उद्योगले ठूलो क्षति ब्योहोर्नु परेको श्रीस्टिलका सञ्चालक राजेश अग्रवालले जानकारी दिए । गएको सोमबारदेखि बुधबार दिउँसोसम्म हेटौडा, वीरगन्ज र भैरहवालगायत देशैभरका उद्योगले ‘लाइन ट्रिपिङ’ समस्याले ठूलो नोक्सान व्यहोरे । झन्डै ९० प्रतिशत उद्योग ‘सटडाउन’ नै गर्नुपर्यो ।
याे पनि पढ्नुहाेस, प्राधिकरणको चरम लापरबाही, चाहिएजति बिजुली दिँदैन्, त्यसमाथि ‘ट्रिपिङ’को मार
त्यसक्षेत्रमा लकडाउनका कारण अहिले पनि ६० प्रतिशत उद्योग बन्द अवस्थामै छन् । ४० प्रतिशत उद्योग चल्न थालेका के थिए, छिनछिनमा लाइन झ्याप झ्याप जाने समस्याले बन्द गर्नुपर्ने अवस्थामा आएको उद्योगी बताउँछन् ।
त्यसबखत प्राधिकरणले केही छिन वा मिनेट मात्रै लाइन ट्रिपिङ भएको बताए पछि क्यापिटलले भैरहवा, वीरगन्ज र हेटौडाका उद्योगीसँग विगत दश दिन रिपोर्ट मागेका थियौ । सोही रिपोर्ट हेर्दा १० दिनमा ३५ पटकभन्दा बढी साढे ३१ घण्टा लाइन लाइन ट्रिपिङ भएको देखिएको छ । एक उद्योगले दिएको लाइन ट्रिपिङसम्वन्धी विवरणअनुसार, साउन ११ गतेदेखि हरेक दिन गरी २१ गतेसम्म आइपुग्दा ३१ घण्टा २२ मिनेट बिजुली गएको देखिन्छ ।
एकैदिन ६ र ८ पटकसम्म लाइन ट्रिपिङ भएको देखिन्छ । सबैभन्दा बढि साउन १६, १७ र १८ गते भएको देखिन्छ । लाइन ट्रिपिङको समस्या भोग्ने उद्योग धेरै छन् । खासगरी, औद्योगिक क्षेत्र र सहरी क्षेत्रमा सञ्चालनमा आएका उद्योगले ट्रिपिङको मार खेप्नुपरेको छ ।
याे पनि पढ्नुहाेस, बारम्बारको लाइन बिजुली ट्रिपिङपछि भैरहवा र वीरगञ्ज करिडोरका ९० प्रतिशत उद्योग ‘सटडाउन’
यता, बिद्युत् प्राधिकरण बन कार्यालयले ‘बुस्ट कटिङ’ गर्न अनुमति नदिँदा ट्रिपिङ बढ्ने तथा सिस्टम कोल्याप्स हुने गरेको बताउँछ । ‘ट्रान्समिसन लाइनको कारणले पनि हाम्रो ट्रिपिङ बढेको छ । त्यो भनेको बुस्ट गर्न बर्षातको बेलामा बन कार्यालयले अनुमति दिएन’ प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले भने, ‘खासगरी ढल्केबर हेटौँडा सेक्सनको ट्रान्समिसन लाइनको राम्रोसँग बुस्ट कटिङ गर्न नपाउँदा अलिकति ट्रिपिङ बढेको छ, कहिले त सिस्टम नै कोल्याप्स हुने गर्छ ।’
वर्षातको बेला विभिन्न कारण पोल ढल्ने र आकस्मिक रुपमा हुने ट्रिपिङ प्राधिकरणलाई पनि जानकारी नहुने उनले बताए । प्राधिरकणले प्रस्ताव गरेको ४०० केभीको ट्रंक लाइन मध्य नेपालमा निर्माणाधीन रहेकाले त्यसलाई छिटोभन्दा छिटो सम्पन्न गरेपछि ट्रिपिङ समस्या कम हुने उनले बताए ।
याे पनि पढ्नुहाेस, ‘सिस्टम फेल’ हुँदा उद्योगीलाई करोडौं क्षति, विद्युत् प्राधिकरणले जिम्मेवारी लिनु पर्दैन ?
लाइन ट्रिपिङले हेटौडाका उद्योगी हैरान, डिजेलबाट चलाउन थाले उद्योग
प्रतियुनिट ८ रुपैयाँमै कोइलाबाट विद्युत् निस्किन्छ, १६ रुपैयाँ तिरेर प्राधिकरणसँग किन किन्ने ?