काठमाडौं । काठमाडौं उपत्यका भित्रको जनघनत्व बढ्दो छ । जनघनत्वसँगै अस्तव्यस्त रुपमा बनेका घरहरुले निस्फिक्रि तरिकाले सास फेर्न समेत मुस्किल हुन थालेको छ ।
खुला ठाउँहरु विस्तारै खुम्चिदै छन् । पर्याप्त तयारी बिनै घरहरु निर्माण हुँदा आवातजावतमा निकै सकस हुन थालेको छ । व्यस्त दैनिक भित्र मानिसहरु केहि समय शान्तमय वातावरणमा बस्न रुचाउनेहरुको संख्या बढीरहेको छ ।
घरबाहिरका खानापनि शान्त वातावरण पनि खोज्ने क्रम बढ्दो छ । यहि विषेशषतालई राखेर विभिन्न रेष्टुरेन्ट खुलेका छन् ।
रेष्टुरेन्टले सिटिङ क्यापासिटी मात्र बढाएर खुल्ला क्षेत्रलाई कम बनाइरहेका पनि हुन्छन् तर केहि त्यस्ता रेष्टुरेन्ट छन् । जहाँ खुल्ला वातावरण, पर्याप्त अक्सिजन र खानाको फरक स्वाद भेटिन्छ ।
त्यस्तै रेष्टुरेन्ट हो । सेभेन सिजन लाउन्ज एन्ड बार ।
ललितपुरको झम्सिखेल ‘रेष्टुरेन्टको हव’ को रुपमा विस्तार हुँदै गएको छ । बढ्दो कर्पोरेट चहलपहल र बाँक्लिदो विदेशी पर्यटकहरुको कारण झम्सिखेलका हरेक ठाउँमा रेष्टुरेन्टहरु सञ्चालनमा छन् ।
रेष्टुरेन्टहरुको भिडमा पृथक पहिचान बोकेको रेष्टुरेन्ट हो ‘सेभेन सिजन लाउन्ज एण्ड बार’ । साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको रेष्टुरेन्टमा शान्त वातावरणमा खाना र खाजाको स्वादहरु लिन पाइन्छ ।
३ वर्ष अघिबाट सुरु भएको सेभेन सिजन रेष्टुरेन्टमा २५० जनाको क्षमता रहेको छ । यसको मूख्य विषेशता भनेको मल्टिकिचेन रेष्टुरेन्ट र मल्टिफ्यूजन रेष्टुरेन्ट हो । यहाँ नेपाली, नेवारी,चाइनिज,इण्डियन खानाहरु पाइन्छ ।
रेष्टुरेन्ट भित्र खाना र खाजाका परिकारहरु सहित विभिन्न प्रजातिका बोटविरुवाहरुसँग लुकामारी गर्न पाइने सञ्चालक नरेश श्रेष्ठ बताउँछन् । त्यति मात्र हैन,सिजन अनुसारका विभिन्न फलफुलहरु आफ्नै हातले टिपेर समेत खाना पाइन्छ । रेष्टुरेन्ट कपाउन्डभित्र हलुवावेद, नासपाति, आरु, करिपता लगाएतका बनस्पतिहरु छ । लेमन टि का लागि लेमनग्रासपनि छ । अर्गानीक चियाको लागि त्यहि प्रयोग गर्ने गरेका छन् । रेष्टुरेन्टले खाना र खाजा सहित गार्डेनलाईपनि बढी नै फोकस गरिरहेको उनको भनाई छ ।
पारिवारीक वातावरण रहेको रेष्टुरेन्टमा प्राय परिवारहरु धेरै आउने गरेका छन् । बालबालिकाहरुलाई खेल्ने ठाउँ पर्याप्त रहेको र शान्त,स्वस्च्छ वातावरण भएकोले पनि धेरै परिवारहरु साताको एक पटक आउने गरेको सञ्चालक श्रेष्ठको भनाई छ । त्यति मात्र, हैन कर्पोरेट पार्टिहरु पनि त्यहाँ हुने गरेको छ । ठूलो स्पेस हुने भएकोले छोटो समयमा धेरैको मन जितेको छ ।
‘विदेशमा अक्सिजन लिनका लागि विभिन्न ठाउँमा अक्सिजन स्टेशन बनाइएको हुन्छ,’ सञ्चालक श्रेष्ठले भने यो रेष्टुरेन्टपनि त्यहि किसिमको स्टेशन हो । जहाँ निशुल्क अक्सिजन लिन पाइन्छ । यहाँ आउने ग्राहकहरुले आफुलाई हलुका महसुस गर्ने र घण्टौं सम्म विताएर जाने वातावरण रहेको उनले बताए ।
रेष्टुरेन्टमा गोदावरीको ट्राउट माछाको समेत स्वाद लिन पाइन्छ । विषेश गरेर शुक्रबार र शनिवार त्यहाँको मुख्य मेनुको रुपमा माछालाई लिइन्छ । योसँगै त्यहाँको मःमलाई पनि विषेश रुपमा लिइन्छ । सञ्चालक श्रेष्ठ भन्छन्, ‘यहाँ आउनेहरुले दोश्रो पटक मःम खानकै लागि भएपनि आउने गरेका हुन्छन् ।’
भिभान्ता होटल भन्दा ४ घर माथि रहेको सो रेष्टुरेन्ट साउन १५ गतेदेखी सञ्चालनमा आइसकेको छ । रेष्टुरेन्टमा विश्वस्वास्थ्य संगठनले बनाएको स्वास्थ्य प्रोटोकलहरु पूर्ण रुपमा पालना गरिएको बताइएको छ ।