काठमाडौं । विश्व बजारमा विभिन्न कम्पनीहरुले फरक फिचर र मूल्यसहित स्मार्टफोन उत्पादन गरिरहेका छन । पछिल्लो समय मोबाइल बजारमा फरक प्रविधिको स्मार्टफोनले नयाँनयाँ रेकर्ड तोड्दै आएका छन् ।
विशेषगरी चिनियाँ कम्पनीद्वारा निर्मित स्मार्टफोनले बजारमा निकै चर्चा पाउने गरेका छन । सर्वाधिक बिक्री पनि चीनमा उत्पादित स्मार्टफोन हुने गरेका छन । नेपालमा चिनियाँ स्मार्टफोनले एकाधिकारनै जमाएका छन । ओप्पो, भिभो, हुवावे लगाएतका स्मार्टफोन यतिबेला नेपाली युवाको रोजाइमा पर्दै आएका छन ।
यसै सन्दर्भमा विश्व बजारमा उत्पादन भइ सार्वजनिक गरिएका विभिन्न स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन । प्रत्येक कम्पनीले महिनैपिच्छे नयाँनयाँ बिशेषता तथा प्रविधिका मोबाइल सार्वजनिक गरिरहेका छन् ।
यसैगरी कोरियन कम्पनी सामसुङ्को स्मार्टफोनले पनि नेपाली बजारमा एकाधिकार जमाएको छ । चर्चित मात्र छैन, नेपालीहरुको पहिलो रोजाइमै सामसुङ मोबाइल पर्छ ।
सामसुङ्ले ग्यालेक्सी एस टेन, एस टेन प्लसपछि सामसुङ् ग्यालेक्सी नोट टेन ,नोट टेन प्लसले नेपाली बजारमा ठूलो सफलता हात पारिसकेका छन् । गत फागुन तेस्रो सात एस सिरिज अन्तर्गतको सामसुङ् एस २० र एस २० प्लस सार्वजनिक भयो ।
किन चर्चामा छ सामसुङ् एस २०/एस २० प्लस ?
उत्कृष्ट प्रविधि र फिचरले नै सामसुङ् एस सिरिजका स्मार्टफोन चर्चामा छन् । नेपाली बजारमा भित्रिएको ग्यालेक्सी एस २० र एस २० प्लस सिरिजले चर्चासँगै सबैको रोजाइमा परिसकेको छ ।
नेपाली बजारमा यी दुई नयाँ फोन सार्वजनिक हुन नपाउँदै कारोना भाइरसको जोखिमले लकडाउन भएपछि फोन सोचे अनुसारको बिक्री हुन नसकेको कम्पनीले जनाएको छ ।
यद्यपी लकडाउन खुलेपछि असारमा मोलाइलको व्यापार उचाइमा पुग्यो । आजको दिनमा पनि मोवाइलको बजार राम्रो रहेको वितरकहरुले जानकारी दिएका छन ।
समासुङ ग्यालेक्सी एस २० मोडलमा सामसुङ्ले ६.२ फ्रन्टमा क्यूएचडी डाइनामिक एमोलिड डिस्प्ले दिएको छ । जसले स्क्रिन एफएचडी रिजोलुसनमा पिक्चर क्वालीटि देखाउन मद्धत मात्रै गर्दैन भिडियोलाई गुणस्तरीय पनि देखाउँछ ।
फोनमा व्याट्रिको पर्फमेन्स पनि उतिकै उत्कृष्ट रहेको दाबी कम्पनीको छ । सामसुङ् ग्यालेक्सी एस २० सिरिजमा एक्सयोन्स ९९० को चिपसेट राखिएको छ भने फाइबजी नेटवर्क सपोर्ट गर्ने फोन तयार पारिएको छ ।
नयाँ जेनेरेसनको एस २० स्मार्टफानमा १२ जीबी डीडीडीआर ५ र्याम छ, जसले फोनलाई छिटो चल्न मद्दत गर्छ । ग्राहकले एस २० भेरियन्टमा ८ जीबी र्याममा १२८ जीबी इन्टरनल स्टोरेजको मोबाइल छनोटमा राखिएका छन् ।
एलइडी फ्ल्याससँगै ग्यालेक्सी एस २० को व्याक साइडमा तीनओटा यररी क्यामेरा छन जसमा १२ मेगापिक्सन प्राइमरी सेन्टर क्यामेरा भने ६४ मेगापिक्सल टेलिफोटो क्यामेरासँग ३ एक्स अप्टिकल जुम र ३० एक्स डिजिटल जुम क्षमता छ ।
त्यस्तै १२ मेगापिक्स अल्ट्रावाइड एङ्गल क्यामेरा छ भने फ्रन्टमा १० मेगापिक्सलको लेन्स क्यामेरा राखिएको छ । यी फ्रन्टमा १० र ब्याकमा ८८ मेगापिक्सल क्यामेराले फोटो तथा ८ के क्षमताको उत्कृष्ट भिडियो खिच्ने छ ।
३२००–१४४० रिजोलुुसन भएको यो फोनमा ८ जीबी र्याम दिइएको छ जसले मोबाइल ह्याङ हुने समस्या आउन दिँदैन् । त्यसैगरी फोनमा पावरका लागि ४००० एएच व्याट्रिसँगै ४५ वाट फास्ट चाजिङ र ९ वाट वायेरलेस चार्जिङ सपोर्ट राखिएको छ ।
नेपाली बजारमा सामसुङ् ग्यालेक्सी एस २० को नेपाली मुल्य १ लाख ७ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यसैगरी समासुङ् ग्यालेक्सी एस २० प्लस पनि ग्यालेक्सी एस २०को जस्तै बिशेषताहरु मिल्दोजुल्दो छन् । एस २०को तुलनामा डिजाइनमा केहि फरक छैन् ।
यस बाहेक यो मोबाइलमा ६.७ साइजको डिस्प्ले राखिएको छ । ४५०० एमएच क्षमताको व्याट्रिले मोबाइल चलाउन अझ सहज बनाउँछ ।
ग्यालेक्सी एस २० प्लसको मुल्य १ लाख १९ हजार ४०० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । तर, ग्यालेक्सी एस २० एसअल्ट्रा भने नेपाली बजारमा आउने छैन् । यी मोबाइल मार्च आठ तारिखपछि खुद्रा पसलम उपलब्ध हुने जनाइएको छ ।